मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलुको भाउमा कथा लेख्दिन - शिबम् अधिकारी

फिल्मीखबर, , २०६७ पौष २०, मंगलवार

भनिन्छ, परिश्रमको फल मिठो हुन्छ । हिजो गरेको कडा परिश्रमको मिठो फल खाने व्यक्ति मध्येका एक हुन् शिबम् अधिकारी । नेपाली चलचित्र उधोगमा सहायक निर्देशक बनि रजतपट प्रवेश गरेका अधिकारी अहिलेका राम्रो पारिश्रमिक लिने व्यस्त लेखक हुन् । मकवानपुरको हाँडीखोलामा २९ बर्ष अगाडी जन्मेका अधिकारीले २०५८ सालको शुरूवातसँगै पूर्णिमा चलचित्रमा निर्देशक रवि अर्यालको सहायक भएर काम शुरू गरेका थिए । त्यसपछि उनले भाग्य, हंगामा, मेरी आमा लगायतका चलचित्रमा सहायक निर्देशक भएर काम गरे ।  निर्देशक बन्ने सपना बुनेर राजतपट  प्रवेश गरेका अधिकारीलाई समयले आज लेखक बनाईदिएको छ । त्रिनेत्र चलचित्रको कथा लेखेर आफ्नो कथा लेखन यात्रा शुरू गरेका यि लेखकले अहिलेसम्म करिब ४५ चलचित्रमा कथा लेखिसकेका छन् । यिनै व्यस्त लेखकसँग फिल्मीखबरले गरेको ताजा कुराकानी .

 

 

निर्देशक बन्छु भनेर आउनु भएको मान्छे आज लेखक बन्नु भएको छ । कारण ?

मुख्य कारण त नेपालका निर्देशकको अवस्था देखेर कथा लेखनमा हात हालेको हो । हुन पनि निर्देशक भएको भए सायद म यति छिटो नाम कमाउन सक्दिनथें होला । तर आज लेखक भएर नाम, दाम दुबै कमाएको छु ।

त्यसो भए अब निर्देशक नबन्ने ?
म मात्र एउटा चलचित्रको निर्देशक बन्छु । मसँम मेरो ड्रिम प्रोजेक्टको रूपमा एउटा कथा छ जसलाई मैले नै निर्देशन गर्नेछु ।

कहिले बन्ला त त्यो चलचित्र ?
अझ केहि बर्ष लाग्न सक्छ ।

एउटा चलचित्रको कथा लेख्न कति समय लाग्छ ?
१५ दिन देखि ६ महिनामा कथा तयार गर्न सकिन्छ । तर अलि रिसर्च गरेर राम्रो कथा लेख्ने हो भने १ बर्ष भन्दा बढि पनि लाग्न सक्छ ।
 

एकै बर्षमा करिब १४ वटा चलचित्रको कथा लेख्नुभएको रेकर्ड छ नि ! यो कसरी सम्भव भयो ?
सायद म भित्रको खुबी नै यहि होला । भगवानले मलाई कथा नै लेख् भनेर पठाउनु भएको जस्तो लाग्छ । शुरूका बर्षमा मैले बाँच्नको लागी जस्तो पनि कथा लेख्नु पर्‍यो तर अहिले म समय लगाएर राम्रो कथा लेख्छु ।

रिसर्च गरेर लेखेको राम्रो कथा कुनै छ ?
अहिले अत्याधिक चर्चामा रहेको चलचित्र 'दशगजा' को कथा लेख्न मलाई करिब डेढ बर्ष लागेको थियो । मैले यो कथा लेख्न निकै मेहनत गरेको छु ।

तपाईंको चलचित्रमा बिदेशी चलचित्रको गन्ध निकै भेटिन्छ नि !
निर्देशक तथा निर्माताहरूको आग्रह बमोजिम पनि कथा लेख्नु पर्ने हुन्छ । उहाँहरूले नै कथा चोर्न प्रोत्साहन दिनुहुन्छ त म के गरूँ ? तर मैले आफ्नो तर्फबाट सक्दो नेपाली पन दिने कोसिस गरेको हुन्छु । मलाई कुनै दबाब नदिने हो भने मैले लेखेका कथाहरूमा मौलिकता प्रसस्त भेटिन्छ ।

कुन समयमा बढि कथा लेख्नु हुन्छ ?
म सुत्ने बेला कथाको परिकल्पना गर्छु र त्यसलाई पानामा उतारी हाल्छु । कहिलेकाहीँ सपनामा देखेका राम्रा घटनाहरूलाई पनि कथा बनाउने गरेको छु ।

सपनामा देखेको घटनालाई पर्दामा उतारेको कुनै रेकर्ड छ ?
'नैना रेशम' चलचित्र मेरो सपना हो । मैले सपनामा जे देखें त्यसलाई चलचित्रको कथा बनाएँ र त्यो कथालाई दर्शकहरूले निकै मन पराईदिनु भयो जसले गर्दा आज म निकै खुसी पनि छु ।

तपाई अहिलेको महंगो लेखक हो ?
अरू लेखकहरूले आफ्नो पारिश्रमिक कति लिनुहुन्छ त्यो त मलाई थाहा भएन तर पनि मलाई निर्माताहरूले राम्रै पारिश्रमिक दिने गर्नुभएको छ । उहाँहरूले मेरो परिश्रमको कदर गर्नुहुन्छ । जे होस् म आलुको भाउमा कथा लेख्दिन ।

त्यसको भए आफ्नो कामबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट हुने हो भने त नयाँ नयाँ सृजना गर्न नै सकिंदैन । त्यसैले आफ्नो कामबाट म सन्तुष्ट हुन सक्दिन तर खुसी भने पक्कै छु ।

आफूले लेखेका चलचित्रका कथाहरू मध्ये सबैभन्दा बढी मन परेको कथा कुन हो ?
हुनत: आफ्नो सृजना सबैलाई राम्रै लाग्छ र पनि सिलसिला, नैना रेशम, कस्लाई दिउँ यो जोवन, दशगजा, ईकु, रक्षक, इशारा, तुलसी, गंगाजल, श्रीमान् श्रीमती, स्वाभिमान, मनमनै मन पराएँ, त्रिनेत्रलगायतका केहि चलचित्रका कथा मलाई निकै मन पर्छन् ।