मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.00/5.00)
Text size:-
+
-

केटो चाँहि नेवार नै हुनुपर्छ : अशिष्मा नकर्मी

रेम बिक, पोखरा, २०७० भाद्र २१, शुक्रवार

अशिष्मा नकर्मी नेपाली फिल्म उद्योगको उदियमान नायिका हुन् । दिपा बस्नेत निर्देशित ‘अन्तराल’ फिल्मबाट उनले नेपाली फिल्मको यात्रा थालेकी हुन् । यद्यपी उनको फिल्मसंगको सम्बन्ध भने धेरै अगाडी देखि कै हो । नेपाली फिल्ममा आउनुभन्दा अगाडी उनी नेवारी भाषाको फिल्महरु गर्थिन् । आठवटा नेवारी भाषाको फिल्ममा उनको अभिनय छ । भन्नुपर्दा उनी नेवारी फिल्मको चल्तीका नायिका हुन् । यद्यपी केहि वर्ष अगाडी उनी पढ्नका लागि एकाएक अमेरिका हानिईन् । यो बिचमा उनको फिल्मी यात्राले ब्रेक लियो । अमेरिकामा पाँच वर्ष हस्पिटालिटि म्यानेजमेन्ट अध्ययन गरेर नेपाल फिरेकी यी नायिका अहिले नेपाली फिल्ममा व्यस्त छिन् ।

 

काठमाण्डौकी रैथाने यी नायिकाको पारिवारिक पृष्ठभुमी पनि मिडियासंगै सम्बन्धित छ । उनका बुवा मनराज नकर्मी रेडियो नेपालका वरिष्ठ तबलाबादक हुन् । हाल उनी रेडियो नेपालमा अधिकृत छन् । आफुलाई यो क्षेत्रमा आउनका लागि बुवाले निकै सहयोग गरेको बताउने यी नायिका केहि दिन अगाडी पोखरामा भेटिईन् । निकै जोली मुडमा भेटिएकी यी नायिका मेनखबरडट कमसँग यसरी गफिईन् ।

 

अशिष्माको चर्चा त खुब छ नि ?
अरे ! हो र ? होईन होला (जिस्किँदै) । त्यहि त तपाई जस्ता साथीहरु हुनुहुन्छ अनि त चर्चा भैहाल्छ नि । त्यसैमाथि मैले फिल्महरु गरिराखेकै छु, सबैसंग मिल्छु अनि राम्रो व्यवहार गर्छु अनि चर्चा पनि हुनुपर्‍यो नि । म चाहन्छु, मेरो बारेमा नराम्रो चर्चा चाँहि नहोस् । बस्, राम्रो चर्चा भएको त राम्रै मान्नुपर्‍यो नि ! होईन र ?

 

आजभोली के गर्दै ?
अहिले म बुद्ध वाज वर्न ईन नेपाल फिल्मको सुटिङमा व्यस्त छु । बुद्धलाई नेपालमै जन्मिएका हुन् भनेर पुष्टी गर्ने गरि यो फिल्म बन्दैछ । राष्ट्रियताको ईस्युमा बन्दै गरेको फिल्ममा काम गर्न पाउँदा खुशी पनि छु ।

 

नेपाली फिल्मको यात्रा कहिलेसम्म जारी हुन्छ ?
यो समयमा डिपेन्ड गर्ने कुरा हो । के थाहा बुढी होउन्जेल पो हुन्छ की (हाँस्दै) । भर्खर त पाईला चालिरहेको छु, राम्रै भैराखेको छ । यात्राले निरन्तरता पाउँछ नि । बरु विहे भएपछि के हुन्छ  ? तर, विहे नगरुन्जेललाई यो यात्रालाई निरन्तरता नै दिन्छु । विहे नै गरेपछि पनि घरकालाई मनाउँला नि (फेरी हाँसो) ।

 

