मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नाम `सिम्पल`, बानीव्यहोरा `सिम्पल`

फिल्मीखबर, पोखरा, २०७० कार्त्तिक २३, शनिवार

प्रायजसो मान्छेको नामसँग बानी व्यहोरा मिल्दैन । राम्रो नाम भएपनि बानीव्यहोरा नराम्रो हुनसक्छ । केहि मान्छे त्यस्ता हुन्छन्, जसको नाम, अनुहार र बानीव्यहोरा ठ्याक्कै मिल्छ । यस्तै एउटी नायिका नेपाली फिल्म उद्योगले पाएको छ । उनी हुन्–‘सिम्पल खनाल’ । नामजस्तै उनी बानीव्यहोरामा पनि सिम्पल छिन् ।

 

झापा विर्तामोड जन्मिएकी सिम्पल अहिले काठमाण्डौ सितापाईलामा बस्छिन् । काठमाण्डौ सितापाईलामा आमासँग बस्दै आएकी सिम्पल घरकी कान्छी छोरी हुन् । कुनै बेलाकी भिजे सिम्पलले दुईवटा फिल्म, ७० बढि म्युजिक भिडियो सँगै २ दर्जन विज्ञापनमा देखिईसकेकी छन् । यीनै सिम्पल शनिबारको फुर्सद मुडमा हाम्रा प्रतिनीधि रेम बिकसँग केहि बेर गफिईन् ।

 


सबैजसो कलाकारले आ-आफ्नो पार्टी रोजिसके, तपाईं चाहि कुन पार्टीको ?

मेरो त्यस्तो कुनै पार्टी छैन । म सबै पार्टीकी हुँ । र, सबैको हुन पनि चाहन्छु । मलाई कुनै पार्टी विशेषको हुन मन छैन । नेपाललाई राम्रो संविधान दिने पार्टीले नेतृत्व लिनुपर्छ भन्ने मलाई लाग्छ । यो वा त्यो भनेर मैले कुनै पार्टी विशेषलाई रोज्दिन पनि ।



नाम चाँहि सिम्पल, कुरा चाँहि अलिक अप्ठेरो भएन र ?

(हाँसो), त्यस्तो होईन । नाम जस्तै म पनि सिम्पल नै छु । म सिम्पल छु र रहिरहने छु । त्यहि पनि मैले त्यस्तो अप्ठेरो कुरा गरेको जस्तो पनि लाग्दैन । सबैलाई मिल्ने कुरा त गरेकी छु नी । (फेरी हाँसो)



आफुलाई कसरी चिनाउन चाहनुहुन्छ नी ?

म आफुलाई एउटा कलाकार प्लस मिडियाकर्मीको रुपमा चिनाउन चाहन्छु । मैले कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि काम गरिसकेकी छु । त्यहि बिचमा फिल्म पनि गरेँ । त्यसैले यी दुवै पहिचान मेरा लागि उत्तिकै समान छन् । मिडिया पर्सनालिटीको रूपमा चिनाउन पाउँदा मलाई अझ बढि गर्व हुन्छ ।



फिल्ममा आउन भन्दा अगाडी के-के गर्नुभयो ?

झापामा पढ्थेँ । स्कुल कलेजहरुमा हुने नाचगान कार्यक्रमहरुमा सहभागि हुन्थे । कलेज पढ्दाताका ‘माझिदाई’ फिल्मबाट मलाई अफर आयो । घरमा कुरा गरेँ, पोजेटिभ रेस्पोन्स आयो । त्यसपछि त्यो फिल्म गरेँ । (हाँस्दै) त्यतिबेला त फुच्ची नै थिएँ नी । त्यहिँ माथि मैले राजेश हमालको जोडी भएर काम गरेँ । त्यसपश्चात काठमाण्डौ हानिएँ, टेलिभिजनहरुमा काम गरेँ । र, पुनः फिल्मसंग जोडिएँ । पछिल्लो पटक मैले गरेको फिल्म ‘अध्याय’ हो ।



कस्ता फिल्ममा तपाईको रुची छ ?

