मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई दर्शकहरुको कुटाई खानु छैन : नम्रता श्रेष्ठ (नायिका)

फिल्मीखबर, , २०६८ श्रावण २५, बुधवार

चलचित्र 'सानो संसार' बाट रजतपटमा पाईला टेकेकी नायिका नम्रता श्रेष्ठ दोस्रो चलचित्र 'मेरो एउटा साथी छ' पछि चलचित्रबाट केहि समय हराईन् । लामो समयको ग्याप पछि उनी नायक दिलिप रायमाझीको निर्माण तथा सुरेश दर्पण पोखरेलको निर्देशनमा बनेको चलचित्र 'मिस यू' मार्फत दर्शक माझ आउँदैछिन् । प्रदर्शनको क्रममा रहेको चलचित्र 'मिस यू' कि नायिका नम्रतासँग फिल्मीखबरले गरेको कुराकारी -

 

'मिस यू' कस्तो चलचित्र हो ?
यो सिम्पल लभ स्टोरी सहितको एउटा ब्यवसायिक चलचित्र हो । यसमा तीन जना साथिहरुको बिचको प्रेम कथालाई प्रस्तुत गरिएको छ । बिदेशमा बसेर पढ्ने २१ औ शताब्दीका युवा युवती भए पनि नेपाल र नेपाली मनलाई बोकेर हिड्ने गर्दछन् । यहि कुरामा नै चलचित्र घुमेको छ । कथा बस्तुका आधारमा हेर्ने हो भने नयाँ छैन । तर प्रस्तुती भने एकदमै फरक छ । चलचित्रको लोकेशन देखि मेकिङ शैली सबै नयाँ भएकोले दर्शकलाई पनि नयाँ लाग्छ ।


सुटिङको बेला निर्देशक र नायिकाको बिचमा जुन सहकार्य हुनु पर्ने हो त्यो भएन भन्ने हल्ला आएको थियो नि !

काममा सम्बन्धको कुरा आउदैन । कति कुरामा मेरो र उहाँको सोचाई नमिलेको हो । त्यसपछि के के भयो के के मलाई थाहा छैन । अहिले हामी एकदमै मिल्ने साथी हौं । आफुले काम गरेको चलचित्रलाई राम्रोसँग सकाएर राम्रोसँग रिलिज गर्ने पक्षमा छौं हामी । हामी अहिले कसरी 'मिस यू' लाई सफल बनाउन सकिन्छ भन्ने मै केन्द्रित छौं । अहिले पनि कतिपय कुरामा हाम्रो कुरा मिल्दैन तर ति विषयहरु बारे मैले सुरेश जीलाई भनिसकेकी छु र उहाँले पनि कुरा बुझि सक्नु भएको छ ।


चलचित्र 'मिस यू' लाई कसरी मुल्याङकन गर्नु हुन्छ ?
आफुले खेलेको चलचित्र हेर्दा मैले आफुले दर्शक भएर अभिनय गर्न सक्दिन । तै पनि गर्नै पर्‍र्यो भने म आफुले कहिल्यै पनि राम्रो काम गरे जस्तो लाग्दैन । के-के कमजोरिहरु भेटछु । समग्रमा चलचित्र राम्रो बनेको छ । मलाई सबैभन्दा राम्रो लागेको यो चलचित्रको समय हो । चलचित्र करिब २ घण्टाको मात्र छ ।

सुरेश जीका यस अघिका चलचित्र  र यो चलचित्रमा के फरक पाउनु भयो  ?
मैले सुरेशजी को चलचित्र हेरेको थिइन । तर फष्टमा उहाँले पहिला केही नयाँ गरौ भन्ने प्रस्ताब गर्नु भएको थियो त्यहि कुराले संगै काम गर्न थाल्यौ । तर उहाँले जस्तो मेन सेडुयलमा मैले काम नगरेको हुदा बिच बिचमा हाम्रा केही कुराहरु नमिलेको हल्ला आएको हो । त्यति बेलानै मैले दिलिप दाईहरुकै अगाडी सुरेशजीलाई तपाईको यो बानी, यो कुरा मलाई मन पदैन भनीदिन्थे । तर हाम्रो नराम्रो भन्ने चाही कहिल्यै भएन । कुरा क्लीयर भए पनि सजिलो हुन्छ भनेर कुरा सकाइहाल्थ्यौ ।


