मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

अहिले दिल झरेर कम्मरमा पुगिसक्यो : कमल राई (नृत्य निर्देशक)

फिल्मीखबर, काठमाण्डौ, २०७० आश्विन ९, बुधवार

४६ वर्षे कमल राई पुरान नृत्य निर्देशक हुन् । स्थायी घर दार्जीलिङ भएका निर्देशक राईले चौध वर्षको उमेर हुँदा कान्छी फिल्ममा बसन्त रायमाझीको सहायक भएर काम गरेका थिए । उनले नृत्य निर्देशकको पूरै जिम्मेवारी लिएको पहिलो फिल्म बासुदेव हो ।

 

निर्देशक राईले करिब ३ सय वटा फिचर फिल्ममा नृत्य निर्देशक भएर काम गरेका छन् । कान्छी, बासुदेव, के घर के डेरा, झुमा, मोदीनि, हिरो जस्ता फिल्ममा निर्देशकको नृत्य निर्देशनलाई देख्न सकिन्छ । मलेसियामा हुने नेफ्टा अवार्डका लागी एक महिना कलाकारलाई नृत्य सिकाउन व्यस्त रहेका यिनै निर्देशक राईसँग फिल्मीखबरले छोटो कुराकानी गरेको छ ।

 

१. नृत्य निर्देशकले नृत्यलाई कसरी बुझेको छ ?

नृत्य भनेको हाउभाउ हो । नाच्ने र नचाउने प्रकृतिसँग नजिक छ । हावा चल्दा पात जसरी हलिन्छ, हाम्रो नाच पनि त्यसरी नै हल्लिनु पर्छ ।

 

२.अहिलेको नृत्य प्रकृतिसँग नजिक छ ?

छैन । अहिले दिल झरेर कम्मरमा पुगिसक्यो । अहिलेका सबै नाच बनावटी लाग्छन् । कलाकारसँग क्षमता छ, त्यसलाई माझ्ने प्रशिक्षक छैन ।

 

३.कारण के देख्नुहुन्छ ?

पहिलो कुरा त अनुसाशन छैन । दोस्रो ईच्छाको अभाव छ । रातारात हिट हुने सपना देख्ने धेरै छन् । त्यस्तो सपना देख्ने हिट हैन बर्बाद भएर जान्छन् ।

 

४.पहिले र अहिलेको नृत्यमा देखिएको फरक चाहि के हो ?

पहिला लोकशन, ड्रेस र नाच्ने गीत बारे एक हप्ता अगाडी नै छलफल हुन्थ्यो । अहिले, भोली सुटिङ छ, आज गीत आइपुग्छ । त्यसपछि गीत एकातिर, ड्रेस एकातिर र कलाकार एकातिर हुन्छ ।

 

५. कहिले सम्म यस्तै होला ?

यो चुज पाइन्ट जस्तै हो । आउँछ, जान्छ । यो विकृती हो भनेर सबैले बुझ्दैछन् । नेपाली सँस्कृति झल्काएर नाच्ने दिन अवश्य आउँनेछ ।

 

६. तपाईंलाई नृत्यमा पोख्त महिला कलाकार को लाग्छ ?

पहिलाका सारङ्गा श्रेष्ठ, ज्योती बुढाथोकी, सीता गुरुङ नाच्नमा पोख्त थिए । फिल्ममा उनीहरुको छुट्टै स्थान थियो । मौसमी मल्ल, मिथिला शर्मा पनि नाच्न जान्ने कलाकार हुन् । रेखा थापालाई हिरो फिल्ममा मैले नै नचाएको हुँ । रेखाको नृत्यमा अदाहा देखिन्छ । उसले नृत्यमा धेरै नै प्रगती गरेको मैले पाएँ । नयाँमा प्रियंका कार्की र केकी अधिकारी पनि राम्रो नाच्ने कलाकार हुन् ।