मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हात समाएर यात्रा गरौं जंगार तरिन्छ : गणेश भण्डारी

बिष्णु सुबेदी, , २०६८ ज्येष्ठ १८, बुधवार

लामो समय देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा गणेश भण्डारीलाई गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त गर्‍यो । सञ्चार मन्त्रालय एकीकृत माओवादीमा आएपछि यसै मन्त्रालय अन्तर्गत पर्ने चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि माओवादी निकट भण्डारीलाई नियुक्त गरिएको हो । अध्यक्ष पदमा नियुक्त भएपछि भण्डारी अहिले आफूले गर्ने कामहरूको योजना बनाउँदैछन् । उनले आफूले बनाएका योजनाहरू फिल्मीखबरलाई बताएका छन् । प्रस्तुत छ फिल्मीखबरका प्रतिनिधी बिष्णु सुवेदीले भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश -
 

 

एक हातले नियुक्ती बुझ्दै गर्दा अर्को हातले राजिनामा लेख्नु पर्ने स्थिति सिर्जना भयो नि ?
सरकारले राजिनामा दिइसकेको अवस्थामा अध्यक्ष पदको औचित्यको प्रश्न उठाएर राजिनामा लेख्न भन्दा पनि चलचित्रकर्मीहरुका जुन सपनाहरु, जुन आँकाक्षाहरु छन् अनि हाम्रा जे प्रतिबद्धताहरु छन् तिनीहरुलाई पुरा गर्न सकिएन भने मेरो कोर्टको अर्को खल्तीमा राजिनामा छ । किनकी जागिर खान आएको हैन । नेपाली चलचित्रका थुप्रै समस्याहरुलाई समाधान गर्न एउटा मार्ग चित्र एउटा गोरेटो आबश्यक छ । म त्यो गोरेटो सहित आएको हुँ । यसमा कसैले बाधा पुर्‍यायो भने म बोर्डमा बस्न तयार छैन ।


तर तपाईंले यसो भने पनि सरकार परिवर्तन सँगै अध्यक्षको राजिनामा त पहिलो सर्त जस्तै परिपाटी बसिसकेको छ नि !
मुख्य दलहरुले अहिले फेरी राष्ट्रिय सहमति गरेका छन् र त्यो सहमतीमा पनि सहमतिकै सरकार भनेका छन् । मेजर पार्टीको बिचमा सहमति हुँदा, एउटा एकता सहकार्य हुँदा, संसदको ठुलो पार्टी माओबादी सरकारमै रहने स्थितिमा त्यो नियति भोग्नु नपर्ला । सकारात्मक कार्य योजना तर्जुमा गर्न सके र केही प्रतिफल दिन सके त्यो हुँदैन ।


यसपटक तपाई के-के कार्य योजनाहरु लिएर आउनु भएको छ त ?

नेपाली चलचित्रको बिकाशको समृद्धिको रुपान्तरणको एकिकृत प्याकेज हो 'गन्तब्य नेपाल' । अहिले सम्म नेपाली चलचित्रहरुको बिद्यमान समस्याको बारेमा अर्न्तक्रियाको अर्न्तराष्ट्रिय डवलिमा हामी पुग्न सकेनौ । त्यस्तै नेपाल आफैमा सुन्दर देश हो । प्राकृतिक रुपमा सम्पन्न छ । हामीसँग मानब निर्मीत स्टुडियो नभए पनि जता क्यामेरा फर्काए पनि हुने गरी प्राकृतिक सम्पदाहरु तथा सांस्कृतिक बिबिधता छन् । तर राज्य स्तरबाट उद्योगको रुपमा जे सुबिधा हुनु पर्ने हो त्यो सुबिधा छैन । यस प्रति राज्यको ध्यान केन्द्रित गर्ने मेरो कर्तव्य हुनेछ  र मैले बिदेशीयस प्रति राज्यको ध्यान केन्द्रित गर्ने मेरो कर्तव्य हुनेछ  र मैले नेपाली मात्र नभएर बिदेशी चलचित्रकर्मीलाई यस प्रति आकर्षित गर्ने काम गर्नेछु ।

 

