मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारसँग लडेरै भएपनि निती बनाउँछौं - अध्यक्ष राई

दयाराम घिमिरे, , २०६८ वैशाख ४, आईतवार

गत बर्ष नेपाली चलचित्रहरु धेरै बने त्यसमध्ये केहि चलचित्र मात्र सफल हुन सके । आखिर के कारणले गर्दा चलचित्र चलिरहेका छैनन् ? किन निर्माताहरुले आफ्नो लगानी उठाउन सकिरहेका छैनन्  ? यहि सेरोफेरोमा रहेर फिल्मीखबर डटकमले चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसँग कुराकानी गरेको थियो ।

 



राजकुमार जि फिल्मीखबर डटकममा यहाँलाई स्बागत छ ।
धन्यबाद ! अनि फिल्मीखबर डटकम परिवार र देशबिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा नेपाली चलचित्र प्रेमी दर्शकहरुमा नयाँ बर्ष २०६८ सालको हार्दिक मंगलमय शुभकामना !


२०६७ सालको चलचित्र उद्योगलाई फर्केर हेर्दा यहाँलाई कस्तो लाग्यो ?
०६७ सालको चलचित्र उद्योग सामान्य मात्र भयो । ०६५ र ०६६ सालको जस्तो राम्रो भन्न मिल्दैन  । उत्पादन धेरै भए तर प्रतिफल राम्रो हुन सकेन । ०६७ मा बिभिन्न अत्याधुनिक प्रबिधि भित्रिएको कारणले आशातित बर्षको रुपमा लिन सकिन्छ तर व्याबसाहिक हिसाबमा तथा मुनाफाको रुपमा नेपाली चलचित्र उधोग दयनिय नै रह्यो ।


चलचित्र बन्छन् तर व्यापार गर्न नसक्नुको कारण के होला जस्तो लाग्छ ?
संसारका सिनेमालाई समग्र रुपमा हेर्दा पनि भारतमा १३ प्रतिशतले हलमा आउने दर्शक घटेको छ भने हलिउडमा १७ प्रतिशतले दर्शकहरु हलमा आउन घटेका तथ्याङ्क सार्बजनिक भएका छन् । दर्शक घट्ने क्रम बढ्दो रहेको छ । बाहिरका चलचित्रका दर्शक घट्नुमा अहिलेको यो प्रबिधिले नै हो । आफ्नो ल्यापटप होस् या मोबाइल एक क्लिकको भरमा घरमा बसि बसि सिनेमा हेर्न सक्ने भएका छन् । नेपालको संर्दभमा हेर्नु हुन्छ भने बिबिध कारणहरु छन् ।

 

अहिले देशमा अशान्ति, अराजकता बढिरहेको छ । संबिधान बनि रहेको छैन । अत्याधिक महंगी बढिरहेको छ । चलचित्र भनेको मनोरञ्जन हो तर अहिले नेपाली दर्शकलाई खान, लाउन र बस्न धौ धौ परिरहेको छ । जबसम्म घरमा दाल भात खान पाउने अबस्था छैन यस्तो अबस्थामा कसरी चलचित्र चल्न सक्छ ? देशमा रहेको असजिलो प्रणालिबाट हरेक क्षेत्रमा असर परिरहेको छ । मुल्य बृद्धि सँगसँगै श्रमिकको ज्याला नबढेको समयमा चलचित्र क्षेत्र सँगै हरेक क्षेत्रमा असर परिरहेको छ भने अर्को प्रमुख  कारण नेपालमा चलचित्रहरु गुणस्तरिय बनाउन सकेका छैनौ यो हामिले आत्म साथ गर्नुपर्छ । चलचित्र निर्माण गर्दा छिमेकी देशमा के भईरहेको छ ? समय अनुसार कसरी चलचित्रमा समाबेश बिषयबस्तुहरु परिबर्तन भईरहेको छ  ? बुझ्नु जरुरी छ तर आजपनि नेपाली चलचित्र ४० बर्षको दौरानमा दौडिरहेको छ ।

 

निर्माता संघको अध्यक्षमा निर्बाचित भए पछि मैले समय सापेक्ष चलचित्रमा समाबेश बिषयबस्तु परिबर्तन लैजान र नयाँनयाँ प्रबिधिको प्रयोग गर्नमा महत्वपूर्ण रुपमा  जोड दिइरहेको छु । अहिले नयाँनयाँ प्रबिधिहरु भित्रिरहेका छन् तर सो प्रबिधि परिचालन गर्ने जनशक्ति र प्राबिधिक कम छन् ।  नयाँ प्रबिधि सिनेमामा प्रयोग गर्दैमा चलचित्र राम्रो बन्छ भन्ने होइन त्यसमा समाबेश गरिएका बिषयबस्तु पनि परिर्तन भएर समय सापेक्ष हुनु जरुरी छ । आज नेपालमा चलचित्र प्रर्दशन हुने अधिकांश हलहरु गाई पाल्ने गोठ जस्ता छन् त्यसको संरचनामा सुधार ल्याउनु आवश्यक छ । यसलाई सरकारी पक्षले पनि बुझ्नु पर्ने हो ।



