Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवाहको वर्षगाँठमा ऋचा लेख्छिन्, ‘एक वर्ष एकअर्कालाई जान्न र बुझ्नमा वित्यो’

फिल्मीखबर, काठमाडौं, 2020/12/06
 
नेपाली समाजमा परापूर्वककालदेखि नै मंसिर महिनामा विवाह गर्नुपर्छ भन्ने एउटा बलियो धारणाले जरा गाडेको छ । त्यसैले अरु महिनाभन्दा मंसिर महिनामा धेरै जोडीहरु बैबाहिक बन्धनमा बाँधिएका हुन्छन् । प्रेम विवाह होस् या मागी विवाह, विवाहको लागि मंसिर कुर्नुपर्ने प्रचलन नेपालमा छ । यस वर्षको मंसिर महिनामा पनि धेरै अविवाहित युवा-युवतीहरु बैबाहिक जीवनमा बाँधिए । 
 
वर्षेनी मंसिर महिनामा नेपाली सेलिब्रेटीहरुलाई पनि विवाहको चटारोले छोप्ने गरेको छ । यसपालीको मंसिरमा केही कलाकारले लगनगाँठो कसिसकेका छन् । कति विवाहको तयारीमा छन् । गत वर्षको मंसिरमा विवाह गर्ने कलाकारहरु भने विवाहको पहिलो वर्षगाँठ मनाउँदैछन् । भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी ऋचा शर्मा आइतवार विवाहको पहिलो वर्षगाँठ मनाइरहेकी छन् ।
 
गत वर्षको मंसिर २१ गते दिपेक्ष विक्रम राणासँग उनले घरजम बसाएकी थिइन् । बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि उनीहरु दुई वर्ष प्रेम सम्बन्धमा थिए । पहिलो म्यारिज एनिभर्सरीमा अभिनेत्री ऋचाले एक वर्ष एकअर्काको ख्याल गर्न र जान्न-बुझ्नमा वितेको बताएकी छन् । उनले एक वर्ष एउटै घरको छतको मुनी विताएकोमा आफूलाई विश्वास नलागेको पनि बताएकी छन् । 
 
उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘काश ! मैले तपाईंको साथले समयको बहावलाई रोक्न सकेको हुँदो हुँ । एक वर्ष एकअर्काको ख्यान राख्न, एकअर्कालाई जान्न र बुझ्नमा वित्यो । र, म कसम खान्छु, मैले कहिल्यै तपाईंभन्दा अद्भुत कसैलाई मानिनँ ।’ दिपेक्ष ललितपुरस्थित लविम मलका म्यानेजर हुन् । त्यस्तै, ऋचा अभिनीत नयाँ फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनको पखाईमा छ ।
 
Most Visited News (monthly)