मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जान्नुहोस्, 'बाहुबली' बारे यी ७ रोचक तथ्य

एजेन्सी, मुम्बई, 2017/05/14
'बाहुबली' रिलिज भएको २ हप्ता पुगिसकेको छ । व्यापारको हिसावले सबै भारतीय सिनेमालाई समेत उछिनेको 'बाहुबली' बारे अहिले बिभिन्न रोचक कुराहरुपनि एकपछि अर्को गर्दै बाहिर आउँदै गएका छन् । यहाँ हामीले बाहुबलीबारे ७ रोचक तथ्य प्रस्तुत गरेका छौं ।
 
हजार फिटको झरना टिस्यु पेपरबाट
फिल्मको दुवै भागमा देखिएको हजार फिटमाथिबाट झरेको झरनाको दृश्य टिस्यू पेपरको मद्दतबाट सुट गरिएको हो । टिस्यु कागजलाई लामो तथा मध्यम आकारमा काटेर झरनाको दृश्यमा पानी जस्तै मेसिनद्धारा तल झारिएको थियो । तर, झरनाको तलको भाग भने साँचो हो ।
 
मन्दिरको कला दरबारमा कुदिएको
फिल्मको दोस्रो भागमा देखिएको माहिष्मति राज्यको दरबार कुनै पनि फिल्ममा बनाइएको अहिलेसम्मकै सबैभन्दा अग्लो दरबार हो । यो पेरिसको एफिल टावर बराबरको उचाईको छ । राजस्थानका २ मन्दिरको अध्ययन गरेपछि दरबारको भित्री भागको कला कुदियो । माहिष्मति दरबारको सेट बनाउँनका लागि १९०० व्यक्तिले ९० देखि १०० दिनसम्म लगातार काम गरे ।
 
धान काट्ने मेसिनबाट रथ
फिल्मको पहिलो भागमा ‘सिंगल ब्लेड’ को रथ देखाइएको थियो । त्यस्तै, दोस्रो पार्टको लागि भने ४ ब्लेडको बनाएका थिए । फिल्म समूहलाई यस्तो विचार किसानले धान काट्न प्रयोग गर्ने मेसिनबाट आएको थियो । उनीहरुले बुलेट किनेर त्यसको इन्जिनलाई रथमा फिट गरियो, जसलाई बनाउँन एक महिना लागेको थियो ।
 
१५ सय सैनिक
पहिलो भागको ‘क्लाइमेक्स’ दृश्यमा माहिष्मतिका २३ हजार सैनिक दुश्मनका १ लाख सैनिकसँग लडिरहेको देखाइएको थियो । तर, एकै समयमा १५०० भन्दा बढी सैनिकहरुलाई दृश्यांकन गर्न असम्भव थियो । बाँकीलाई थ्रि–डी प्रविधिबाट देखाएइको थियो ।
 
५ बर्षसम्म सुटिङ
फिल्मका सबै सदस्य पाँच बर्षसम्म बिहानको ३ बजे उठ्नु पर्थ्यो । बाहुबलीको दुवै पार्टको सुटिङ ६१५ दिन चलेको थियो । ३० स्टुडियोले फिल्ममा भिजुअल इफेक्टमाथि काम गरेका छन् । युक्रेन, सर्बिया, इरान र चीनको स्टुडियोमा यस फिल्मका लागि काम गरियो ।
 
२ मिनेटको दृश्यका लागि १०० दिन
अन्तिम लडाई दृश्यांकन गर्नु सबैभन्दा ठूलो चुनौति थयो । जम्मा २ मिनेटको दृश्यका लागि करिब १०० मिनेट दिन लागेको थियो । त्यसका लागि प्रविधिको राम्रो प्रयोग गरिएको छ ।
 
'बाहुबली' को ९० प्रतिशत दृश्य नक्कली
दुवै भागको ९० प्रतिशत दृश्य नक्कली हुन् । कटप्पाले बाहुबलीलाई मारेको दृश्य समेत नक्कली थियो । फिल्ममा देखिएको पहाडदेखि जनावर सबै प्रविधिको प्रयोगबाट देखाइएको छ । २० देखि २५ फीटको दुरीबाट लिएको दृश्य मात्रै फिल्मको वास्तविक दृश्य हो ।