मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुरुषको आँखा मन पर्छ : नायिका नन्दिता केसी

संजय सौगात, , २०६८ आषाढ २९, बुधवार

अर्घाखाँचीको गाउँले परिवेशमा हुर्केकी नायिका नन्दिता केसी अहिलको चल्तीकि नायिका मध्येकी एक हुन् । मोफसलको मुख्य शहर मध्ये एक बुटवलबाट नृत्यसम्वन्धी प्रशिक्षण लिई यही बुटवलबाटै चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका केसी चलचित्र क्षेत्रमा स्थापित भइसकेकी छिन् । हाल सम्म अढाई दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । 'सपना', 'मालतीको भट्टी', 'जीन्दगानी दर्पणछायाँ' लगायतका चलचित्र प्रदर्शनको क्रममा छन् ।  यिनै नायिकासँग बुटवलका रंगपत्रकार संजय सौगातले गरेको कुराकानी ।



तपालाई पुरुषको कुन अंग मन पर्छ  ?
मलाई अंग भन्दा पनि पुरुषको पर्सनालिटी मन पर्छ । अंगको कुरा गर्दा पुरुषको आँखा बढि मन पर्छ ।
जीवनमा कसैलाई 'आइ लभ यू' भन्नुभएको छ  ?
धेरैलाई धेरै पटक भनेको छु । कहिलेकांही कुनै प्रोगाममा फ्यानहरुले माया गरेर आइ लभ यू भन्नुहुन्छ अनि मैले पनि आइ लभ यू त भनिदिनै पर्‍यो नि ।
तपाको फ्यानहरुमध्ये कसैले तपासंग चुम्वनको प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?
सिधै नो भन्छु ।
तपाले जीवनमा गरेको भुल ?
जानेर नजानेर धेरै भूल गरिएको छ । तर पनि एउटा रमाईलो घटना म सधैं सम्झन्छु । मलाई सानोमा पढ्न अल्छी लाग्थ्यो ।  स्कुल नगएर खेल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । मलाई मेरो दाजुले स्कुलसम्म पुर्‍याउन जानुहुन्थ्यो । एक दिन मलाई दाजुले स्कुलमा लगेर छोड्नुभयो । स्कुल जानको लागि हाम्रो घरबाट दुई वटा बाटो थियो । दाइले मलाई छोडेर घर र्फकन नपाउदै म अर्को बाटो हुंदै घर आएँ । दाई घरमा आउदा मलाई देखेर छक्क पर्नुभएको थियो । त्यो सम्झेर मलाई अझै पनि रमाइलो लाग्छ ।
बाटोमा हिंड्दा केटाहरुले कत्तिको जिस्क्याउछन् ?
खै अहिलेसम्म कसैले त्यसरी जिस्क्याएको छैन । मिडियाको मान्छे भएर होला सायद । बरू कहिलेकांही बाटोमा हिंड्दा नन्दिता केसी भनेर भन्छन् ।
जीवनलाई कसैलाई गाली गर्नुभएको छ ?
त्यस्तो नराम्रो तरिकाले गाली त गरेको छैन । तर एक दिन भने केही उच्छृङखल युवाहरुसंग डिसकस गरेको छु । केही बर्ष पहिलेको कुरा हो । होलीको समय थियो । होली आउन चार पाँच दिन नै थियो । म स्कुटीमा एउटा कार्यक्रममा जांदै थिए । बाटोमा जांदा केही टिनएजरहरु होली खेलिरहेका थिए । उनीहरुले मलाई पनि एउटा लोला हाने म पुरै रंगीएँ अनि मैले स्कुटी रोकेर उनीहरुसंग डिसकस गरेको थिए । तर गाली भने गरीन ।
पृथ्वीमा प्रलय आतपा मात्रै रहनुभयो भने के गर्नुहुन्छ ?
त्यो त असम्भव कुरा हो ।  सबै नरहे म मात्रै त कसरी रहन्छु र ? म मात्र बाँच्न सफल भएँ भने त्यो बेलाको जीवनको कल्पना पनि गर्न सक्दिन ।

तपाई अर्को जन्ममा के हुन चाहनु हुन्छ  ?
यदि मैले अर्को जुनी लिने अवसर पाएं भने म सबैभन्दा शक्तिशाली मान्छे बन्न चाहन्छु र देशमा हुने अत्याचार र अन्यायलाई निर्मुल पार्न चाहन्छु ।

यो जन्ममा तपाई एक दिनको लागि यो देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?
र्सवप्रथम त देशको संविधान जारी गर्नको लागि पनि पहल गर्छु । त्यसपछि सबैतिर अनुशासनको पालना गर्नको लागि कडा नियम बनाएर लागु गर्छु अनि राजधानी लगायत विभिन्न शहरहरुमा हुने प्रदुषण र फोहोरको व्यवस्थापन गरेर सुन्दर शहर बनाउन पहल गर्छु ।