मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

स्वार्थी, सेक्सी, लोभि सबै हौं - ऋचा घिमिरे (नायिका/निर्माता)

बिष्णु सुबेदी, , २०६८ भाद्र ४, आईतवार

कालीसुन्दरीको उपमा पाएकी नायिका ऋचा घिमिरे अब निर्माता बनेकी छन् । उनले निर्माण गरेको चलचित्र 'ब्रेक फेल' यहि १६ गतेबाट देशभर प्रदर्शन हुँदैछ । यहि चलचित्रको सेरोफेरोमा रहेर नायिका घिमिरेसंग फिल्मीखबर सहकर्मी बिष्णु सुबेदीले गरेको कुराकानी -


ब्रेक फेल कस्तो चलचित्र हो ?
यो रमाइलो खालको लाइट कमेडी चलचित्र हो । हामीले मसालेदार चलचित्र बनाएका छौं ।


तपाईको भुमिका कस्तो छ ?
काठमाडौमा धेरै ड्रेस डिजाइनरहरु छन् । ति मध्ये कतिले कोर्ष गरेर डिजाइन गर्दछन् त कतिले नजानी नजानी । म पनि यस्तै भुमिकामा छु । एक जना धनी ब्यक्तिको दिमाग भुटेर बुटिक खोलेको तर केही नआउने ड्रेस डिजाइनर बनेकी छु । ग्राहकलाई हल्का फुलक मख्ख पार्ने ठग्ने काम गर्दछु ।


ब्रेक फेल ठगहरुको चलचित्र हो ?
ठगहरुको कथा भन्दा पनि अहिलेको समाजमा हामी केही हदसम्म स्वार्थी छौं  । पैसालाई पनि महत्व दिन्छौं, लोभी पनि छौं, नराम्रो पनि छैनौ, स्वीट पनि छौं, सेक्सी पनि छौं । हो यि सबै पात्रहरुलाई ब्रेक फेलमा चित्रण गरिएको छ । ब्रेक फेलमा कोही पनि भद्र भलादमी र डरलाग्दो भिलेन छैन ।


पछिल्लो समयमा चलचित्र चलेका छैनन् । यस्तो अवस्थामा आफ्नो चलचित्रबाट कस्तो आश गर्नु भएको छ  ?
चलचित्र राम्रो बने पछि नचल्ने कुरै हुँदैन । हामीले राम्रो चलचित्र बनाएका छौं । आशा छ दर्शकहरूले मन पराई दिनुहुनेछ । किनकि यो चलचित्र दर्शकहरूकै लागि हो । चलचित्र नहेरी कमेन्ट गर्नेका लागि हैन । मैले एउटा महिलाले बनाएको चलचित्र, दु:खले बनाएको चलचित्र दर्शकबृन्द एक पटक अवश्य हेरीदिनुस भन्दिन । यदि राम्रो लाग्यो भने उहाँहरुले साथीभाई तथा आफन्तहरूलाई भन्नु हुनेछ । दर्शकहरुले मन पराउनु हुन्छ हुन्न त्यो उहाँहरु कै जिम्मामा ।


पछिल्लो समय बलिउडमा कमेडी चलचित्रको लहर चलेको छ । कतै त्यसैको प्रभावमा कमेडी चलचित्र बनाएको त हैन ?

हामी बलिउड बाट प्रभावित भएर चलचित्र बनाएको हैन । अहिले बजारमा ब्रेक फेललाई कमेडी चलचित्र भनेर जसरी प्रचार गरीयो यो अलिकती बढी नै भयो जस्तो लागेको छ मलाई । जसरी प्रचार भएको छ त्यति साह्रै कमेडी चलचित्र हैन ब्रेक फेल । यो एउटा हल्का फुल्का बिषयवस्तुमा बनाइएको चलचित्र हो । कमेडी भनेर हरेक क्षणमा हँसाईंदैन  । हरेक पात्रको आगमनमा दर्शकहरु हाँस्दैनन् । तर हरेक पात्रले बोकेको कथामा अगाडी बढ्दै जाँदा दशर्कहरु हाँस्दछन् । चलचित्र हेरूञ्जेल दर्शकहरूले मनोरञ्जन नै लिनु हुनेछ ।


लोकेशनमा कुनै कम्प्रमाईज गर्नु भएको छैन भन्ने सुनिन्छ नि !
दर्शकहरुले ब्रेक फेलमा लोकेशन वाइज धेरै नै भेराइटि पाउनु हुन्छ । काठमाडौ, चितवन र मध्यान्तर पछिको धेरै दृष्यहरु सुदुर पश्चिममा छायाँकन गरेका छौ । सुदुर पश्चिमका अधिकांश दृष्यहरु रमणीय छन् । प्रचारमा पनि धेरै नै खर्च गरेका छौ । ७० लाखमा चलचित्र सकाउने भनेको अहिले एक करोड पुगीसकेको छ । हामीले चलचित्रमा कहिं कतै कम्प्रमाइज गरेका छैनौ ।


अन्तमा दर्शकहरुलाई केही भन्नु छ की  ?
काठमाण्डौ सहित देशभर डिसिएनबाट ४४ वटा हलमा एकसाथ भदौ १६ गते चलचित्र प्रर्दशन हुदैछ । ब्रेक फेल हेरि दिनुहोस् र मलाई प्रतिक्रिया दिनुहोस् । फिल्म हेरेर मात्र मलाई कमेण्ट गरि दिनुहोस् । चलचित्र नहेरी कमेण्ट गर्ने बानी त्याग्नु होस् ।