राम्रा, जसले मेरो फिल्मी करिअरलाई उकास्न सकोस् । विशेषगरि फिल्ममा म नायिकाको रुपमा भन्दा पनि एउटा क्यारेक्टरको रुपमा देखिन चाहन्छु । जुन च्यालेन्जिङ होस् । त्यसैले आर्ट टाईपका फिल्महरु मेरो रोजाईमा पर्छन् । केहि फिल्महरु हावादारी स्क्रिप्ट भएकै कारण मैले छोडेँ । पछिल्ला दिनहरुमा आर्ट टाईपका फिल्मको स्क्रिप्ट हातमा परेको छ । शायद त्यसमा गर्छु होला ।



तपाईको विचारमा अहिले बनिरहेका फिल्महरु कस्ता बनिरहेका छन् ?

राम्रै भैरा'छ । पहिले पहिले निकै कम फिल्म बन्थे अहिले धेरै संख्यामा फिल्म बनिरहेका छन् । नयाँ अनि पढेका युवापुस्ता फिल्ममा छिरेका छन् । प्राविधिक रुपमा पनि फिल्मले राम्रै गति लिईरहेकै छ । यद्यपी सबै कुरा भने राम्रा छैनन् र हुदैनन् । संक्रमणकालमा अवश्य पनि छ, नेपाली फिल्म उद्योग । तर जे हुन्छ, राम्रै हुन्छ । यो पक्कै पनि राम्रै बाटोतर्फ लम्कन्छ ।



नेपाली फिल्म उद्योगका नराम्रा पक्ष के हुन् जस्तो लाग्छ ?

कुनै पनि क्षेत्रमा राम्रो र नराम्रो कुराहरु दुवै संगै जोडिएका हुन्छन् । त्यसैले यो फिल्डमा पनि नराम्रो पक्ष छँदै छैन भन्ने चाँहि होईन । तर आफै पनि जोडिएको क्षेत्र भएकोले मलाई खासै धेरै नराम्रो कुराहरु यहाँ छन् भन्ने लाग्दैन । कुनै बेला फिल्म लाईनमा जोडिएका व्यक्तिहरुलाई राम्रो नसोँच्ने परिपाटी थियो, जुन अहिले धेरै हटिसकेको छ । यो उद्योग सुध्रिँदै गएको एउटा सँकेत हो । तर पनि फिल्म उद्योगलाई पर्फेक्ट बनाउन अझै धेरै गर्नुपर्ने छ । यो विषयमा स्वयं फिल्मकर्मी नै सचेत हुनुपर्छ ।



रंग क्षेत्र बाहेक अरु केहि सोच्नुभएको छ ?

सोचेको छु नी । त्यसैले त नागपोखरीमा बुटिक संचालन गरिरहेकी छु । त्यताबाट पनि मलाई राम्रै भैराखेको छ । मिडियाबाट पनि मलाई फाईदा पुगिरहेकै छ, त्यस्तै बुटिकबाट पनि फाईदा भैराखेकै छ । (हाँस्दै) भनौँ न दुवै हातमा लड्डु ।



माया, प्रेम अनि सेक्स बारे तपाईको धारणा ?

यो सबै प्रकृतिसंग जोडिएका कुराहरु हुन् । यी सबैलाई आवश्यक कुरा हुन् । माया र प्रेम धेरैसंग जोडिएको हुन्छ । भनौँ न, बुवाआमा, साथीभाई, आफन्त र प्रेमीलाई गर्ने माया धेरै फरक फरक हुन्छन् । कसैले मायालाई एउटा तरिकाले परिभाषित गर्छन् त कसैले अर्कै तरिकाले । त्यसैले यो धेरै वृहत कुरा हो । सेक्सको कुरा गर्दा यो माया भन्दा धेरै संकुचित कुरा हो ।