मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेशको दुलही रिल लाईफमा मात्र - सुमिना घिमिरे

फिल्मीखबर, , २०६८ वैशाख ३१, शनिवार

'छबिलाल कन्जुस छैन' बाट डेब्यू नायिका सुमिना घिमिरे रजतपटमा प्रवेश गरेको दुई बर्ष पनि पुगेको छैन । तर उनले करिब दुई बर्षको आफ्नो अभिनय यात्रामा आधा दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले लगातार रूपमा छबिलाल कन्जुस छैन, सडक, जय होस्, किन मायामा, दुलही पापी रात, तिम्रो लागीमा अभिनय गर्न भ्याईन् । अहिले उनी हल्लो प्रकृती नामक चलचित्रको छायाँकनमा व्यस्त छिन् । एउटा पनि चलचित्र रिलिज नभई एक पछि अर्को चलचित्रमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी कलाकार ठान्ने यि नायिकाको पाँचौ चलचित्र 'दुलही' जेष्ठ २७ गते  सार्वजनिक हुँदैछ । आफूले अभिनय गरेको चलचित्र पहिलो पटक सार्वजनिक हुना लागेकोले अहिले उनको भुईंमा खुट्टा छैन । उनमा एक किसिमको उत्साह छ । यहि सेरोफेरोमा रहेर नायिका घिमिरेसँग फिल्मीखबरले गरेको कुराकानीको सम्पादित अंश -

 

चलचित्र रिलिज नहुँदै यसरी एक पछि अर्को चलचित्रमा अभिनय गर्नु भएको छ । राज के होला ?
यो मेरो सौभाग्य हो । मैले गरेको कामको बारेमा इन्डस्ट्रीमा हल्ला खल्ला भईहाल्छ । सायद निर्माता निर्देशकहरूले मेरो राम्रो काम सुनेर लिनु भएको हुनसक्छ । तर एक किसिमले मलाई दु:ख पनि लागेको छ । दु:ख यो मानेमा कि मैले यति धेरै चलचित्रमा काम गरिसके तर दर्शकले अहिले सम्म मेरो कामको मूल्याङ्कन गर्न पाउनु भएको छैन जसले गर्दा मैले आफ्ना गल्तिहरू सुधार्ने मौका पनि पाएकी छैन । दर्शकहरूले कमेन्ट गरिदिए मैले आफ्ना गल्तिहरू सुधारेर अझ राम्रो काम गर्न प्रयास गर्थें ।
 

पहिलो पटक दर्शक माझ दुलही भएर आउँदै हुनुहुन्छ । कस्तो लागिरहेको छ ?
निकै डर लागि रहेको छ र ढुकढुकी पनि निकै बढेर आएको छ ।


राजेश हमालको दुलही भएर अभिनय गर्दाको अनुभव कस्तो रह्यो ?
राजेश दाईको दुलही भएर अभिनय गर्दा म मात्र हैन दर्शकहरू पनि खुसी पक्कै हुनुहुन्छ किनकी चलचित्र राम्रो बनेको छ ।


राजेश हमालसँग जोडी मिलेको छ त ?
मैले राजेश दाईसँग यो भन्दा अगाडीको चलचित्रमा पनि काम गरिसकेकी छु । जोडी मिल्छ भनेर नै निर्देशक ज्यूले अफर गर्नु भएको हुनसक्छ । अब जोडी मिलेको नमिलेको चलचित्र हेरेपछि आँफै पनि थाहा पाईहाल्नु हुन्छ नि !
 

घुम्टो ओढेर राजेश हमालको घरमा भित्रदा साँच्चिकै उहाँकै घरमा भित्रेको अनुभव त भएन ?
हा हा हा...! मलाई त त्यस्तो कुनै अनुभव भएन किनकी यो एउटा नाटक थियो तर सुटिङ हेर्न आउनु भएका दर्शकहरूलाई भने हाम्रो साँच्चिकै बिहे भएको भन्ने लागेछ । धेरैले त हामीलाई बधाई पनि दिनु भएको थियो ।

 

फ्यानहरूले तपाईं र राजेश हमाललाई रियल लाईफमै जोडीको रूपमा हेर्न चाहेका पो छन् कि ?
यो कुरा सम्भव छैन । किनकी उहाँ मेरो आदरणिय दाजु हुनुहुन्छ । रिल लाईफ र रियल लाईफमा धेरै भिन्नता छ । त्यसैले यो बारेमा सोच्नु नै गलत हुन्छ ।

रियल लाईफमा दुलही कहिले बन्ने त ?
अहिले नै हतार छैन । पहिला मैले रिल लाईफमा धेरै नायकहरूसँग बिहे गर्छु अनि मात्र रियल लाईफमा बिहे गर्ने बारे सोचुँला ।

दुलही कस्तो चलचित्र हो ?
दुलही मायाको एउटा परिक्षा हो । दुलही एउटा यात्रा हो जुन यात्राको सारथी आफूले होईन भगवानले जुराई दिएको हुन्छ । त्यसैगरी दुलही साँचो मायाको किताव हो जुन अन्तिम पानामा लेखिएको हुन्छ । साँचो माया त्यो हो जसले पाउनु र गुमाउनु दुबैलाई आफ्नो जीत सम्झन्छ । समग्रमा भन्नुपर्दा दुलही हाम्रो समाजमा उब्जेको एउटा शब्दावली हो जसलाई यो चलचित्रले परिभाषित गर्न खोजेको छ ।