मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मसलेदार कमेडी चलचित्र हो 'ब्रेक फेल' : निरज बराल (नायक)

बिष्णु सुबेदी, , २०६८ श्रावण ११, बुधवार

सन् २००६ मा फिलिपिन्समा भएको मिस्टर युनिभर्सिटी इन्टरनेश्नलमा २८ देशको प्रतिस्पर्धिलाई उछिनेर उपाधि जिते पछि केहि म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका नायक हुन् निरज बराल । गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्र 'कुसुमे रूमाल-२' बाट डेब्यू नायक निरजले अहिले सम्म चार चलचित्र कुसुमे रूमाल-२, दिपशिखा, फूल र ब्रेक फेलमा अभिनय गरिसकेका छन् भने शिब रेग्मीको चलचित्र पराईमा अभिनय गर्दैछन् । यसैगरी सुरेश दर्पण पोखरेलले निर्देशन गर्न लागेको चलचित्रमा पनि उनी अनुबन्धित भईसकेका छन् । यिनै नायकसँग चलचित्र 'ब्रेक फेल' को सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश -

 

मिडियामा निकै कम छाउनु हुन्छ । कारण के होला ?

चलचित्र कुसुमे रूमाल-२ र दिपशिखामा काम गरेपछि पढ्नका लागि अष्टेलिया गएँ । करिब एक वर्ष त्यता हराएकोले मिडियामा मेरो चर्चा नभएको हो । चलचित्रको पब्लिसिटीका बेला नेपालमा नहुँदा मिडियामा नआउनु स्वाभाविक नै हो ।

अहिले के गर्दै हुनुहुन्छ ?

शिव रेग्मी दाइको चलचित्र पराईको सुटिङमा व्यस्त छु । पराईको सुटिङ सकेपछि सुरेश दर्पण पोखरेलको चलचित्रमा काम गर्दैछु ।


चलचित्र ब्रेक फेलमा बिभिन्न भुमिकामा देखिनु भएको छ । एउटै कलाकार बिभिन्न भुमिकामा देखिदा कस्तो अनुभव भयो ?

कलाकार भै सकेपछि जस्तो सुकै भुमिकालाई न्याय दिन सक्नु पर्दछ । जती नयाँ नयाँ भुमिका हुदै जान्छ त्यति च्यालेन्ज बढ्दै जान्छ । मैले पनि यो चलचित्रमा च्यालेञ्जिङ भुमिका निभाएको छु । फरक भुमिकामा कलाकारले आफुमा भएको क्षमता प्रदर्शन गर्न पाउने भएकोले मैले पनि आफु भित्र भएको क्षमता देखाउने प्रयास गरेको छु । 

ब्रेक फेल दर्शकले किन हेर्ने ?

चलचित्र ब्रेक फेल एउटा पूर्ण रूपमा मसलेदार कमेडी चलचित्र हो । अहिले एउटै किसिमका चलचित्रहरु बनीरहेको बेलामा चलचित्र ब्रेक फेलमा नायकले बिभिन्न पात्रहरु बन्दै दर्शकलाई हँसाउछ । यो चलचित्र कमेडी भएका कारण दर्शकलाई थप मनोरञ्जन प्रदान गर्नका लागी राखीएका मसलाहरुमा मैले पनि मनोरञ्जन लिएको छु । यदि दर्शकहरू आफ्नो दुख बिर्सन र फ्रेस हुन चाहनुहुन्छ भने ब्रेक फेलले सहयोग गर्ने छ ।

चलचित्र कुसुमे रुमालबाट तपाइले बनाएको लभर ब्याईको छबि यो चलचित्रबाट कमेडियनमा ढल्दैछ, यो परिवर्तनलाई दर्शकले कसरी लिन्छन् होला ?

निरज बराल उहि हो । पर्दामा बिभिन्न भुमिकामा देखिन्छ मात्र । एउटा कलाकारले हरेक भुमिका निभाउन सक्नु पर्ने भएकाले मलाई लाग्छ दर्शकहरुले मलाई जसरी ग्रेडीङ गर्नु भएको छ त्यसमा म यो चलचित्र बाट अझ सफल हुनेछु ।

पर्दामा बिभिन्न भुमिकाहरु निभाउनु भयो । पर्दा पछाडीको तपाईको जीवन चाहीँ कस्तो छ  ?

साधारण नागरिकको जस्तो जीन्दगी छ मेरो । कहिले काहिं साथीहरुसँग बस्दा रमाईलो गरिन्छ । म सेलिब्रेटी जस्तो जीवन हैन आम नेपाली जस्तो जीवन जिउन रूचाउछु । वास्तवमा म धेरै साधारण छु ।


रियल लाईफमा लभर ब्याई हुनुहुन्न त ?

(हास्दै) उमेरमा लभर ब्याई भइयो, लभ गरियो त्यो आफ्नो ठाँउमा छ । म चलचित्रमा जस्तै पढाइमा समर्पित छु यो समयमा । चलचित्रबाट बचेको समय पढाइमा खर्चेको छु । खासै समय पनि छैन । लभर ब्याई हुने मन पनि छैन र भइदैन होला ।

अन्तमा पाठकलाई केही भन्नु छ की ?

सबैले आफ्नो चलचित्रलाई फरक चलचित्र भन्छन् । तर म यो कुरा आधार सहित भन्दैछु । एउटै चलचित्रमा एउटै पात्र बिभिन्न भुमिकामा देखिएको छ । सायद कुनै पनि कलाकारले यसरी बिभिन्न भुमिकामा एउटै चलचित्रमा अभिनय गर्नु भएको छैन होला । तर यो चलचित्रका निर्देशक शंकर घिमिरेले हामीलाई बिभिन्न भुमिकामा उतारेर कमेडी चलचित्रलाई शसक्त बनाउने काम गर्नु भएको छ । यस कारण दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गर्नु हुनेछ । त्यसैले ब्रेक फेललाई मिस नगर्नु होला !