Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिल्पा र गौरवको ‘लाइफ इन एलए’ प्याकअप

फिल्मीखबर, काठमाडौं, 2021/08/16
 
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘लाइफ इन एलए’ को सुटिङ प्याकअप भएको छ । आइतवार पोखरामा फिल्मको अन्तिम दृश्य कैद गरिएको हो । २९ दिन (१९ दिन अमेरिकामा र १० दिन नेपालमा) छायांकन भएको फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । सम्पूर्ण छायांकन सकेर निर्माण टिम राजधानी फर्किसकेको छ ।
 
फिल्ममा शिल्पा मास्के, गौरव पहारी, अकेशा विस्ट, व्यास बिस्सु, जेरेड विलप्स, वुद्धि तामाङ, विष्णु गौतम लगायतको अभिनय छ । वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा व्यास बिस्सु र राजेन्द्र ठकुरी निर्माता र संसार सुवेदी कार्यकारी निर्मातामा छन् । फिल्मलाई आउँदो दशैंको छेकोमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु भइसकेको छ ।
 
 
एलिस कार्कीको संगीत, बाबु श्रेष्ठ/क्रिस वारेनको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको यो फिल्मबाट अकेशा ६ वर्षपछि अभिनयमा फर्किएकी छन् । म्यूजिक भिडियोमा काम गरिरहँदा फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । फिल्मको छायांकनका लागि उनी गत हप्ता नेपाल आएकी थिइन् ।
 
कोरोना महामारीका कारण सरकारले छायांकन अनुमति नदिए पनि निषेधाज्ञा खुकुलो भएसँँगै एकपछि अर्को फिल्म सुटिङमा निस्किरहेका छन् । छायांकनरत फिल्मलाई प्रहरी प्रशासनले रोकथोक पनि गरेको छैन । भदौबाट अरु केही फिल्मको पनि छायांकन सुरु हुँदैछ । कोरोनाको दोस्रो लहर फैलिएको भन्दै निषेधाज्ञा जारी भएपछि केही फिल्म छायांकनमै रोकिएका थिए ।
Most Visited News (monthly)