Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(30 votes, avg 3.83/5.00)
Text size:-
+
-

‘हर युग होस्’ गीत चल्दा ‘प्रेमगीत ३’ लाई कस्तो फाइदा ?

फिल्मीखबर, काठमाण्डौ, 2020/12/02
‘प्रेमगीत’ सिरिजको एउटा विशेषता भनेको गीत-संगीत पनि हो । यो फिल्मका दुई सिरिज गीतकै कारण चर्चामा थिए । ‘प्रेमगीत’ को ‘मैले सोचेको जस्तै, म यस्तो गीत गाउँछु, म त अलपत्रै’ गीत निकै चर्चित भएका थिए भने दोस्रो सिरिजको ‘कहानी यो प्रेम गीतको, मोटरसाइकलमा, विस्तारै विस्तारै’ गीत पनि उतिक्कै रुचाइएको थियो । अहिले ‘प्रेमगीत ३’ को ‘हर युग’ गीत चर्चामा छ ।
 
गएको चैत २८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले यो गीतको लिरिकल भिडियो गत वर्षको माघमा यूट्युब सार्वजनिक गरिएको थियो । कोरोना भाइरसका कारण फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगन भए पनि गीतले यूट्युबमा एक करोड भ्यूज प्राप्त गरेको छ । फिल्मका मुख्य कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङ फिचर गीतले प्रेमभाव बोल्छ ।
 
 
निर्देशक, कलाकार तथा निर्माता सन्तोष सेन ‘हर युग होस्’ गीतले फिल्मको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् । फिल्मको इनिसियल व्यापार राम्रो हुन गीत-संगीत तगडा हुनुपर्ने बताउँदै उनी भन्छन्, ‘फिल्मको इनिसियल व्यापारमा गीत-संगीतको ठूलो भूमिका रहन्छ । ‘हर युग होस्’ गीतले गर्दा ‘प्रेमगीत ३’ को इनिसियल व्यापारमा सहयोग पुग्नेमा विश्वस्त छु ।’
 
‘हर युग होस्’ गीतलाई फिल्ममा कथावाचनको रूपमा प्रयोग गरिएको उनले बताए । गीतमा समावेश शब्द फिल्मको कथा अनुसार तयार पारिएको उनको भनाई छ । गीतसँगै ‘प्रेमगीत ३’ को कन्टेन्ट र मेकिङले दर्शकलाई हलसम्म तान्ने निर्माता सेनको विश्वास छ । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश काकीको संगीत छ ।
 
स्व. छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप र कृष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन र कविराज गहतराजले कोरियोग्राफी छ ।
 
भिडियो :-
 

Most Visited News (monthly)