हामी कहाँ भएका ऐतिहासिक जनयुद्धहरु हाम्रा मौलिक कथा हुन् । यस अर्थमा संसारका नौला कथाहरु हामीसँग छन् । एउटा सर्वेक्षणले ३० हजार नयाँ कथा भ्रएको तथ्याङ दियो तिनको बारेमा हामी बिबेचना गर्छौं  र चलि आएको पाटो परिवर्तन गर्न तर्फ लाग्दछौ । त्यस्तै पुरातात्विक हिसाबले, जैबिक बिबिधताका हिसाबले, धार्मीक मुल्य मान्यताका आधारमा हामीसँग भएका नयाँ र नौला कुरालाई चलचित्र मार्फत संसारमा लैजान सकिन्छ । हाम्रो दुर्दशा चलचित्रको मार्केट खोजिएन । बिदेशमा मार्केट भएन । केही चलचित्र चिनाजानीका आधारमा बाहेक अरु चलचित्र बिदेशमा प्रर्दशन हुन सकेनन् । राज्यको तहबाट पहल पनि भएन त्यसैले 'डेस्टिनेशन नेपाल' नामको कार्यक्रम पनि हामीसँग छ । नेपाली चलचित्रलाई नेपाली दुताबास भएका बिश्वका ४० देशमा चलचित्र प्रर्दशन गर्ने र अर्न्तराष्ट्रिय बजारको खोजको प्रयास गर्ने छौ । यो अलि महत्वकांक्षि योजना पनि हो ।


अघिल्लो कार्यकालका योजनालाई पनि अगाडी बढाउनु हुन्छ होला नि !

अघिल्लो कार्यकालमा उठाएका केही कुरा थिए । पहिलो कुरा बोर्डलाई स्वायत्त बनाउने हो । निश्चीत समय सम्म एउटै नेतृत्व रहने निती अघि बढाउने योजना छ । अहिले २०२६ सालको पञ्चायती कालको ऐनबाट चलिरहेका छौ र चल्न बाध्य छौ । त्यसैले पनि हामीले चाहेर पनि कति कामहरु गर्न सकेनौ । बोर्डलाई स्वयत्त बनाउने सबालमा नयाँ ऐन परिवर्तनको कुरालाई अघि बढाउछौ । ऐन परिवर्तनका लागी सोझो बाटोबाट  २ बर्ष लाग्छ त्यसैले छोटो बाटो खोजेर काम गर्ने योजना छ । बोर्डलाई स्वायक्त गर्ने कामलाई यसलाई शुत्रबद्ध गर्न चाहन्छु ।


दोस्रो स्टुडियोको कुरा हो । हाम्रा चलचित्रकर्मीले स्टुडियोको समस्या भएको बताउँदै आएका छन् । अहिले संघिय नेपालको संकल्प, चलचित्रको समानुपातिक बिकासको प्रश्न तथा आञ्चलिक बिशेषताका चलचित्रलाई अगाढी बढाउनु पर्ने कुरा छ । यसकारण तीन ठाउँमा स्टुडियो बनाउने योजना अघि सारेको हो । पहिलो पोखरा चितबन वा काठमाडौमा हुनेछ । दोस्रो पश्चिम नेपालका दाङ, धनगढी वा नेपालगञ्ज र तेस्रो पुर्व तिर झापा, बिराटनगर वा इलाममा हुन सक्छ । मैले यसबारे राजनितिक तहमा यो कुरा उठाएको छु । यो वर्षको बजेटमा यि कुरा समेटिएर आउँछ ।


तेस्रो सिनेमाको बजारको समस्या छ । चलचित्र बनेका छन्, चलेका छन् तर निर्माताको राम्रो स्थिति छैन । चलचित्रले राम्रो ब्यापार नगर्दा निर्मातालाई सिनेमा बनाइसकेपछि गेरु बस्त्र लगाएर हिड्नु पर्ने देखिन्छ । चर्चा छ ब्यापार छैन । त्यकारण हामी बजारको नियमन गर्न चाहन्छौ । एउटा सिस्टमको बिकाश नगरी चलचित्र बनाउँदा र चलाउँदाको यो समस्यालाई समाधान गर्न चाहन्छौ


चौथो कला संस्कृतिको माध्यमबाट देशको आयमलाई उँचो बनाउन लागेका कलाकारको स्थिति हेर्नै हो भने दयनिय छ । देहबसान पछि लाश जलाउने दाउरा किन्न अरुसँग पैसा माग्नु पर्ने स्थिति छ । राज्यको कला संस्कृति सिनेमा जोगाउन लागीपर्ने कलाकारको यो अवस्थाबाट राज्य पन्छिन मिल्दैन । त्यसैले कलाकारहरुको लागी राहत सहुलियतको कार्यक्रम ल्याउने छौं । अर्को प्राबिधिकहरु र जोखिको दृष्य गर्ने कलाकारहरुको लागी राज्यको तर्फबाट बिमाको कार्यक्रम अगाढी ल्याउछौं । त्यस्तै चलचित्रकर्मी कल्याणकारी कोषको बिकाश गर्ने र यसै वर्ष एउटा अर्न्तराष्ट्रिय फिल्म फेस्टिबल गर्ने योजना छ । बिकाश बोर्डले पुर्णता पाए पछि छिट्टै नै बैठक बसेर हामी यी कामलाई अगाडी बढाउछौं ।


योजना बनाउन त सजिलो छ तर कार्यन्वयन हुन्छ त ?

