मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विहे अगाडीको सेक्स `नट ब्याड्` : सारिका घिमिरे

रेम बिक, पोखरा, २०७० आश्विन १३, आईतवार

सारिका घिमिरेको घर ईटहरी हो । उनी हाल ललितपुर सातदोबाटोमा बस्छिन् । नेपाली रंगक्षेत्रमा भर्खर मात्र छिरेकी उनको लक्ष्य हो ‘टप नायिका’ बन्ने । आफ्नो लक्ष्य प्राप्तिका लागि उनी सपनाको शहर काठमाण्डौमा संघर्ष गरिरहेकी छन् । थुप्रै भिडियो एड र म्युजिक भिडियोमा अभिनय गरिसकेकी सारिकाको डेब्यु फिल्म ‘रक्षा’ हो । रक्षालाई राजु गिरीले निर्देशन गरेका हुन् । हाल उनी सिक्वेल फिल्म ‘आगो २’ को सुटिङमा व्यस्त छिन् । आगो हिरो सुशिल क्षेत्रीसंग अनस्क्रिन रोमान्स गरिरहेकी उनी चाँडै अर्को एक फिल्मको तयारी पनि गर्दैछिन् । यिनै नवप्रवेशी नायिकाहरूको सोच कस्तो होला ? फिल्मीखबर डट कम मेनखबर डट कमका लागि रेम बिकले गरेको चटपटे कुराकानी :-



आजभोली त्यति फिल्म चल्दैनन् नी है ?

त्यहि त नेपाली फिल्म चल्न छोडेको धेरै भयो । अब बजार माग भन्दा बढि आपुर्ती भएपछि कुनै पनि उत्पादन चल्दैन । त्यस्तै हो नेपाली फिल्म पनि चलेन । यसका लागि बजार विस्तार गर्नुपर्ने देखिन्छ ।



यस्तो बेलामा फिल्ममा ईन्ट्री गर्नुभा’छ, यो क्षेत्रमा भविष्य कस्तो देख्नुभा’छ ?

धेरै एक्सपेक्ट गर्ने ठाउँ त देख्दिन । र, म जस्तै न्यू कमरहरुले त्यति एक्पेक्ट पनि नगरेकै राम्रो । तर चुनौती संगै अवसर पनि पाईने हुँदा म चाँहि अवसरलाई ग्य्राब गर्ने पक्षमा छु । हेरौँ, अवसरलाई हात पारेर सफलता चुम्न पाईन्छ कि पाईदैन ।



विशेषगरि न्यू कमर नायिकाहरुलाई निर्माता, निर्देशकको ओछ्यान तताउनुपर्छ भन्ने आरोप छ, यस्तो बेलामा अवसरलाई कसरी ग्य्राब गर्नुहुन्छ ?

त्यहि त, नेपाली फिल्म उद्योगमा ईन्ट्री मार्दा लेडिजहरुको लागि यो ठुलो चुनौती हो । केटाहरुको कुरा गर्दा नी, पैसा लगानी गर्नुपर्ने समस्या छ । यस्तै चुनौतीलाई चिरेर आफ्नो प्रतिभा देखाउँदै गएको खण्डमा म निकै खारिन्छु जस्तो लाग्छ । सुनिन्छ, सुन्छु पनि, धेरैले ओछ्यान तताएरै आएका हुन् । मलाई भने यस्तो तरिकाले फिल्म लाईनमा आउनु छैन ।



ब्वाईफ्रेन्ड छ कि छैन ?

(हाहाहा, यस्तो खतरा प्रश्न, हाँस्दै), छैन । मेरा मिल्ने केटा साथीहरु त धेरै नै छन् । तर विशेष ब्वाईफ्रेन्ड भनेर मायाप्रेम गर्नका लागि कोहि पनि छैन । (हाँस्दै) ब्वाईफ्रेन्डको लागि भ्याकेन्सी खाली छ ।



स्कुले जीवनमा थिएन ब्वाईफ्रेन्ड ?

त्यतिबेला त ब्वाईफ्रेन्ड मात्र होईन, ब्वाईफ्रेन्डहरु थिए । पुराना हिरो, हिरोईनको पोस्टकार्डको पछाडी ‘आई लभ यू’ लेखेर पठाउनेको जमात नै थियो । मैले पनि पठाउँथे कसै कसैलाई । अब स्कुले जीवनका यस्ता कुराहरु ‘सम्झनाका रमाईलो’ मात्रै भए । अहिले भने यसरी पोस्टकार्ड नआएको धेरै भयो ।



विहे अगाडीको सेक्स रिलेशनसिपलाई कसरी लिनुहुन्छ ?

नट ब्याड् । मन मिल्छ भने यो कुरामा खासै समस्या छैन । तर यसलाई पब्लिक गर्नु उचित भने छैन । विहे अगाडीको सेक्स ‘सेफ’ हुन भने जरुरी छ । ‘अनसेफ सेक्स रिलेशन’ नराखेकै राम्रो ।



लिभिङ टुगेदरको बारेमा तपाँईको धारणा के ?

हामी कहाँ आफ्नै संस्कार छ । यो संस्कार अनुसार विहे पछि मात्रै केटा र केटीको घरजम हुन्छ अनि सँगै बस्न थाल्छन्, जुन मान्य हुन्छ । पश्चिमा मुलुकको सिको गरेर आफ्नो संस्कारलाई भुलेर लिभिङ टुगेदरलाई अंगाल्नु अवैधानिक हो जस्तो लाग्छ । तर कतिपय बसिराखेकै छन् । त्यस्तालाई के भन्नु खै ?



कस्तो केटा मन पर्छ नी ?

मलाई एकदम धनी, पैसावाल, गाडी, अनि घर भएको, प्रशस्तै बैंक ब्यालेन्स भएको र हेर्दा निकै आकर्षक केटा चाहिन्छ नै भन्ने छैन । तर मलाई बुझ्ने, मेरो पेशालाई सम्मान गर्ने र अनावश्यक शंका नगर्ने केटा मन पर्छ । यस्ता प्रकृतिका केटाहरुले मलाई आकर्षित गर्छन् ।



आजभोली पनि यस्ता प्रकृतिका केटाहरु पाईन्छन् र ?

पाए पाईन्छन्, नपाए पाईदैनन् । तर मलाई त्यस्तै चाहिन्छ । (लामो हाँसो)