०६७ सालमा धेरै नवनिर्माता आए तर प्राय सबै डुबेर गए अब यो ०६८ सालमा निर्माताको हितको लागि चलचित्र निर्माता संघको अध्यक्ष भएको नाताले  कस्तो पहल गर्नुहुन्छ ?
निर्माता संघ एउटा छाता संगठन हो । कसैको व्यापार निर्माता संघले गरिदिन्छ भन्ने होइन । हामिले त व्यापार अभिबृद्धि गर्न के कस्ता उपाए अपनाउन सकिन्छ त्यसको बारेमा सजक गराउने मात्र हो । निर्माताहरु केहि नवुझि हावा तालमा आएर ५० लाख १ करोड लगानि गरेपछि स्वयं त धाटा हुन्छ नै चलचित्र उधोग पनि धाटा हुन्छ । कमसेकम आधारभूत कुरा त जानेर आउनु पर्यो नि ! हामिसँग चलचित्र निर्माण गर्नु अगाडि कोहि आउदैनन् तर जब लगानि डुव्छ अनि हामिसँग गुहार माग्न आउछन् । कलाकार बन्ने कलाकार त बन्यो गयो तर डुव्ने त निर्माता न हो ।

 

निर्माण गर्नु अगाडि सुझाव लिन आए भने हामीसँग पाँच जनाको सुझाव समिती छ । त्यस सुझाब समितिले चलचित्र निर्माण देखि अन्त्य सम्म कसरी लगानि गर्नु पर्छ त्यसको जानकारी दिने गर्दछ । त्यो हाम्रो कर्तव्य पनि हो । हचुवाको भरमा अरुको कुरा सुनेर नायिकालाई अंगालो मार्न पाइन्छ भनेर चलचित्र बनाउने निर्माताको चलचित्रको चाहिँ संघले जिम्मा लिन सक्दैन ।


निर्माता संघका अध्यक्षले केहि गर्न सकेन भन्ने हल्ला छ नि !

पहिलो कुरा त यो भन्दा अगाडि के भएको थियो र म आईसकेपछि के गर्नु पर्ने त्यो स्पष्ट किटान गर्नु पर्ने हुन्छ । म निर्माता संघमा आउँदा यहाँको अवस्था लथालिङग थियो । कुनै रेकर्ड थिएन । बर्षमा कति चलचित्र निर्माण भए कति चलचित्र प्रर्दशन भए त्यसको अभिलेख थिएन । यहाँ कुनै भौतिक बस्तुहरु पनि थिएन । बस्ने सोफा थिएन, इन्टरनेट सुबिधा पनि थिएन तर त्यो सबै अहिले उपलव्ध छ । चलचित्र निर्माता संघ इन्टरनेशनल फेडेरेशन सँग पनि सम्बन्धित भएकोले उनिहरुले भोलि हामिसँग कुन रुपले संबाद गर्छन्  त्यसको व्यवस्था पनि निर्माता संघले गरीसकेको छ । यसको साथै भबिष्यमा आउने समस्यालाई समाधान गर्न बिभिन्न ११ बटा संघ संस्थासँग लिखित रुपमा सम्झौता भएको छ । यदि कथम कदाचित सरकार तथा हलवालाहरुले निर्माताको हित बिपरित कार्य गर्यो भने आन्दोलन गर्नु पर्ने हुन्छ त्यसबेला यि बिभिन्न संस्थाले सहयोग गर्नेछ । म आउनु भन्दा अगाडि यहाँ निर्माताहरु बिभिन्न गुटका थिए तर मैले प्राय सबै निर्माताहरुलाई मिलाएर राख्न सफल भएको छु । काम गर्न समय लागेपनि एक पछि अर्को सुधार गर्दै गईरहेका छौं । जस्ले काम नगरी गफ गर्दै मात्र हिड्छ उसले यो उधोग प्रति के योगदान गरेको छ ?त्यो पनि बुझ्नु जरुरी छ अनि मात्र अरुको कुरा काट्दा सार्थक हुन्छ ।


गत बर्ष जस्तो चलचित्र क्षेत्रमा भएको घाटा नदोहोर्‍याउन निर्माता संघले कस्तो पहल गर्न सक्छ ?
बिषेश गरि निर्माताहरुको लगानि पहिलो प्रा थमिकता पर्छ । सरकारले चलचित्रसँग सम्बन्धि स्पष्ट निति बनाउनु पर्छ र त्यसको लागि हामी सरकारसँग लडेर भए पनि उक्त निति बनाएरै छाड्छौं । निर्माताहरु अहिले अनावश्यक रुपमा खर्च गर्न बाध्य छन्  । यसलाई स्पष्ट निति चाडै अबलम्बन गर्नेछ । हलहरुबाट निर्माताहरु मारमा परिरहेको हालको अवस्थामा हलसँग बार्ता गरि निर्माताहरुमा परेको मर्कालाई कम गर्ने कार्य संघले गर्नेछ । बिषेश गरि ३ वटा कुरा आउने बर्षमा निर्माता संघले कार्य गर्नेछ । चलचित्र निति ल्याउन, हलले गर्ने ठगि हटाउन र चलचित्र प्रर्दशन गर्ने बिभिन्न टेक्नोलोजिले लिने अनाबश्यक चार्ज हटाउन निर्माता संघ अघि बढ्ने छ ।


अन्त्यमा नव निर्माताहरूलाई के भन्न चाहनुहुन्छ ?
बिषेश गरि निर्माता संघमा सुझाव समिति छ । लगानी गर्नु पूर्ब निर्माता संघमा आएर बुझेर मात्र लगानी गर्नुहुन अनुरोध गर्दछु । त्यस्तो परामर्स लिन आउने नव निर्माताहरूलाई निर्माता संघ सहयोग गर्न सधै तयार छ  र जुन अपेक्षा गरेर मलाई आज निर्माता संघको अध्यक्ष बनाउनु भएको छ त्यो अपेक्षा पुरा गरेरै छोड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।