मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पैसा कमाउनको लागि आएको हैन : श्रीकृष्ण श्रेष्ठ

रामचन्द्र नेपाल, , २०६८ आषाढ १७, शुक्रवार

श्रीकृष्ण श्रेष्ठ नेपाली चलचित्र जगतका राम्रा नायक मध्येमा गनिन्छन । भुमरी चलचित्रवाट उनको चलचित्रको यात्रा शुरु भएको हो । हाल करिब एक सय भन्दा वढी चलचित्रमा अभिनय गर्न भ्याएका छन् । पछिल्लो पटक उनी आफैले निर्माण गरेको चलचित्र कहाँ भेटिएलाले नेपाल तथा विदेशमा समेत सफलता पाएको छ । अहिले यो चलचित्र मलेसियाका बिभिन्न शहरहरूमा प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शनको सिलसिलामा मलेसिया आईपुगेको बेला रामचन्द्र नेपालले गरेको छोटो कुराकानी -

 

तपाईंले अभिनय गरेका मध्ये अत्याधिक सफल मानिएको चलचित्र कुन हो ?

करिब एक सय भन्दा वढी नै चलचित्रमा अभिनय गरिसकेको छु । ९० प्रतिशत चलचित्र राम्रा र सफल छन् । कहाँ भेटिएला, सुखदुख, वुहारी, अजम्वरी नाता लगायतका धेरै चलचित्रमा मलाई दर्शकहरूले अत्याधिक मन पराईदिनु भएको छ । 

चलचित्रमा लागि सकेपछि पछाडि र्फकेर हेर्र्नु परिरहेको छैन । कस्तो छ अहिलेको चलचित्र क्षेत्रको अवस्था ?

नेपाली चलचित्रको क्षेत्र अत्यन्तै राम्रो छ तर राजनैतिक अस्थिरता नभएको कारण ढुलमुल पनि भएको छ । हामिलाई माया गर्ने दर्शकहरु यहि राजनैतिक अस्थिर ताले गर्दा विदेशिनु पर्ने भएको छ । चाहेको जस्तो गर्न सकिरहेका छैनौ । आशा गरौ त्यस्तो दिन पनि आउने छ ।

कलाकारहरु आफै चलचित्र वनाएर यस क्षेत्रमा टिकिरहेका छन् भनिन्छ, सत्य हो ?

यो कुरालाई दुबै तरिकाबाट हेर्न सकिन्छ । केहि कलाकारहरू अभिनय गरेर मात्र टिकेका छन् भने केहि चलचित्र निर्माण गरेर टिकेका छन् ।  चलचित्र क्षेत्रमा लाग्ने सबैको चाहना हुन्छ तर थोरैको मात्र पूरा हुन्छ । वास्तवमा भन्ने हो भने अहिले नेपाली चलचित्र क्षेत्रमा नै लागेकाहरुले यसलाई टिकाईरहेका छन् किनकि उनीहरुलाई चलचित्र सम्वन्धि धेरै कुराको अनुभव छ ।

बिदेशमा नेपाली चलचित्र प्रदर्शन गर्ने क्रम बढेको छ । नेपालमा बजार नबहेर हो या बिदेशमा बजार खोज्न थालिएको हो ?
नेपालमा पनि राम्रो चलचित्र वनाउने हो भने प्रशस्त वजार छ । कमसल चलचित्र वनाउने अनि वजार छैन भनेर भन्न मिल्दैन तर पनि राजनैतिक अस्थिरता नभएको कारणले केहि दुख पनि छ । जहाँ सम्म विदेशमा चलचित्र प्रदर्शनको कुरा छ अरु कसरी आएका छन् र हिडिरहेका छन् त्यसको वारेमा म भन्न चाहन्न । मेरो कुरा गर्ने हो म नेपाली चलचित्रलाई विश्व वजारमा पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्ने गर्छु । कहाँ भेटिएलाले नेपालमा सफलताको साथमा ५१ दिन मनाईसकेको छ र पैसा जति कमाउने हो नेपालमा कमाईसकेको छ । म यहाँ पैसा कमाउनको लागि आएको होइन । मलेसियामा धेरै नेपाली साथीहरु हुनुहन्छ जसले चाहेर पनि चलचित्र हलमा गएर कहाँ भेटिएलालाई हेर्न पाइरहनु भएको छैन । उहाँहरुको वारम्वारको माग अनि नेपाली चलचित्रलाई विश्व वजारमा पुर्‍याउनु पर्छ भन्ने मान्यताका साथ त्यसको खोजीको निम्ति यहाँ आएका हुँ ।

तपाईको चलचित्रकी नायिका स्वेता खडकासंग निकै नाम जोडिएर पनि आएको छ । कस्तो छ सम्वन्ध ?

सिनेमा क्षेत्र भएको कारण नाम जोडिनु कुनै नौलो कुरा होइन । कहाँ भेटिएलामा उनी नायिका हुन् र म नायक । त्यसकारणले पनि नाम जोडिएको होला । वाहिर हल्ला जे आएको छ त्यस्तो केहि होइन ।  उनी एक जना राम्रो कलाकार हुन् मैले उनलाई यसै गरेर नै वुझेको छु । हाम्रो सम्वन्ध कलाकारको मात्रै छ ।

स्वेताले केहि समय अगाडि छोटा कपडा लगाएर एउटा नेपाली चलचित्र खेलेको कारण तपाईहरु विचमा राम्रो सम्वन्ध रहेन पनि भनियो । कति सम्म सत्य हो ?

एक दम असत्य हो । सवै साथीहरुले यहि प्रश्न राख्नुहुन्छ । उहाँसंग जुन सम्वन्ध हिजो थियो आज पनि उहि छ । उहाँले लगाएको कपडासंग मेरो लिनु दिनु केहि छैन । फेरी कसैले छोटा कपडा लगाउदैनमा म किन रिसाउनु ? त्यो त उहाँको अधिकार हो । कसैको व्यक्तिगत अधिकारमा रिसाउनु खुसाउनुमा के अर्थ छ र ?

मलेसियामा रहेका तपाईका दर्शकहरुलाई के भन्न चाहानुहुन्छ?

आज म जे छु तपाईहरुको  मायाको कारणले गर्दा नै छु । नेपालमा तपाईहरुसंगै वसेर कहाँ भेटिएला हेर्ने रहर थियो पूरा हुन सकेन त्यसैले तपाईहरुसंग वसेर फिल्म हेर्नको लागि मलेसिया आएको छु । मिल्छ भने तपाईको नजिकै रहेको चलचित्र हलमासँगै बसेर चलचित्र हेरौंला ल !