Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋतिक र दीपिकाको ‘फाइटर’ रिलिज घोषणा

एजेन्सी, मुम्बई, 2021/08/13
 
विगत लामो समयदेखि अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोणको अभिनय रहने नयाँ फिल्म ‘फाइटर’ चर्चामा छ । उनीहरु पहिलो पटक एकसाथ देखिन लागेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत बनेको छ । दीपिका र ऋतिकले फिल्मका लागि तयारी सुरु गरिसकेका छन् । यसबीच, निर्माण टिमले छायांकनभन्दा अगावै फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । 
 
सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको ‘फाइटर’ २६ जनवरी २०२३ मा रिलिज हुने भएको छ । पहिला फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारीमा निर्माण टिम थियो । निर्देशक आनन्दले ऋतिक र दीपिकालाई पर्दामा एकसाथ प्रस्तुत गर्नु आफ्नो लागि सबैभन्दा रोमान्चक क्षण हुने बताएका छन् । उनले ऋतिकसँग तेस्रो पटक र दीपिकासँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् ।
 
फिल्ममा हवाई एक्सन र फाइटिङ अत्याधिक देखाइनेछ । जसका लागि हलिउडबाट फाइट कोरियोग्राफीलाई झिकाउने तयारीमा निर्माण टिम छ । यो भारतको पहिलो एरियल एक्सन फिल्म दाबी गरिएको छ । भारतसँगै ग्लोबल अडियन्सलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको फिल्मको स्क्रिप्ट तयार हुन वर्षौं लागेको थियो । फिल्मको लागत २ सय ५० करोड अनुमान गरिएको छ ।
 

Most Visited News (monthly)