Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक फिल्मका लागि रजनीकान्तको पारिश्रमिक कति ?

एजेन्सी, मुम्बई, 2020/12/03
 
साउथ फिल्मका सुपरस्टार रजनीकान्त चाँडै राजनीतिमा होमिने तयारीमा छन् । उनले एक ट्विट गर्दै यही ३१ डिसेम्बरमा आफ्नो राजनीतिक पार्टी घोषणा गर्ने जानकारी दिएका छन् । गएको केही वर्ष अगाडिदेखि नै उनी राजनीतिमा आउने अड्कल काटिएको थियो । तर, अहिलेसम्म उनी अभिनयमा सक्रिय छन् । राजनीतिमा आएपछि उनले फिल्मबाट सन्यास लिनसक्ने चर्चा छ ।
 
रजनीकान्तले गएको केही वर्षमा ‘कबाली, २.०, काला’ जस्ता सुपरहिट फिल्म दिएका छन् । यी फिल्मले उनलाई एसियाको महंगा हिरो समेत बनाएको छ । तर, पछिल्लो फिल्म ‘दरबार’ असफल भएपछि उनको पारिश्रमिकमा ठूलो असर परेको छ । यो फिल्म उनले ११८ करोड पारिश्रमिकमा साइन गरेका थिए । तर, फिल्म असफल भएपछि उनलाई ५८ करोड मात्र हात परेका थियो ।
 
‘दरबार’ भन्दा अगाडि रजनीकान्तले एक फिल्मका लागि ९० करोड पारिश्रमिक बुझ्ने गरेका थिए । जिएसटी मिलाएर पारिश्रमिक लिने गरेका उनले अब नयाँ फिल्ममा ९० करोड लिनेछन् वा ५८ करोड, त्यो भने हेर्न बाँकी छ । साउथ फिल्ममा सबैभन्दा बढी पारिश्रमिक बुझ्ने दौडमा विजयले रजनीकान्तलाई उछिनेका छन् । उनी एक फिल्मका लागि सय करोड पारिश्रमिक बुझ्ने गर्दछन् ।
Most Visited News (monthly)