मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`निशानी फिल्म गोर्खालीको इतिहास`: निर्देशक सेरेङ (भिडियो सहित)

सुमन गैरे, काठमाण्डौ, २०७१ भाद्र १२, बिहिवार
यही भाद्र २७ गतेबाट 'निशानी' फिल्म प्रदर्शनमा आउँदैछ । कारगिल युद्धमा पनि गोर्खा फौजले देखाएको वीरताको कथामा बनेको यो फिल्मलाई विनोद सेरेङले निर्देशन गरेका हुन् । यिनै निर्देशकसँग फिल्मको बारेमा फिल्मीखबरले अर्न्तवार्ता शैलीमा कुराकानी गरेको छ ।
 
 
'निशानी'को प्रचार प्रसारमा कत्तिको व्यस्त हुनुहुन्छ ?
 
भाद्र २७ गते दर्शकहरूलाई हलसम्म तान्नका लागि फिल्मको प्रचारमा अत्याधिक व्यस्त छु । केही दिन अगाडी मात्र राजधानी बाहिरका शहरहरूमा पुगेर फिल्मको प्रचार गरियो । अहिले राजधानीमा नै मिडियाकर्मीहरूसँगको भेटघाटमा व्यस्त छौं । गोर्खालीहरूको इतिहासको रूपमा 'निशानी'लाई दर्शकसम्म पुर्‍याउन सक्दो कोसिस गरेका छौं । 
 
'निशानी' कसरी गोर्खालीको इतिहास बन्छ ?
 
म फौजीको सन्तान हुँँ । मेरा बुवा तथा आफन्तहरूले हामी गोर्खाली र उनीहरूको साहशको बारेमा भन्नु हुन्थ्यो । आफ्नो भूमिका र शत्रुसँग लड्दा गरेको संघर्षको बारेमा भन्नु हुन्थ्यो । हाम्रा गोर्खालीहरूले थुप्रै लडाईं लडे र धेरै ठाउँमा विजयी पनि प्राप्त गरे भने वलिदानी पनि उत्तिकै दिए । तर, ति घटनाहरूले हामीले देख्न पाएनौं । सुनेको भरमा र पढेको भरमा हामी खुम्चिएर बस्यौं । मैले सोचें यही कथामा फिल्मा बनाउनु पर्छ र सारा नेपालीहरूलाई विर गोर्खालीको विरताको कथा भन्नु पर्छ । अर्को कुरा, युद्धका बारेमा धेरै फिल्म बने तर गोर्खाली साहश र वलिदानीको गहिराईमा पुगेर फिल्म बन्न सकेनन् । हामीले नै गोर्खालीको परिचय दिनुपर्छ भन्ने लागेर 'निशानी' बनायौं । ईतिहास साक्षी राख्नका लागि 'निशानी' बनेको हो । यसर्थमा यो फिल्म गोर्खालीको ईतिहास हुनेछ । 
 
तपाईंको फिल्मले कारगिलको युद्धलाई उठाएको छ । कारगिलको युद्धलाई नै रोज्नुको कारण ?
 
पहिलो र दोस्रो विश्वयुद्ध, भारत-पाकिस्तानको युद्ध, फकल्याण्ड र कोसोभोको युद्धमा जसरी वीर गोर्खालीहरूले आफ्नो बहादुरी देखाएका थिए त्यसैगरी सन् १९९९ को खालुवार, कारगिल युद्धमा पनि गोर्खा फौजले वीरता पूर्वक लडेर विजयीको ईतिहास लेखे । उक्त युद्धमा गोर्खालीहरूले वीर चक्र सम्मान पाएका थिए भने १४ वीर गोर्खालीहरूले वीरता प्राप्त गरेका थिए । उनै वीर गोर्खालीहरूको सम्मानमा फिल्म बनाउने सोच बनायौं । पछिल्लो ईतिहास पनि भएको र तथ्य र यथार्थको नजिक पुग्न अनि अन्य प्राबिधिक सहजताले गर्दा यो घटनालाई रोज्यौं । 
 
कारगिलको युद्धको यथार्थ नजिक पुग्न सक्नु भएको छ त ? 
 
घटना, परिवेश, पात्रलगायतका कुराहरुमा झन्डै ७५ प्रतिशत घटनाको नजिक पुग्ने कोशिस गरेका छौं ।
 
बाँकि २५ प्रतिशत तथार्थको नजिक पुग्न नसक्नुको कारण ?
 
युद्धमा विरगती प्राप्त गरेका पात्रहरूको नजिक पुग्न सकिएन । उनीहरूको तस्विर समेत नभेटिएको हुनाले केही तथ्यहरूलाई समेट्न सकेनौं । तरपनि हामीले त्यो युद्ध, युद्धमा होमिएका परिवारको परिवेशलाई फिल्मी लिबर्टी दिएर कथाको नजिक पुग्ने कोसिस गरेका छौं । दर्शकलाई लाग्दैन कि हामी कहिं चुकेका छौं ।  
 
'निशानी' बनाउन कति समय खर्चनु भयो ?
 
युद्धको बारेमा दस्तावेज खोज्न, घटनासँग जोडिएका कला संस्कृतिको बारेमा बुझेर कथा तयार पार्न, फिल्मका पात्रहरूलाई अभिनयको प्रशिक्षण, घटनाको बारेमा बुझाउन, युद्ध गर्दा प्रयोग गरिएका हतियारको बारेमा जानकारी दिन तथा उपयुक्त लोकेशन खोज्न  झन्डै ४ बर्ष लगायौं ।
 
फिल्म चल्नको लागि 'निशानी'को मुख्य आधार कारगीलकै युद्ध हो या अरू पनि केही छ ? 
 
यो नेपाली मौलिक फिल्म हो । नेपाली सुस्केराहरूले भरिएको तथा गोर्खालीहरूको गाथाले भरिएको फिल्म हो । यसले गोर्खालीहरूको अस्तित्व बोकेको हुनाले र कारगिलको युद्धको नजिक पुगेको हुनाले दर्शकले रूचाउनु हुनेछ भन्ने विश्वास छ ।