तीन वटा चलचित्रमा काम गर्दा खेरी नै यति धेरै फ्यानहरु हुनुको कारण के होला ?
म आफुलाई भाग्य मानि सम्झन्छु । राम्रो राम्रो चलचित्रमा काम गर्न पाएको छु र त्यो भन्दा पनि बढी आफुले मेहनत गर्छु । त्यसको फल पाएको जस्तो लाग्छ । मैले एक बर्षमा एउटा चलचित्रमा मात्र काम गर्छु र त्यो चलचित्रको स्क्रिप्ट देखि आफ्नो भुमिकामा मेहनत गर्ने गर्दछु । त्यसैले पनि आफ्नो भुमिकालाई शसक्त बनाउन सकेकोले होला दर्शकहरुले मन पराउनु भएको ।

 

भने पछि बर्षमा एउटा मात्र चलचित्र खेल्ने ?
मैले धेरै गरे भने दुई वटा गर्छु । पहिला पहिला स्कुलमा होमवर्क नगरेमा शिक्षकहरुले कुटनु हुन्थ्यो र अहिले हामीले चलचित्रमा अभिनय गर्दा होमवर्क नगरे दर्शकले कमेण्ट गरेर कुट्नु हुन्छ । र, मलाई दर्शकहरुको कुटाई खानु छैन । त्यसकारण म जती सक्यो धेरै मेहनत गर्छु ।


तर अहिले त निकै ग्याप भयो नि !

मलाई अफर नआएको हैन । अझै पनि दुई तीन वटा चलचित्रहरू लाइनमा छन् । म जस्तो पायो त्यस्तो चलचित्रमा काम गर्दिन । स्क्रिप्ट देखि निर्देशक सबैलाई बुझेर मात्र काम गर्ने निर्णय गर्छु । मैले आफुले आफ्नो भुमिकामा केही नयाँ दिन सक्ने भयो भने काम गर्छु । अहिले पनि मैले सिक्दैछु । मलाई लाग्छ मैले अभिनय जानेको छैन त्यसैले कडा मेहनत गर्नु पर्दछ । म आफ्नो भुमिकालाई कसरी शसक्त बनाउने भन्नेमा सधै सचेत भएका कारण सानो संसार भन्दा मेरो एउटा साथि छ र त्यो भन्दा पनि 'मिस यू' मा राम्रो काम गर्ने प्रयास गरेकी छु । आगामी चलचित्रहरुमा यो भन्दा अझ राम्रो गर्ने  प्रयास गर्नेछु । राम्रो गर्छु तर थोरै गर्छु । त्यसैले पनि यति लामो ग्याप भएको हो ।

बिचमा एकपटक नम्रता 'मिस यू' बाट आशाबादी छैन भन्ने कुरा आयौ नि ?
त्यो जुन रुपमा बाहिर आयो त्यस्तो हैन । मैले भन्न खोजेको के भने म आफ्ना कुनै पनि कामबाट सन्तुष्ट हुन सक्दिन । जब त्यो चलचित्र हेर्छु अनि आफैलाई आफ्ना कमजोरीहरु थाहा भएपछि त्यहाँ किन राम्रो गरिन भन्ने हुन्छ ।  तर आफुले मेहनत गरेपछि प्रतिफलको आशा त अवश्य हुन्छ । त्यो बाहेक कुनै पनि काममा बढी आशा राख्दिन मैले ।

 

नेपाली चलचित्रको बजार किन खस्केको होला ?
अहिले नेपाली चलचित्र हेर्ने दर्शकहरुको जमात बढेको मैले पाएको छु । तर राम्रो काम नगर्दा, क्वालिटीमा ध्यान नदिंदा पक्कै पनि चलचित्र राम्रो बन्दैन । चलचित्र राम्रो नबनेपछि बजार पनि खस्कने त भयो नि !  चलचित्र बनाउने भन्दै जसले पनि जस्तो पायो त्यस्तै स्कृप्टमा चलचित्र बनाउदा यस्तो स्थिति आएको होला । मलाईएक्ज्याक्ट  यहि हो भनेर चाँही थाहा छैन । तर स्कृप्ट राम्रो हुनुपर्‍र्यो । भिजन भएको निर्देशकले बनाउनु पर्‍र्यो चलचित्र राम्रो बन्छ ।


अन्तमा ?
नेपाली चलचित्रलाई माया गरिदिनुस । एउटा नराम्रो भयो भन्दैमा सबैलाई त्यहि दृष्टिले नहेरौं । नेपाली हुनुमा गर्व गरौं ।