Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिमेक फिल्म बनाउनु गलत होइन : अरशद वारसी

एजेन्सी, मुम्बई, 2020/12/05
 
भर्सटायल अभिनेताको रुपमा चिनिएका अरशद वारसी चाँडै हरर फिल्म ‘दुर्गामती’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै देखिँदैछन् । यो फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र यसले फिल्मप्रति दर्शकमा उत्साह बढाएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको यो फिल्म, तेलुगू भाषामा निर्माण भएको सुपरहिट फिल्म ‘भागमथी’ को हिन्दी रिमेक हो । 
 
‘दुर्गामती’ को कहानी र निर्देशक वास्तविक फिल्मकै हुन् । फिल्ममा कलाकार र भाषा मात्र बदलिएको छ । अहिले बलिउडमा रिमेक फिल्म निर्माणमा बाढी आएको छ । साउथ फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ को सफलतापछि बलिउडमा रिमेक फिल्म निर्माण झन् बढेको छ । यसले बलिउड मेकरको सिर्जनात्मक क्षमतामा ह्रास आएको टिप्पणी पनि हुने गरेको छ ।
 
भारतीय फिल्म मेकरले मौलिक कथालाई पस्कनुको सट्टा ट्रायड एन्ड टेस्टेड फर्मूलामा काम गर्न रुचाउने विषयमा अरशद वारसीले भनेका छन्, ‘मलाई ‘दयावान र नायकन’ फिल्म एकदमै राम्रो लागेको थियो । अन्य भाषामा बनेका फिल्मको हिन्दी रिमेक बनाउनु गलत होइन । मलाई तमिल, मलयालम र दक्षिण भारतीय फिल्म हेर्न निकै मन पर्छ । ती फिल्महरु निकै राम्रा हुन्छन् ।’
 
अरशद अगाडि भन्छन्, ‘उनीहरु बढी इनोभेटिभ कहानी लिएर आउने गर्दछन् र रिक्स मोल्छन्, जुन हामी गर्दैनौं । म चाहन्नँ कि ब्रान्ड पिटले शाहरुख खानको कुनै फिल्म गरुन् । म यो चाहन्छु कि शाहरुख खानले नै ती फिल्म गरुन् । यदी तपाईंले ‘बेन्जामि‍न बटन’ बनाए पनि म ब्रान्ड पिटलाई हिन्दी बोलेको हेर्न चाहन्नँ । हेर्दिनँ पनि । म मेरै कोही साथीले त्यो काम गरेको हेर्न चाहन्छु ।’
Most Visited News (monthly)