मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

रसियनकी गर्लफ्रेण्ड जेनिशा भन्छिन्, `म बिराज भट्टको परिवारको सदस्य`

उत्सव रसाईली, काठमाण्डौ, २०७० चैत्र १७, सोमवार

१९ वटा फिल्ममा अभिनय गरेपनि अभिनेत्री जेनिशा केसी ‘मार्क’ हुन नसकेकी अभिनेत्री हुन् । काका पर्ने प्रोडक्सन म्यानेजर गणेश सापकोटाको सहयोगमा ७ वर्ष अघि उनले फिल्म ‘गिरफतार’बाट रजतपटमा डेव्यु गरेकी थिइन् । करिब एक बर्ष बेलायतमा बसेर नेपाल फर्किएकी जेनिशा चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’बाट लामो समयपछि दर्शकमाझ आउँदैछिन् । बिराटनगर स्थायी घर भएकी यिनै जेनिशासँग फिल्मीखबरले गरेको कुराकानी यस्तो छ -
 

फिल्म बजारमा ‘आधी बाटो’ युनिटबिच खाल्डो पर्यो भन्ने सुनिन्छ । विवादको चुरो कुरो चाहिं के हो ?

‘आधी बाटो’को टिममा अलि ‘मिस अन्डरस्ट्यान्डिङ’ भैरा'छ । समयको व्यस्तताको बावजुद र सन्चो नहुँदा पनि बोलाएको ठाउँमा पुगिरहेको हुन्छु । मेरो लागि सुटिङ मात्रै प्यारो हैन । प्रचारको लागि पनि खट्नु पर्छ । मैले परिक्षा दिएको छु, रिजल्ट आउने बेला भएको छ । त्यसैले म निर्देशक, निर्माता र हिरो सबैसँग हिड्नु पर्छ । यही सानो कुरालाई लिएर नचाहिने हल्ला फिंजाएको हो जस्तो लाग्छ । मलाई चाहिं खासमा 'मिस युज' गरेजस्तो लाग्छ । तर, यस्तो हल्लाले मलाई केही असर गर्दैन । काग कराउँदै जान्छ पिनास सुक्दै जान्छ ।

 

निर्माता रमेश त्यावनासँग नाम जोडिएको कुरो चाहिं ?

मलाई नै थाहा छैन खासमा कुरो के हो भनेर ? केही अनलाइन र पत्रिकामा हेरेपछि म आफैं 'कन्फ्युज'मा परें ।

 

निर्माता त्यावनाले तपाईलाई सँगै राख्नु भएको छ भन्ने पनि सुनिन्छ नि ?

'ओ माइ गड्' ! कस्तो हाँसो उठ्ने कुरा । रमेश दाई हाम्रो पारिवारिक सदस्य हो । उहाँ मेरो पापाको राम्रो साथी र विज्नेस पार्टनर पनि हो । यो बाहेक उहाँसँग अरु केही पनि हैन । त्यती मात्रै हो । मेरो आफ्नै व्यायफ्रेण्ड छ ।

 

आफ्नो व्यायफ्रेण्डको बारेमा बताइदिनुस् न त !

मेरो व्यायफ्रेण्ड रसियाको हो । तीन वर्ष भयो हामी बिच प्रेम भैरहेको । म युके गएको बेला उहाँसँग भेट भएको थियो । उहाँ मेरो दिदीको साथी पर्नु हुन्छ । उहाँ नेपाल आएपछि उचित समयमा प्रेसममिट नै राख्छु । अरु कुरा चाहिं सस्पेन्स नै राखौं होला । (हा हा हा...)

 

अनि बिहे चाहिं कहिले त ?

बिहे चाहिं तत्काल नगर्ने सुरमा छु । बिहे बारे त्यस्तो केही तयारी भएको छैन । अझै फिल्म क्षेत्रमा केही गर्रौ भन्ने सोच छ । केही सपना पुरा भएपछि बिहे गर्छु ।

 

एक समय तपाईको नाम अभिनेता विराज भट्टसँग पनि जोडिने गर्दथ्यो नि ?

