मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झरनाजीले मेरो ईशारा बुझ्नुहुन्छ - दिलिप रायमाझी

फिल्मीखबर, काठमाण्डौ, २०६६ आषाढ १५, सोमवार

लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो अमुल्य योगदान दिदै आउनु भएका नायक, निर्माता तथा नृत्य निर्देशक दिलिप रायमाझी  अहिले चलचित्र "मेरो प्यारो माईतिघर" मा ब्यस्त हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग फिल्मीखबर डटकमले गरेको बिषेश कुराकानी -  

 

चलचित्र "मेरो प्यारो माईतिघर" कस्तो खालको चलचित्र हो ?

-  यो एउटा परिवारिक पृष्ठभुमीमा रहेर बनेको प्रेमकथामा आधारित यथार्थबादी चलचित्र हो ।

यो चलचित्रमा तपाईको अभिनय कस्तो छ ?

- गाँउमा खरी ढुङ्गाको व्यापार गरेर बसेको हुन्छु र व्यापारको सिलसिलामा म सहर जान्छु र त्यहाँ गएपछि मेरो सहरिया केटीसँग माया प्रिति बस्छ । अनि म आफ्नो मायाले उसलाई जित्छु र बिबाह गरेर घर ल्याउछु । त्यसपछि सुरु हुन्छ एउटी सौतेनी आमा, सौतेनी सासु, श्रीमती अनि बुहारी बिचको द्वन्द । 

यो चलचित्र नेपाली समाजमा कत्तिको यथार्थ परक बन्ने छ ?

- यो चलचित्रमा कुनै चोरेको कथा प्रयोग गरिएको छैन । हाम्रो समाजमा भैरहने यथार्थ घटनालाई यसमा प्रस्तुत गर्न खोजिएको छ ।

चलचित्र अबधिभर आफ्नी श्रीमतीलाई कत्तिको माया गर्नुहुन्छ र उनिबाट कत्तिको माया पाउनु हुन्छ ?

- बास्तबमा श्रीमतीले मलाई हरेक ठाउँमा जोगाई राखेको हुन्छ । तर मैले बुझिरहेको हुन्न । म आफ्नी सौतेनी आमालाई अन्धो पाराले बिश्वास गरेको हुन्छु । अन्तत: मलाई अनुभव हुन्छ कि मेरी श्रीमती नै सहि रहिछ र मेरी सौतेनी आमाले मलाई फसाउन खोजेकी हुन्छिन् । अन्तमा मैले आफ्नी श्रीमतीलाई बुझेर माया गर्न थाल्छु ।

चलचित्रको कथाबस्तु बाहेक अन्य पक्ष कत्तिको शसक्त छ ?

- हेर्नुस अहिले हामी छायाँकनको क्रममा छौं ।त्यसैले मैले अहिलेनै यस्तै छ भन्न सक्ने अवस्थामा छैन । तर अहिले सम्म जे जति गर्दै छौ राम्रो गर्दै छौं । अब राम्रो नराम्रो चलचित्रको प्रिमियरको दिन तपाईंलाई भनुला ।

निर्देशक उदय सुब्बाजीलाई तपाईंले कसरी मुल्याङकन गर्नु भएको छ ?

- उहाँसँग यो मेरो चौथो चलचित्र हो । मैले बुझे सम्म उहाँ एक 'भर्सटाईल' व्यक्ति हुनुहुन्छ । उहाँमा कलाकारमा हुने खुबि, नृत्यनिर्देशनमा हुने खुबि, संगितकारमा हुने खुबि र निर्देशकमा हुने खुबि छ । त्यसैले उहाँसँग काम गर्न पाउनु मेरो भाग्य पनि हो र उहाँसँग काम गर्न पनि सजिलो हुन्छ । उहाँले हामी कलाकारलाई राम्रोसँग बुझ्न सक्नुहुन्छ । उहाँ मेरो लागि अध्ययन हो र म अध्ययन गर्दै छु ।

उदय सुब्बाले त लगातार चलचित्र निर्देशन गर्दै आउनु भएको छ र उहाँको चलचित्र प्रदर्शन पनि भएको छैन तर पनि चलचित्र प्रदर्शन भन्दा निर्देशन तिर बढि ध्यान दिनु भएको छ । यसरी चलचित्र प्रदर्शन नगर्दै लगातार निर्देशन गर्नु राम्रो हो र?

