मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`म फरक धारको निर्देशक हैन` : सुदर्शन थापा

उत्सव रसाईली, काठमाण्डौ, २०७० कार्त्तिक ५, मंगलवार

आगामी शुक्रबार (कार्तिक ८ गते)देखि देशका प्रमुख शहरमा सुदर्शन थापा निर्देशित फिल्म मधुमास प्रदर्शन हुँदैछ । निर्देशक थापा र बाबुराम दाहालको संयुक्त लगानीमा 'मधुमास' निर्माण भएको हो । फिल्ममा आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी र शिवाङ्गीनी राणाको मुख्य अभिनय छ ।

 

कान्तिपुर टेलिभिजनमा प्रसारण हुने हाउसफुल हुँदै सुदर्शनले 'मेरो एउटा साथी छ', 'के यो माया हो', 'मेरो लभ स्टोरी' र 'धन्दा' फिल्म निर्देशन तथा निर्माण गरिसकेका छन् । यी फिल्मबाट उनको परिचय राम्रो फिल्म निर्माण गर्ने निर्देशकको रुपमा परिचित छ । फिचर फिल्म 'लम्फू'मा मुख्य भुमिकामा प्रस्तुत हुन लागेका मधुमास निर्देशक सुदर्शन थापासँग फिल्मीखबरले कुराकानी गरेको छ ।

 

फिल्मको नाम चल्तीको शब्द हनिमुन नराखेर किन मधुमास राखेको ?

मधुमास नेपाली शब्द हो । यसको शाब्दिक अर्थ बसन्त ऋतु भन्ने हुन्छ । सुन्दा पनि आनन्द लाग्ने र नेपाली फिल्ममा किन अंग्रेजी शब्द राख्ने ? भनेर फिल्मको नाम मधुमास राखिएको हो ।

 

तपाई अहिले चलिरहेको फिल्मको धारमा कत्तिको विश्वास गर्नुहुन्छ ?

फिल्मको कुनै धार हुँदैन । मेरो बुझाइमा फिल्म राम्रो र नराम्रो गरी जम्मा दुई प्रकारका हुन्छन् । म फरक धारको निर्देशक होइन । मेरो कोशिस दर्शकको चाहनालाई बुझेर फिल्म निर्माण गर्नु हो ।

 

आफ्नो फिल्म (मधुमास) लाई पक्कै नराम्रो भन्नुहुन्न होला ?

मैंले यसअघि निर्देशन गरेका फिल्मलाई हेर्दा पनि मैंले नराम्रो फिल्म बनाउँछु जस्तो लाग्दैन । म छाडा शब्द र भल्गर दृश्यको पछि लाग्ने निर्देशक होइन । मधुमास पूर्ण रुपमा पारिवारिक फिल्म हो । फिल्मले मानवीय संवेदनालाई बोकेको छ ।

 

कस्तो खालको मानवीय संवेदना भन्न खोज्नु भएको ?

रोमान्टिक थ्रिलरको फिल्ममा हामीले प्रशस्तै मानवीय संवेदनासँग खेल्ने प्रयास गरेका छौं । कलेज पढ्ने युवाको प्रेमदेखि श्रीमान श्रीमतीको जीवनमा आउने उथलपुथल सँगै बिचमा आउने पात्रले उनीहरुको जीवनमा पर्ने प्रभावलाई फिल्ममा सुन्दर ढङगले प्रस्तुत गरिएको छ । बिहे अगाडी केटाले गरेको गल्ती समेत श्रीमतीले भोग्नु पर्ने घटनालाई फिल्ममा देखाएका छौं । त्यसकारण यो नारी प्रधान फिल्म पनि हो ।

 

अभिनेता आर्यन सिग्देल र नव नायिका पूजा शर्माको जोडी जम्नेमा के भन्नुहुन्छ ?

आँटी सक्यो बोलको गीत बाटै दर्शकले आर्यन र पूजाको जोडीलाई रुचाउनु भएको छ । फिल्ममा पनि उहाँहरुको क्यामेस्ट्री मिलेको छ । हामी ढुक्क छौं आर्यन र पूजाको जोडीलाई दर्शकले साथ दिनुहुनेछ ।

 

पूजासँगको वास्तविक जोडी चाहि तपाइसँग जम्दैछ भनिन्छ नि !

म यो विषयमा केही पनि बोल्न चाहन्नँ । फिल्म लाइनमा यस्ता हल्ला चलिरहन्छन् ।

 

भनेपछि अहिलेसम्म मन साटिएको छैन ?

मन त अहिले धमुमाससँग साटिएको छ ।  र, यहि मनको कनेक्सन दर्शकसँग छ । आश गर्छु मेरो मन साटिएको मुधमासलाई दर्शकले हेरेर साथ दिनुहुनेछ ।

 

निर्देशक सुदर्शन थापाले मधुमास अर्थात हनिमुन चाहिं कहिले मनाउने त ?

हनिमुन मनाउन अझै डेढ वर्ष कुर्नु पर्छ ।

 

यसको मतलब हनिमुन मनाउने जोडीको टुङ्गो लागिसक्यो ?

यो विषयमा म अहिले केही पनि बोल्दिन । सही समय आएपछि म आफैं तपाईलाई भनौंला ।

 

अन्त्यमा दर्शकलाई चाहिं के भन्नुहुन्छ ?

दर्शक भगवान त हैनन् तर भगवान भन्दा कम छैनन् । त्यसकारण सम्पूर्ण दर्शकलाई मधुमास फिल्म हेर्न अनुरोध गर्दछु ।