मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अग्लो भर्‍याङ चढ्न बाँकि नै छ : विकास आचार्य (निर्देशक)

बिष्णु सुबेदी, , २०६८ भाद्र २७, मंगलवार

चलचित्रको कथा लेख्दै निर्देशनमा हात हालेका लेखक तथा निर्देशक विकास आचार्यले निर्देशन गरेको चलचित्र 'म तिम्रो भईसकें' असोज १३ गतेबाट राजधानी बाहिरका सिनेमा घरमा चल्दैछ । नसिब आफ्नो डेब्यू निर्देशक आचार्यले गत बर्ष 'नाइ नभन्नु ल' नामकनसिब आफ्नो डेब्यू निर्देशक आचार्यले गत बर्ष चलचित्र 'नाइ नभन्नु ल' निर्देशन गरेर राम्रो चर्चा पाए । अहिले पनि उनी तेस्रो चलचित्र 'म तिम्रो भईसकें' निर्देशन गरेर त्यत्तिकै चर्चा पाएका छन् । यिनै निर्देशकसँग फिल्मीखबरले गरेको बिशेष कुराकानी :
 

तपाईले आफ्नै चलचित्रका गीतबाट शब्द झिकेर चलचित्रको नाम जुराउनुको कारण के हो ?
कथा अनुसार चलचित्रको नामको तालमेल मिलाउनको लागी यस्तो भएको हो । हुन त मैले पहिलो चलचित्र नशिब आफ्नो बनाउदा त्यसमा रहेको एउटा गीतको शब्द 'नाइ न भन्नु ल' मन पर्‍र्यो र त्यसैलाई चलचित्रको नाम बनाएँ । यो क्रम अहिले पनि दोहोरिएको छ । मलाई गीतका शब्दले छोए पछि मैले त्यहि अनुसारको कथा बुन्ने गरेको हुँ ।


भने पछि चलचित्रको कथाका आधारमा नाम हैन, नामका आधारमा कथा बुन्नु भयो ?

हो, मैले लेख्ने क्रममा पहिला शिर्ष मन परेपछि त्यसलाई सार्थक बनाउन सोही अनुरुपको कथा लेखेको छु । चलचित्रको कथा र शिर्षकको बिचमा तालमेल हुन जरुरी छ । नत्र चलचित्रले पनि सार्थकता पाउदैन ।


यस अघिको चलचित्रमा नाइ नभन्नु ल बोलको गीतका कारण चलचित्रको प्रचार भए जस्तै यस पटक पनि गीतबाट नै प्रमोशन गर्ने हो ?
म चलचित्रको प्रारम्भिक चरणको प्रमोशन गीतबाट हुनु पर्दछ भन्नेमा बिश्वास राख्दछु । मैले केही समय अगाडी नै फिल्मीखबर डटकम मार्फत गीत सार्वजनिक गरिसकेको छु । यो बिचमा धेरैले गीतलाई मन पराई दिनु भएको छ । यस अघि 'नाइ नभन्नु ल' को गीत पनि फिल्मीखबरबाट नै सार्वजनिक गरेको थिएँ जुन अहिले यु ट्यूबमा सर्वाधिक बढि हेरिएको गीत हो । मैले चलचित्रमा कथा अनुसारकै गीतहरु समेट्ने र कथालाई सहजै अगाडी बढाउनको लागी मात्र गीतको प्रयोग गर्ने हुँदा गीत मन पराएर चलचित्र हेर्न आउने दर्शकहरुलाई चलचित्र मन पर्दछ भन्ने मलाई लाग्दछ । गीत हिट भयो भने त्यसले दर्शहरुलाई हल सम्म तान्ने हुँदा मैले गीतलाई राम्रो बनाउने गर्दछु र गीतबाट प्रमोशनमा पनि बिश्वास गर्ने गर्दछु ।


गीत मात्र राम्रो बनाउने कि चलचित्र पनि राम्रो बनाउनु हुन्छ ?
सबैले आफ्नो चलचित्रलाई राम्रो बनाउने प्रयत्न गर्नुहुन्छ । मैले पनि त्यो गरेको छु । यसअघि चलचित्र 'नाइ नभन्नु ल' लाई मनपराउनु भएका दर्शकहरुको प्रतिक्रियाबाट पनि मैले चलचित्र राम्रो बनाएकोमा छु । केही कमी कमजोरी थिए ति सबैलाई चलचित्र 'म तिम्रो भईसकें' मा सुधारेको छु । समय र पैसा खर्च गरेर हल सम्म आउनु भएका दर्शकहरुको चाहना अनुरुपको चलचित्र प्रस्तुत गर्ने मेरो पहिलो दायित्व हो ।


यस अघिको चलचित्रलाई हेर्ने हो भन गीत ज
ति सफल भयो चलचित्र त त्यति सफल भएन नि !
यो कुरा सहि हो । चलचित्रको गीत जति सफल भयो त्यहि अनुसार चलचित्रले ब्यापारिक सफलता हासिल गरेन । तर पनि चलचित्रको ब्यापारलाई नराम्रो भन्न मिल्दैन । होला मैले दर्शकहरुको मन जित्न सकिन तर धेरै दर्शकहरुले चाहीँ मन पराइदिनु भयो ।


अहिले पनि चलचित्र 'म तिम्रो भईसकें' का गीतहरु चर्चामा छन्, चलचित्र कस्तो चल्ला ?