तिन चरणमा काम गर्ने छौं । एउटा दैनिक प्रशासनिक कार्ययोजना जहाँ चलचित्रकर्मीले सहजताको अनुभुति गर्न सक्ने छन् । दोस्रोमा अल्पकालिन योजनाका कामहरु छन् । जसका लागी केही नियमाबलिलाई परिवर्तन गरेर तुरुन्तै काम अगाढी बढाउछौं । हामी एक महिना भित्र रिजल्ट देखिन थाल्ने गरी तयारी गरीरहेका छौं । तेस्रो दिर्घकालिन योजना छन् । दिर्घकालिन योजनाहरु ५ वर्ष भित्र पुरा गर्ने गरी योजना बनाएका छौं । जग अहिले निर्माण गर्दछौं । तर कार्यन्वयनमा केही असहजता र जटिलता छन् । ति सबै अबरोधलाई पन्छाउदै काम गर्न हाम्रो टिम सबल र प्रतिबद्ध छ । यो ५ बर्षमा चलचित्र क्षेत्र नयाँ ठाउँमा पुग्ने योजना छ ।

 

बोर्डले अझै पुर्णता पाएको छैन  तपाईका कार्ययोजना लागु होलान् र ?
बोर्डले आइतबार सम्म पुर्णता पाउँछ । चलचित्र बिकाश बोर्डमा जान चाहने धेरै भए त्यसैले सबल मान्छे छान्न समय लागेको हो । म यि कार्य योजना लागु गर्न प्रतिबद्ध छु । हामीसँग निदाउने अलमलिने झकाउने समय छैन । सबै संघ सस्थाका साथिहरुसँग कुराकानी गर्दैछु । उहाँहरूका सल्लाह सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने छु ।
 


तर बोर्डका कामलाई लिएर पटक पटक बिबाद उठ्छ नी !
चलचित्र क्षेत्र अत्यन्तै साना स्वर्थबाट बिभिक्त भएको छ । साना साना स्वर्थको शिकार भयो हामीले जुन गति लिनु पर्ने हो त्यो लिन सकेका छैनौ । म सबै संघ संस्थासँग सहकार्य गरेर अगाढी बढ्दछु । हाम्रा मुर्धन्य कला साधकहरुसँग ब्यक्तित्बहरुको परामर्शका आधारमा यात्रा तय गर्दछु । चलचित्र क्षेत्र अहिले एउटा ठुलो जंगारमा छ । म यो जंगार तार्न चाहन्छु । सँगसँगै मजबुत ढंगले हात समाएर अगाडी बढ्न चाहन्छु । तपाईहरुले मलाई हात दिनुस म हात माग्दछु । सँगै हात समाएर यात्रा गरौ जंगार तरिन्छ । चलचित्रलाई जंगारबाट तार्नु छ ।


बिदेशि चलचित्रबाट कर लिएर बोर्ड चल्छ । त्यहि करका कारण हलवाला र बोर्डको बिबाद त भईरहन्छ नि !
अहिले मैले करका बारेमा पनि कुरा गर्दैछु । हामीले बिदेशि चलचित्रलाई करको दायरामा ल्याउन जरुरी छ । मैले करका कारण बोर्ड र हल बालाको झगडा भयो, हामी बिचमा सुमधुर सम्बन्ध हुन सकेन त्यसैले राज्यले नै कर उठाउनु पर्‍यो भनेर सरकारलाई भनेको छु । बिदेशिको चलचित्रबाट कर उठाएर स्वदेशि चलचित्रको बिकाश गर्दछौ भन्नु त्यति उपयुक्त छैन भन्दै यस्तो माग गरेका छौं । यो वर्ष भित्र नै यसलाई पूर्णता दिने छौं । किनकी मैले राजनितिक लेबलमा यो प्रतिबद्धता मागेको छु ।


काम भयो भने पूर्ण रिजल्ट कहिले सम्ममा आउला त ?

हामी अहिले परामर्श गर्दैछौं । सञ्चारमन्त्रीसँग छलफल जारी छ । बोर्डले गर्न सक्ने गरिहाल्छौं । त्यसमा ढिला गर्दैनौ । तिन महिना भित्रमा केही रिजलटहरु आउने गरी काम गर्दछौं । त्यसो गर्न नसके म बोर्डमा रहनुको औचित्य सकिएको सम्झेर राजिनामा दिनेछु । काम गर्न नसके जस्तो परिस्थिति भए पनि बोर्डमा बस्दिन । यो मेरो प्रतिबद्धता हो ।