मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(18 votes, avg 1.61/5.00)
Text size:-
+
-

माया भएपछि बिहे त भैहाल्छ नि ! : संचिता लुइँटेल

फिल्मीखबर, काठमाण्डौ, २०७० माघ २७, सोमवार

बाह्र बर्षे फिल्मी करिअरमा अभिनेत्री संचिता लुइँटेलले झन्डै ८५ वटा फिल्ममा मुख्य भूमिका निभाइन् । ‘अप्सरा’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी संचिताका दर्जन बढी फिल्म व्यवसायिक रुपमा सफल छन् । फिल्मकर्मी माझ मायालु तथा झगडा नगर्ने अभिनेत्रीका रुपमा चिनिने संचिता विगत साढे ३ बर्षदेखि भने फिल्मबाट टाढा छिन् । अभिनेता निखिल उप्रेतीसँगको बिवाह पश्चात् संचिता फिल्मबाट टाढा भएकी हुन् ।

 

अभिनेता उप्रेतीसँगको बिवाह पूर्व ‘पर्खि राख है’ फिल्ममा अभिनय गरेकी संचिता हाल आफ्ना दुई सन्तान (एक छोरा एक छोरी) को स्याहारमा व्यस्त छिन् । अभिनयमा कमव्याकको तयारी स्वरुप हरेक साँझ ‘जिम क्लब’ गएर ज्यान घटाउ अभियानमा रहेकी अभिनेत्री संचिता लुइँटेलसँग फिल्मीखबरका उत्सव रसाइलीले भिमसेनगोलास्थित उनको माइती घरमा पुगेर लामो गफगाफ गरेका छन् ।

 

आरामको अवधी धेरै लामो भएन र ?

व्यावसायिक हिसाबले लामो भयो होला तर आफ्ना सन्तानलाई आमाले दिने समय भने धेरै लामो भए जस्तो लाग्दैन । आमा भैसकेपछि आफ्नो बच्चालाई कम्तीमा पाँच बर्ष समय दिनुपर्छ । पहिलो छोरो भर्खर साढे तीन बर्षको भयो । तर, मैंले पाँच बर्षसम्म बच्चालाई समय दिन सक्छु जस्तो लागेको छैन । मलाई माया गर्ने र मेरा शुभचिन्तकले फिल्ममा फर्कनु पर्यो भन्न थाल्नु भएको छ । शुभचिन्तक र फिल्मकर्मीप्रति म आभारी छु ।

 

साढे तीन बर्षको बिचमा तपाईले महसुश गरेको मुख्य कुरा चाहिं के हो ?

मैंले यो बिचमा ‘आमा’ भन्ने सम्बन्धलाई नजिकबाट महसुश गर्न पाएँ । आमाले आफ्नो सन्तानको हेरचाह कसरी गर्नुपर्छ ? आमाको दायित्व र जिम्मेवारी के हो ? भन्ने कुरा निभाउन पाएँ । बिहान उठेर बच्चाको 'ड्राइपर' 'चेञ्ज' गर्नेदेखि खुवाउने र सुताउनेसम्म सबै आफैंले गर्नुपर्ने । (हाँसो) साढे तीन बर्ष बच्चासँग सुत्दा, बस्दा म आफैं नै बच्चा भएको महसुश गर्दैछु ।

 

परिवार त्यागेर तथा आमा बन्न छोडेर फिल्म खेल्न मरिहत्ते गर्ने धेरै छन्, तपाइँ त फिल्म खेल्न छोडेर आमा बन्नतिर लाग्नु भयो नि ?

मलाई लाग्छ संसारको सबै भन्दा ठुलो चिज नै माया हो । यसमा बढी समय दिन आवश्यक छ । एउटा समय हुन्छ, जस्तो १६/१७ बर्ष पुगिसकेपछि मान्छेको स्वभाव चञ्चले हुन्छ । समय, उमेर बढ्दै गएपछि मान्छे घुम्न चाहन्छ, रम्न चाहान्छ, साथीहरु भेट्न चाहान्छ । उसले काम गर्नुपर्छ भन्ने नै सोच्दैन । २५ बर्ष काटेपछि चाहिं केटीहरु फरक हुन्छन् । त्यो उमेरमा आफ्नो जीवनको 'सेटलमेन्ट' गर्ने भन्ने हुन्छ । सन्तान जन्माउने यही नै उचित समय होला भन्ने लाग्यो । आमा बनेर बिताएको पल साह्रै आनन्दको हुन्छ । हाम्रो ‘प्रोफेशनल’ लाईफ त छदै छ, कहाँ नै भागेको छु र ? आफुलाई ‘मेन्टेन’ गर्न सक्ने हो भने आज पनि काममा फर्क भन्ने धेरै हुनुहुन्छ । उहाँहरुले त्यस्तो भन्दा मलाई गर्वको अनुभव हुन्छ, खुसी लाग्छ ।

 

तपाइँ र निखिलजीको विवाह चाहिं कसरी सम्भव भयो ?

