Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा रिलिज नभइ सिधै यूट्युबमा ‘उल्झन’

फिल्मीखबर, काठमाडौं, 2021/08/15
 
कोरोना महामारीका कारण सिनेमा हलहरु अनिश्चितकालका लागि बन्द हुँदा निर्माण सकिएर रिलिजको तयारीमा रहेका दर्जनौं फिल्म अलपत्र परेका छन् । ती फिल्ममाथि भएको करोडौंको लगानी फ्रिज भएको छ । संक्रमण अन्त्य हुने छाँटकाँट नदेखिनु र सरकारले सिनेमा हल खोल्न कुनै चासो नदिँदा केही निर्माताले जोखिम उठाएरै डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गरेका छन् ।
 
सिनेमा हल खुल्ने अनिश्चित हुँदा लकडाउनको समयमा ‘हिरो रिर्टन्स र कोपिला’ डिजिटल रिलिज भए । यसै शुक्रवार अर्को फिल्म ‘लभ सर्कल’ ले पनि रिलिजका लागि डिजिटल प्लेटफर्म रोज्यो । डिजिटल रिलिज हुने फिल्मको सूचीमा ‘उल्झन’ पनि थपिएको छ । साउन २९ गते म्यूजिक नेपाल मुभिजको यूट्युब च्यानलमा  फिल्म रिलिज भएको हो । फिल्मका निर्देशक राजु अधिकारी हुन् ।
 
स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई उतारिएको फिल्ममा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, बेनी ढुङगाना लगायतको अभिनय छ । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा रामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य, लक्ष्मण घिमिरेको छायांकन र आरती अधिकारीको लेखन छ ।
 
यो फिल्म सिनेमा हलमा रिलिज नभए पनि युरोपका विभिन्न देश र लण्डनमा रेड कार्पेट प्रिमियर भएको थियो, जहाँ दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो । युरोपका विभिन्न स्थानमा छायांकन भएको फिल्मलाई नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्देशक राजु अधिकारीको अर्को फिल्म ‘माया बस्छ कि के हो’ रिलिजको तयारीमा छ । 
 
फिल्म हेर्नुहोस् :-
 

Most Visited News (monthly)