मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

सलमान खानको क्यारिकेचर मात्र गरेको हुँ : दिपकराज गिरी

फिल्मीखबर, काठमाण्डौ, २०७० पौष २३, मंगलवार

दिपकाराज गिरी भर्सटाएल छन् । दिपक साप्ताहिक हाँस्य टेलिफिल्म ‘तीतो सत्य’ मा अभिनय गर्छन्, स्क्रिप्ट लेख्छन् र निर्देशन गर्छन् । रेडियो नाटकबाट प्रारम्भ भएको दिपकको करिअर फिल्म ‘छ एकान छ’ सम्म आइपुग्दा निर्माता तथा नायकका रुपमा फराकिलो बनेको छ । यही पुस २६ गतेबाट अल नेपाल प्रदर्शन हुने फिल्ममा दिपक ‘दबंग’ का सलमान खान स्टाइलमा प्रस्तुत भएका छन् । प्रतिक्षित फिल्म ‘छ एकान छ’ का कथाकार, कलाकार तथा निर्माता दिपकराज गिरीसँग फिल्मीखबरका उत्सव रसाइलीले गरेको कुराकानी यस्तो छ -

 

फिल्ममा तपाईंले सलमान खानको कपी गर्नु भएको छ रे नि !

यस्तो नेपालमा मात्रै हैन, इन्डियामा पनि हुने गरेको छ । सलमानका फ्यान निकै छन् । उनको क्यारेक्टरको क्यारिकेचर मात्रै गरेको हुँ ।

 

सलमान खान बनेका धेरै नेपाली हिरोका फिल्म चलेका छैनन् नि !

अरुले सलमान हो भनेनन्, मैंले भनेर गरेको छु । फिल्ममा सलमान खान मात्र हैन अरू धेरै कुराहरु छन् । जसले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ ।

 

फिल्ममा लगानी गरेर हिरो बन्नु भयो भन्ने हल्ला छ नि !

‘सुन्दर मेरो नाम’ फिल्मको मुख्य पात्र म नै थिएँ । त्यसमा मेरो लगानी थिएन । इन्डियामा सलमान, शाहरुख, र आमिर आफु खेल्ने फिल्ममा आफै लगानी गर्छन् । हुनेले लगानी गर्ने हो । लगानी गर्ने पनि आफै नाफा कमाउने पनि आफैं ।

 

सानो पर्दामा हिट भैरहेका हाँस्य कलाकारले किन फिल्म बनाएको ? भन्ने टिप्पणी फिल्म बजारमा छ, के भन्नु हुन्छ ?

झुपडीले महल खोज्छ । महलले दरबार खोज्छ भने जस्तै सानो पर्दाले ठुलो पर्दा खोजेको हो । ठुलो पर्दाको गणना ठुलै हुन्छ । सुस्ताइ रहेको फिल्म बजारलाई हाम्रो फिल्मले राम्रो गर्यो भने इतिहासले सम्झिनेछ ।

 

घरमै बसेर रिमोट चलाएर टिभीमा हेर्न दर्शकले तपाहरुको फिल्मलाई हलमा गएर हेर्लान् र ?

घरमा श्रीमतीले पकाएको भात छोडेर मान्छेहरु रेष्टुरेन्टमा पिजा र वर्गर खाँन जान्छन् । रिमोटले तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानी एकै पटक हेर्न मिल्दैन । ‘छ एकान छ’ मा तीन वटै टेलिफिल्मका कलाकारलाई हेर्न पाइन्छ  त्यसैले पुस २६ गते हलमा दर्शक जान्छन् भन्ने हाम्रो विश्वास छ ।

 

फिल्म प्रदर्शन गर्ने प्रणाली कस्तो पाउनु भयो ?

यहाँ सहकार्य र सकारात्मक सोचको अभाव छ । ईर्ष्या, डाहा र असहयोग गर्ने बढी पाएँ । तीन वटा हल भएपनि फिल्म रिलिज गर्ने प्रवृत्ति देखें । फिल्म क्षेत्र त ‘बिग्रेको घरको भत्केको चाल’ जस्तै भएको रै'छ ।

 

यस्तो हुँदाहुँदै पनि तपाले र्षमा एउटा फिल्म बनाउछु भनेर घोषणा गर्नु भएछ, किन ?

रोग छ भन्दैमा बाहिरै ननिस्कने भन्ने हुँदैन । दर्शकले हाम्रो फिल्मलाई ग्रीन सिग्नल दिए भने र्षमा एउटा फिल्म बनाउँछु भनेको हुँ । ‘छ एकान छ’ चलेपछि चाहिं छ महिना आराम लिनुपर्ला ।

 

निर्देशक दिनेश डिसीसँग मेलमिलाप छैन भन्ने सुनिन्छ नि !

हाँस्य कलाकारको फिल्म भएकाले मिडियाकर्मीले जिज्ञासा तथा जानकारी हामीबाटै लिनुहुन्छ । निर्देशकसँगको दुरी हामीले भन्दा पनि समयले बनाएको हो । यो भ्रम २६ गते चिरिन्छ । निर्देशकले राम्रो फिल्म बनाउनु भएको छ ।

 

आफ्नै कथामा जोडी दीपाश्री निरौलालाई चाहि छुटाउनु भएछ ।

फिल्मको लागी दीपाजी नभएको कथा नै छानियो । फिल्ममा सबै जना समेटिनु पर्छ भन्ने हैन । उहाँले सह-निर्देशनमा सघाउनु भएको छ । धुर्मस (सिताराम कट्टेल)की जीवनसाथी सुन्तली (कुञ्जना घिमिरे) पनि फिल्ममा हुनुहन्न ।

 

सानो पर्दा र ठुलो पर्दाको छोटो अनुभव ?

फिल्म खिच्न कठिन रहेछ । फाइट, डान्स र फिल्मी डायलग बोल्दा गाह्रो भयो ।