खासमा भन्नुपर्दा यो परिवारको ईच्छा हो । उहाँहरु(निखिल उप्रेती र पहिलो पत्नी कोपिला) बिच सायद केही थियो । मसँग विवाह गर्नलाई उहाँको परिवारले नै चाहेको हो । हामीबिच आन्तरिक रुपमा धेरै कुराहरु भयो । उहाँले पनि मलाई मन पराउनुहुन्थ्यो, मपनि उहाँलाई मन पराउँथे । समझदारीमा हामीले विवाह गरेका हौं । तर, समस्याहरु त भई नै हाल्छन् । जे लेखेको छ त्यहि नै हुन्छ ।

 

आफुलाई माया गर्ने दर्शक र शुभचिन्तकले नराम्रो सोच्लान् भन्ने लागेन ?

यो समयको कुरा हुँदो रै'छ । कति जनाले १०/१२ वटा व्यायफ्रेण्ड बनाए पश्चात बिहे गर्छन् । उनीहरूलाई औंला उठाउने कोही हुँदैन । निखिलजीसँग म हिड्दा मान्छेहरु खुसी हुन्थें । संचिता निखिलको जोडी राम्रो छ भनेर दर्शकहरु दंग पर्नुहुन्थ्यो । हामीले एउटै ज्याकेट लगाउँदा ‘निखिल संचिताको जोडी कस्तो राम्रो’ भनेर पनि मिडियामा नआएको होइन । तर, बिहे गरेपछि चाहिं निखिल र संचिताले किन बिहे गरे ? भनेर टिप्पणी भयो । यो सही त भए नि ! (हाँसो)  माया भएपछि बिहे त भैहाल्छ नि !

 

बिहे गरेको सुरुको समयमा पक्कै तनाव भयो होला । त्यो तनावबाट कसरी मुक्त हुनुभयो ?

समयले सबै कुरा परिवर्तन गर्ने रहेछ । मान्छेको जीवनमा धेरै बाधा अड्चनहरु आउँछन् । मान्छेले धेरै कुरा राम्रोसँगै गलत पनि गर्छ । म यस्तै गर्छु भनेर पनि नहुने, लेखान्त पनि हुँदो रहेछ । मैंले पनि शत प्रतिशत नै उहाँ (निखिल उप्रेती)सँग बिहे गर्छु भनेर चाहेको थिइँन । त्यो समय, हाम्रो र परिवारको बुझाइले बिहे गर्ने वातावरण बन्यो । कतिलाई राम्रो लाग्यो, कतिलाई लागेन ।

 

निखिलजीसँगको विवाह पश्चात तपाई मुम्बई जानुभयो । नेपाली फिल्म खेल्न छोडेर किन मुम्बई जानुभएको ?

म आफुलाई परिवर्तन गर्न चाहन्थें । त्यसकै लागि म मुम्बई गएँ । एउटा सिरियलमा अडिसन पनि दिएँ, राम्रो नै भएको थियो । तर, पेटमा बच्चा भएपछि सँगै काम गर्ने साथीहरुले सिरियलमा काम गर्नु भन्दा बच्चालाई जन्माउनु मेरो लागि ठुलो कुरो भएको सल्लाह दिए । म मुम्बईबाट फर्किएँ, निखिलजी जानुभयो । उहाँले नेपाली फिल्म क्षेत्रमा धेरै काम गर्नुभयो । उहाँ धेरै राम्रो एक्टर हो । उहाँलाई जति काम गरेपनि सन्तुष्टि मिलेको छैन । उहाँ नेपाली फिल्ममा एक्सन गरें अझै 'एड्भान्स' काम गर्न मन छ भन्नुहुन्छ । फरक गर्नकै लागि नेपाली फिल्ममा प्रयोग नभएको स्काई ड्राइभीङ गर्दै हुनुहुन्छ । उहाँको फरक गर्ने सोचलाई मैंले पनि साथ दिदैं आएको छु ।

 

संघिनी सुइकी 'ब्राण्ड एम्बास्डर' संचिता लुइँटेलले पहिलो बच्चा जन्मिएको एक बर्षमै दोस्रो बच्चा जन्माई भनेर आचोचना पनि भयो नि ?

तपाईले भनेजस्तै मलाई कतिले त गाली समेत गर्नुभयो । दोस्रो बच्चा पेटमा आएपछि म धेरै कमजोर भएँ । मलाई बच्चाको माया लाग्यो । गर्भपतन गर्न मन लागेन । हामी दुबै र डाक्टरको सल्लाहमा दोस्रो बच्चालाई जन्म दिएका हौं । यो गल्ति हो या ठिक थाहा छैन तर हामी खुसी छौं ।
 

मुहारमा सुन्दरता कायमै छ, क्यामेराको अगाडी फर्कने योजना के छ ?

यो मुहारमा भएको सुन्दरताको राज चाहिं सबैको माया नै हो । हामी कलाकारको लागि दर्शकको माया, मिडिया हाईप, परिवारको सहयोगले गर्दा काम गरौं गरौं भन्ने हुने रहेछ । हालसालै मलेसियाको एनसेल इभेन्ट्समा सहभागी भएँ । सहभागी दर्शकले देखाएको मायाले मलाई क्यामेरा अगाडी फर्कने मन पलाएको छ । एक दुई वटा फिल्मको लागि अफर पनि आएको छ तर खेल्ने सहमती जनाइसकेको छैन । राम्रो ब्यानर र आफ्नो भूमिका हेरेर अभिनयमा व्याक हुने मन छ ।