हामीले यसपटक पनि उत्कृष्ट काम गर्ने प्रयत्न गरेका छौ । गीत राम्रो बनाएकै कारण चर्चामा छ । मैले चलचित्र पनि राम्रो बनाएको छु । नेपाली दर्शकहरुले मन पराउने खालको चलचित्र बनेको छ । दर्शकहरुलाई 'नाइ नभन्नु ल' भन्दा अझ उत्कृष्ट चलचित्र पस्किदै छु । नेपालमा पनि यति सम्म राम्रा चलचित्र बन्छन् भन्ने कुरा यो चलचित्र हेरी सकेपछि दर्शकहरुले भन्नु हुनेछ । यसको प्राबिधिक पाटोलाई सबल बनाउन रेड 4K क्यामराले छायाँकन गरेका छौ । अब यो कामलाई दर्शकमाझ पुर्‍याए पछि उहाँहरुले मन पराएमा म सफल र मन नपराए म असफल हुनेछु ।

 


धेरैले बिकाश आचार्य निर्देशक भन्दा लेखक नै सफल भनेका छन्
नि !
केही हद सम्म उहाँहरुको भनाइ सहि हुन सक्छ । मैले ५० भन्दा बढी चलचित्र लेखिसकेको छु । लामो अनुभवका कारण चलचित्रमा मेरो नाममा धेरै सफल चलचित्रहरु पनि परे तर निर्देशकिय दृष्टिमा त म बल्ल केही खुड्किलाहरु पार गरेको छु । अझै अग्लो भर्‍याङ चढ्न बाँकि नै छ ।  त्यसैले म आफै स्विकार गर्दछु कि म जुन स्तरको लेखक थिएँ त्यो स्तरमा निर्देशक को परिचय बनिसकेको छैन ।


तपा
का चलचित्रमा जीवन लुइटेल र ऋचा सिंह ठकुरी दोहोरिनुको कारण के हो ?
मैले पहिलो चलचित्रबाट नै जीवनसँग निरन्तर काम गरिरहेको छु । जीवनमा एउटा नायकमा हुनु पर्ने गुणहरु पाएका कारण उसलाई दोहोर्‍याएको हुँ । ऋचाको सम्बन्धमा उसले राम्रो अभिनय गर्ने भएकै कारण मैले डेब्यु गराएको थिएँ । चलचित्र 'नाइ नभन्नु ल' मा ऋचा र जीवनको जोडी सफल भएको थियो । यो बिचमा उनिहरु एकै साथ कुनै चलचित्रमा नआएका कारण मैले नै दोहोर्‍याएको हुँ ।


अहिले 'म तिम्रो भईसकें' बिदेशमा चलाउदै हुनुहुन्छ
नेपाल भन्दा बिदेश पहिला किन ?
अस्ट्रेलियामा सोलाङचर भन्ने एउटा संस्था छ त्यसले यस अघिको मेरो चलचित्र पनि त्यहाँ चलाएको थियो । अहिले पनि त्यो संस्थाले चलचित्र चलाउन चाहेका कारण जीवन जी चलचित्रको साथ अष्ट्रेलिया जानु भएको छ । तर पहिला उहि चलाउनु पर्दछ भनेर बनाएको चाहिं हैन ।


तपाको चलचित्र दर्शकले किन हेर्ने ?
सबैभन्दा महत्वपूर्ण कुरा सोध्नु भयो । दर्शकहरुले मनोरञ्जनको लागी नै चलचित्र हेर्ने हुँदा मनोरञ्जन दिनु पहिलो काम हो । हामीले राम्रो चलचित्र बनाएर दर्शकहरुको मन जित्न सक्यौ भने उहाँहरु हल सम्म आइदिनु हुन्छ । दर्शकहरु समय र पैसा खर्च गरेर हल सम्म आउनुहुन्छ भने पक्कै पनि उहाँहरुको माग अनुसारको चलचित्र बनाउनु पर्दछ भन्ने सोचाइका साथमा यो चलचित्र बनाएको छु । अब मेरो प्रयासले सार्थकता पाउछ कि पाउदैन भन्ने कुरा चाहिं असोज १३ गते पछि थाहा हुनेछ ।


एक फरक प्रसंग, तपाईका चलचित्र सफल भए तर दाम्पतय जीवन सफल भएन नि !

यो भाविको लेखा हो । मैले जीवनलाई चलचित्रसँग दाँजेर हेरेको छु । निर्माण टिमले चलचित्रलाई राम्रो बनाउन आफुले सकेसम्मको मेहनत गरेर तयार पारे पनि, त्यसका गीतहरु सफल भए पनि चलचित्रले राम्रो ब्यापार नगर्न सक्छ । मलाई पनि यस्तै भएको हो । जीवन सुखमय बनाउन मैले सके सम्म मेहनत गरेको थिएँ तर सफल भएँ । अहिले नेपाली चलचित्रहरू असफल भए जस्तै मेरो पारिवारिक जीवन पनि असफल भयो तर म दुखित भने छैन । जे छ त्यसमा नै रमाएको छु ।


अर्को बिहे गर्ने सोचमा हुनुहुन्छ कि ?
म अहिले भाबिले डोहोर्‍याएको बाटोमा हिडिरहेको छु । कुनै मोडमा दोस्रो बिहेको कुरा भाबिले लेखेको रहेछ भने त्यो पनि होला । तर अहिले यसबारे सोच बनाएको छैन । अहिलेलाई पारिवारिक कुरा यति नै गरौं ।