मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सम्बन्धको फाटो हल्ला मात्र : रेश मरहठ्ठा

फिल्मीखबर, , २०६७ माघ ९, आईतवार

चलचित्र 'चाहन्छु म तिमीलाई नै' बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक रेश मरहठ्ठाले दोस्रो चलचित्र 'पिंजडा' मा अभिनय गरेर अमेरिका प्रस्थान गरे । अमेरिकामा रहेर उनले केही छोटा अंग्रेजी चलचित्रमा पनि अभिनय गरे । अमेरिका बसाईकै क्रममा उनले नायक तथा निर्देशक आकाश अधिकारीलाई भेट्ने मौका पाए । आकाशले पनि स्टाईलिस्ट हिरो रेशलाई भेटेपछि आफूले निर्माण गर्न लागेको चलचित्र 'काठमाण्डू' का लागी प्रस्ताव गरे र रेशले स्विकारे । चलचित्र राम्रै वातावरणमा बन्यो र अहिले सो चलचित्र युरोपीयन मुलुकमा प्रदर्शन भईरहेको छ र अमेरिकामा पनि छिट्टै प्रदर्शन हुँदैछ । तर अहिले सो चलचित्र प्रदर्शनका बेला रेश र आकाश बिच केहि मनमुटाव भएको खबर सञ्चारमाध्यममा आएका छन् । यहि प्रसङ्गलाई मध्ये नजर गर्दै रेशसँग फिल्मीखबरले कुराकानी गरेको छ ।

 


तपाई र आकाश बिच फाटो आएको खबर सुनिएको छ नि !
हाम्रो सम्बन्धमा कुनै फाटो आएको छैन । म त आकाश जीलाई रेस्पेक्ट गर्छु । सम्बन्धको फाटो हल्ला मात्र हो ।


केहि दिन अघि काठमाण्डूको अडियो विमोचन समारोहमा तपाईंलाई डाकिएन नि त !

अडियो विमोचनको खबरबारे मलाई जानकारी नआएको भने पक्कै हो तर आएको भए पनि म जान भ्याउने अवस्थामा थिईन् तर मलाई निमन्त्रणा नगरिए पनि म खुसी नै छु । काठमाण्डू को सफलता नै मेरो सफलता हो ।

तपाईंले आकाश अधिकारीलाई कसरी हेर्नु भएको छ ?
उहाँको लगनशिलता, दृढता अनि काम प्रतिको इमान्दारिताको म फ्यान नै हो । उहाँको कामबाट प्रेरित भएर नै मैले चलचित्र बनाउने कोसिस गरेको हुँ ।


चलचित्रमा तपाईको त खासै धेरै सिन पनि राखिएको छैन भन्ने सुनिन्छ नि ?
मेरो सबै सिन काट्दा चलचित्र हिट हुन्छ भने म मेरो सबै सिन हटाउन तयार छु । तर मैले जति अभिनय गरेको छु त्यो सबै सिन दर्शकले हेर्न पाउनु हुनेछ ।

 

तपाईको भुमिका कस्तो छ ?
मैले गरिब परिवारमा हुर्केर पनि संघर्ष गर्दै बनेको एक रक स्टारको भुमिकामा निर्वाह गरेको छु ।


आफूलाई सबैभन्दा बढी मन परेको कुनै दृश्य ?
मलाई सबै भन्दा बढी मन परेको मेरो गीत हो ।


काठमाण्डूमा सबै भन्दा राम्रो अभिनय र भुमिका कस्को छ ?
अभिनय त सबैले राम्रो गर्नु भएको छ तर चलचित्रको मुख्य पात्र नै प्राप्ती घिमिरे हो । प्राप्तीलाई चलचित्रको हिरो नै भन्दा फरक पर्दैन ।

 

चलचित्रको बलियो पक्ष के हो ?
यस चलचित्रको बलियो पक्ष नै कथा हो । यसले अहिलेको पुस्तालाई प्रतिनिधित्व गरेको छ । यो चलचित्र अभिभावकका लागी 'वेक अप कल' पनि हो । यसको साथमा यस चलचित्रले सडक बालबालिकाको कथा, काठमाण्डौका खानेपानी, बिजुलीबत्ति, बेरोजगारी, हत्या हिंसा, लुटपाट जस्ता समस्यालाई उजागर गर्ने प्रयास गरेको छ ।

 

चलचित्रको प्रोमोशनमा कत्तिको समय खर्चनु भएको छ ?
अमेरिकामा गरिएको प्रिमियर देखि लिएर बिभिन्न सञ्चारमाध्यममा काठमाण्डूको बारेमा मैले धेरै बोलेको छु र मैले आफ्नो तर्फबाट प्रोमोशनमा सक्दो समय दिने कोसिस गर्नेछु ।