- फलामलाई जति धार लगायो नि त्यति नै धारिलो हुदै जान्छ । सिनेमामा पनि जति बढी काम गर्दै गयो त्यति नै बढी ज्ञान बढ्दै जान्छ । त्यसैले उदयजी तिखारिदै जानु भएको छ ।

यो भन्दा अगाडी उदय सुब्बकै चलचित्रमा नायिका झरना थापासँग अभिनय गर्नुभएको छ र अहिले पनि झरनासंग नै देखिनु भएको छ । निर्देशकले तपाईं २ जनालाई नै किन जोडीको रूपमा प्रस्तुत गर्नुभएको होला ?

- झरनाजीसँग मैले यो भन्दा अगाडी धेरै चलचित्रमा काम गरेको छु र उहाँसंगको चलचित्र पनि प्राय हिट भएका छन् । झरनाजीसँग मेरो हरेक कुरा मिलेको हुन्छ । उहाँले मेरो ईशारा बुझ्नुहुन्छ र मैले पनि उहाँको ईसारा बुझ्छु । त्यसैले हामीलाई काम गर्न पनि सजिलो भएको छ । त्यही भएर नै होला निर्देशकले हामी दुईलाई नै रोज्नु भएको । 

नेपालका नायिका मध्य तपाईलाई कोसँग अभिनय गर्दा सजिलो हुन्छ र आनन्द आउँछ ?

- सबै नायिकाहरू सक्षम र राम्रा छन् त्यसैले सबै सँग काम गर्दा सजिलो,रमाईलो र आनन्द हुन्छ ।

चलचित्र निर्माता त हुनु भयो तर सफल हुनुभएन किन होला ? 

- (लामो सास फेर्दै) ज्यादै गार्हो प्रश्न गर्नुभो । मैले निर्माण गरेको चलचित्र 'हामी तीन भाई' राम्रो त बनेको थियो तर प्रदर्शनको समय नमिलेर असफल हुन गयो तर पनि म आफ्नो चलचित्रबाट सन्तुष्ट नै छु । यसले गर्दा मलाई बुझ्ने अवसर पनि प्रदान गरेको छ ।

 

चलचित्र निर्माण गरिसके पछि प्रदर्शन गर्न कत्तिको दु:ख भोग्नुपर्यो ?

- त्यही समस्यासँग जुध्न नसकेर नै आज म असफल भएको छु ।

कस्ता खालका चलचित्र निर्माण गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ?

- मैले निर्माण गर्ने चलचित्र कमेडी र माया प्रेमका नै हुने गर्छन् । अब चलचित्र निर्माण गर्दा बिदेश बस्ने नेपालीहरूलाई मध्यनजर गरेर निर्माण गर्नेछु र शुटिङ पनि बिदेशमै गएर गर्नेछु ।

चलचित्रमा अभिनय गर्न तपाई आफूले आफ्नो शरिर प्रति त्यती ध्यान नदिएको जस्तो लाग्छ । किन अल्छि बन्नु भएको ?

- व्यस्तताले गर्दा आफ्नो शरिरलाई ध्यान दिन पाएको छैन र म अलि अल्छि पनि छु। 

कस्ता खालका चलचित्रमा अभिनय गर्ने रहर छ ?

- मलाई पहिला नै गरिसकेको भुमिका पुन: दोहोर्याउन मन लाग्दैन । काम गर्ने हो जसरि पनि सकिदिउ जस्तो लाग्छ । अलि फरक खालको भुमिका, जस्तो काम गर्न अलि कठिन होस् तर काम गर्दा मजा आओस् त्यस्ता खालका भुमिकामा प्रस्तुत हुन मन लाग्छ र काम गर्ने जाँगर पनि हुन्छ ।

फुर्सदको समयमा के गर्न मन पराउनु हुन्छ ?

- फुर्सद त कमै मिल्छ तर पनि फुर्सदको समयमा आफ्नो परिवारसँग बस्न, साथीभाईसँग घुम्न, टिभि हेर्न, किताब पढ्न, नयाँ-नयाँ ठाउं घुम्न जान मन लाग्छ ।

 


प्रतिक्रियाको लागी :- [email protected]