भनेपछि विहेको तयारीमा हो ?
अँ…….(सोँच्दै) अहिल्यै नै त छैन । तर विहे त गर्नैपर्छ । फेरी विहे गर्नलाई केटा पनि चाहियो । मैले भनेजस्तो केटो पाएकै छैन । ‘माया गर्छु’ भन्नेहरु त धेरै नै छन् तर मलाई तिनीहरुसँग खासै ईन्ट्रेस्ट छैन । मैले मनले खाएको केटा पाएकै छैन ।

 

अशिष्माको लागि कस्तो केटा विहेका लागि योग्य हुन्छन् त ?
स्मार्ट, ह्यान्डसम अनि अनुशासित केटा । जो मलाई बुझ्छ । मलाई माया गर्छ अनि मेरो पेशालाई पनि माया गर्छ । तर केटो चाँहि नेवार नै हुनुपर्छ । कुनै हालतमा नेवार । एक जना नेवार केटामा नजर त परेकै हो तर उसको नजर म माथि परेन । भनुम् न, मैले उसलाई मैले भन्न सकिन, उसले पनि केहि भनेन । भनोस् पनि कसरी ? उसलाई त थाहै थिएन (हाँस्दै) ।

 

कसैसंग रिलेशन ?
अहिले त पुरै खाली । केहि पहिला मेरो ब्वाईफ्रेन्ड थियो । ऊ पनि नेवार नै थियो । तर केहि कुरामा हामी बिच अन्डरस्ट्यान्डिङ हुन सकेन । त्यसपछि ऊ एकातिर म एकातिर । अहिले म मेरै दुनियाँमा रमाईरहेकी छु, ऊ पनि शायद कतै रमाएकै होला ।

 

अनि, सेक्स अनुभव ?
यस्तो कुरा पनि कसैले पब्लिक गर्छ त ? (अचम्म मान्दै, हाँस्दै)

 

ईट्स ओके, अनि अशिष्मालाई हुँदै नभएको रिलेशनको बारेमा हल्ला चलाई दिँदा कस्तो लाग्छ ?
मलाई केहि पनि हुँदैन । रिलेशनमा हुनु नराम्रो पनि होईन । मेरो बारेमा पनि यो अनि त्यो सँगको रिलेशनमा अशिष्मा भन्ने हल्ला नभएका होईनन् । तर म कहिल्यै पनि हल्लाको पछाडी भाग्दिन । मलाई यस्तो कुरामा त्यति चासो पनि हुँदैन । यस्ता कुराहरु आउँछन्, जान्छन्, मेरो काम राम्रो होस् मलाई अरु कुराको मतलब छैन । र, यस्तो कुरामा चासो दिएर विना कारण आफ्नो टाउको दुखाउने काम गर्नु राम्रो हो जस्तो पनि लाग्दैन ।

 

आजभोली नेवारी फिल्ममा काम गर्न छोडेको हो ?
छैन, छैन । नेवारी फिल्मलाई म कसरी छोड्न सक्थेँ । नेवारी फिल्मको आधारमै त म अहिले नेपाली फिल्ममा छु । अहिले नेपाली फिल्महरुमा व्यस्त भएका कारण नेवारी फिल्म नगरेको मात्रै हो । मैले मेरो आधार ढलाउने काम गर्नु त भएन नि होईन र ?

 

अन्तमा अलिक फरक प्रश्न, अहिलेको फिल्मी वातावरण र नेपाली राजनीतिक अवस्था प्रति अशिष्माको टिप्पणी के छ ?
अहिले दुवै तिर संक्रमणकाल चलिराखेको छ । म जहिले पनि सकारात्मक सोँच राख्छु । धेरैले भन्छन् नेपाली फिल्मको दिन गईसके, तर म भन्छु, अहिले चलिराखेको संक्रमणकाल राम्रोको लागि हो । ठिक त्यसैगरि नेपाली राजनीतिमा चलेको संक्रमणकाल पनि राम्रैको लागि हो । भलै यी दुवै क्षेत्रमा संक्रमणकाल लम्बिएको लम्बिएकै छ । ढिलै भएपनि भोलीको राम्रोको लागि आज हामीले केहि मुल्य चुकाउनै पर्छ ।