नेपाली फिल्म क्षेत्रमा पात हल्लिन हावा चल्नै पर्दैन । यहाँ कागले कान लग्यो भन्यो भने कान छुने भन्दा पनि कागको पछि लाग्ने बढी हुन्छन् । ती सबै हल्ला थिए । त्यस्तो केही पनि थिएन ।

 

धेरैजसो फिल्ममा तपाईलाई विराजजीले नै सिफारिस गर्नुहुन्थ्यो, हैन ?

पक्कै हो । कोही कलाकारसँग राम्रो मित्रता भयो भने तपाईले भनेजस्तो सिफारिस हुन्छ । अहिले मेरो यश कुमारजीसँग राम्रो सम्बन्ध छ । भोली मैले खेल्ने फिल्ममा निर्माता र निर्देशकले कुन हिरो राख्ने ? भन्नुभयो भने म सिधै यश कुमार भनिदिन्छु । राम्रो मित्रता भयो भन्दैमा कोही पनि विशेष व्यक्ति हुन सक्दैन । विराजजीसँग मेरो कुनै विशेष खालको सम्बन्ध हैन ।

 

विराजजीसँग कस्तो सम्बन्ध हो त ?

अहिलेपनि म उहाँसँग ‘किप इन टच’ मा छु । नेपाल आएको बेला म उहाँको घरमा जान्छु । उहाँको छोराको वर्थडे पार्टीमा जाने गरेको छु । म उहाँको परिवारको सदस्य जस्तै हुँ ।

 

पहिलो फिल्म ‘गिरफ्तार’ खेलेकै ७ वर्ष बितिसक्यो । जेनिशा केसी सधैं किन पछि ?

हो, केही कमीकमजोरी मेरो पनि छ । म सबैसँग घुलमिल हुन सकिन । फिल्म मेकर्सलाई मैंले कहिल्यै फोन गरिन । आएको फिल्म पनि स्क्रिप्ट हेरेरै गरें । खेलेजति फिल्ममा मेरो भूमिका राम्रो नै छ । तर, पछिल्लो समय मैले धेरै फिल्म ‘रिजेक्ट’ गरें । किनभने फिल्म मार्केट पहिला जस्तो छैन । पहिला फिल्मको गुणस्तरमा ध्यान दिइन्थ्यो अहिले संख्यामा ध्यान दिइन्छ । तर, मेरो ध्यान अहिले पनि गुणस्तरमा जान्छ र जानेछ पनि ।

 

निर्माता निर्देशकलाई फोन नगर्ने हिरोइनले ‘आधी बाटो’ फिल्म चाहिं कसरी पाउनु भयो ?

सम्बन्ध र भूमिकाले ‘आधी बाटो’ फिल्म खेल्ने अवसर जुर्यो । किनभने रमेश दाई मेरो पापाको साथी, यशजी मेरो राम्रो साथी, सविर दाई पनि उस्तै नै हो । स्क्रिप्टको भूमिकालाई न्याय गर्न सक्ने खुबी देखेरै उहाँहरुले मलाई लिनुभएको हो ।

 

‘आधी बाटो’ ले तपाईंलाई कहाँ पुर्‍याउला ?

चैत २१ पछि नै थाहा हुनेछ ।

 

कतै तपाईंको फिल्मी करिअर चाहिं आधी बाटोमै अल्झिने त हैन ?

किन मेरो करिअर आधी बाटोमा अल्झिन्छ ? कुनै पनि हालतमा अल्झिदैन । म विश्वस्त छु कि मेरो करिअर राम्रोसँग अगाडी बढ्छ । ‘आधी बाटो’मा म मात्रै छैन । एक साइडमा सविन श्रेष्ठजी र अर्को साइडमा यशजी हुनुहुन्छ । फिल्ममा मैले राम्रो काम गर्ने प्रयास गरेको छु । सविर दाईले पनि मेरो कामको प्रशंसा गर्नुभएको छ । र, चाँडै नै राम्रो व्यानरको फिल्ममा काम गर्दैछु ।