Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कृष्ण मल्ल, मदनदास र सहदेवलाई हरितारा पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2020/12/04
 
२०७५ र २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बुधवार बसेको बैठकले २०७५ सालको पुरस्कार अभिनेता कृष्ण मल्ल र नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, २०७६ सालको हरितारा चलचित्र पुरस्कार गीतकार सहदेव ढुंगानालाई प्रदान गरिने भएको छ ।
 
४ दशकभन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रको उत्थान तथा संरक्षणमा योगदान पुर्‍याए बापत कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई पुरस्कार प्रदान गर्न लागिएको सदस्य सचिब मोहन निरौलाले बताए । त्यस्तै, नेपाली कला संस्कृतिको उत्थानमा योगदान पुर्‍याएको भन्दै गीतकार सहदेव ढुंगानालाई २०७६ सालको ‘हरितारा चलचित्र पुरस्कार’ पुरस्कार प्रदान गर्न लागिएको हो ।
 
पुरस्कारको राशी जनही २५ हजार रहेको छ । त्यस्तै, परिवर्तन नेपालले वि.सं २०७६ सालको दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजार रहेको छ । नेपाल सरकारको स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाएर पुष दोस्रो साता दुवै पुरस्कार तथा सम्मान प्रदान गरिने बताइएको छ ।
 
परिवर्तन नेपालको बैठकले ‘परिवर्तन सम्मान-२०७६’ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे र निर्देशक तथा अभिनेता, संचारकर्मी माधवराज खरेललाई पनि सम्मान गर्ने निर्णय गरेको छ । पुरस्कार तथा सम्मानको सिफारिस समितिमा मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रिय रहेका छन् ।
Most Visited News (monthly)