मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बामे सर्दै गर्दाको पललाई मिस गर्छु : पूजा चन्द

फिल्मीखबर, , २०६७ मंसिर १५, मंगलवार

करिब १२ बर्षको चलचित्र करिअरलाई बीचमै रोकेर २००५ मा अमेरिका प्रस्थान गरेकी नायिका पूजा चन्द अमेरिकाको लामो बसाई पछि अहिले नेपालमा छिन् । करिब १ दर्जन टेलिचलचित्र त्यतिकै सख्यामा विज्ञापन र झण्डै ३६ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका पूजा टेलिचचित्रमा प्रख्यात भईसकेपछी १७ बर्षअघि उनले राजेन्द्र शलभले निर्देशन गरेको चलचित्र भाउजुमा सानो अभिनय गरिन । त्यसपछी भीष्म प्रतिज्ञामा र सोलो हिरोइन रूपमा छोरी बुहारी मार्फत आफुलाई नायिकाको रूपमा स्थापित गरेकी थिईन् । उनले पछिल्लो पटक खेलेको चलचित्र मनको टुक्रा थियो जुन चलचित्रलाई बिजय रत्न तुलाधारले निर्देशन गरेका थिए । एक महिने विदा मिलाएर नेपाल आएकी पूजासँग फिल्मीखबरले गरेको ताजा कुराकानी -

 

नेपाल आउनुको मुख्य कारण ?

आमा, आफ्ना पूराना साथीभाई  र आफन्तलाई भेट्न आएको हो ।

अनि अमेरिका जानुको कारण ?
मेरी छोरीको भबिष्यको लागी म अमेरिका गएकी हुँ ।


लाखौं नेपालीहरू स्वदेशमा नै भविष्य बनाई रहेका छन् । कतै नेपाली चलचित्र प्रति वितृष्णा जागेर अमेरिका पस्नु भएको त हैन ?
हैन हैन । म अमेरिकामा रहँदा नेपाली चलचित्रलाई धेरै मिस गर्थें । जान मन नहुँदा नहुँदै पनि छोरीको लागी अमेरिका जानु परेको हो ।

अमेरिका नछोड्ने नै हो त ?
छोरीको भबिष्य निर्धारण गरेर अबको केहि बर्षमा अमेरिका नजाने गरी नेपाल फर्कन्छु  र नेपाली चलचित्रलाई निरन्तरता दिन्छु ।


अब नेपाली चलचित्रमा तपाईको खाँचो छ जस्तो लाग्छ र ?
दर्शकहरूले अझै पनि पूजा चन्दलाई माया गर्नुहुन्छ जस्तो लाग्छ । उहाँहरूको मायाले मलाई पुन: नेपाली चलचित्रमा तान्दै ल्याउनेछ ।

अमेरिका जानु अघिको पूजा चन्द र अहिलेको पूजा चन्दमा भिन्नता ?

परिपक्व भएकी छु । असल आमा बन्ने कोसिस गरेकी छु तर नेपाली चलचित्र प्रति अझै लगाव घटेको छैन ।

नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ?
अमेरिकामा त खासै नेपाली चलचित्र हेर्न पाईन्न । पछिल्लो पटक भुवन केसीको म तिमी बिना मरिहाल्छु हेरेकी थिएँ तर नेपाली चलचित्रलाई निकै मिस गर्थें । फिल्म हेर्न नपाए पनि समाचारहरू भने हरेक दिन पढ्ने गर्छु ।

नेपाल आउनु भएको छ । नेपाली फिल्म हेर्ने कत्तिको रहर छ ?

समयले भ्याएसम्म म रहुन्जेल प्रदर्शन हुने सबै नेपाली चलचित्र हेर्छु ।

नेपाली चलचित्रलाई कसरी हेर्नुहुन्छ ?

अहिलेसम्म बनेका नेपाली चलचित्रहरूबाट म सन्तुष्ट छैन । किनकी चलचित्र  निर्माण गर्नु पूर्व कुनै होमवर्क हुँदैन । मलाई लाग्छ चलचित्र पहिला टेबलमा बन्नु पर्छ अनि मात्र स्पटमा । त्यसैगरी चलचित्रमा कलाकार हाबी हैन, कथा भित्रको पात्र हाबी हुनु पर्छ । यहाँ त कथाको पात्र भन्दा पनि त्यो पात्रलाई निभाउने कलाकारको हाबी देखिन्छ । अझ नायिकाहरूले बनाएको चलचित्रमा त उनीहरूकै हाबी हुन्छ ।

त्यसो भए तपाईंले अब राम्रो चलचित्र निर्माण गर्न सक्नु हुन्छ ?

म नेपाली चलचित्र निर्माण गर्न सक्ने भईसकेकी छैन र निर्माण गर्ने सोच पनि छैन ।

छोरी हुँदा हुँदै पनि एक्लो महसुस हुन्न ?

त्यस्तो एक्लो महसुस त खासै हुँदैन तर पनि कहिले काहीं आफूसँग केहि नभएको फिल हुन्छ ।


कहिले सम्म एक्लै बस्ने त ?

मलाई माया गर्ने र मेरो भावना बुझ्ने साथीको खोजीमा छु ।

अमेरिकामा रहँदा सबैभन्दा बढि मिस कस्लाई गर्नुभयो ?
नेपाली चलचित्र र नेपाली चलचित्रमा बामे सर्दै गर्दाको पललाई मैले धेरै मिस गर्थें ।

अन्तमा ?

नेपाली दर्शकले राम्रो चलचित्र हेर्न पाउन् र नेपाली चलचित्रको बजार राम्रो बनोस् । मेरो शुभकामना !