मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाटो मुनिको फूलले बास्ना छर्ने छ - गायक/नायक यश कुमार

फिल्मीखबर, , २०६७ आश्विन २३, शुक्रवार

'म आफ्नै आँगनमा ईनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु'

 

 

'आनाकानी गर्छौ किन माया लगाउन
हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन'

 

 

केहि बर्ष अगाडी यि यस्तै गीतहरू गाएर चर्चामा आएका गायक यश कुमार अहिले नायक बनेका छन् । २०५२ सालबाट गायन यात्रा शुरू गरेका यि गायकले अभिनय गरेको चलचित्र 'बाटो मुनिको फूल' प्रदर्शनको संघारमा रहेको छ । 'रिजन', 'तिर्खा', 'तिमी' र 'नरूने आखाँहरू' गरी चारवटा एल्बम सार्वजनिक गरेर केहि बर्ष हराएका यि गायकलाई अहिले नायकको नशा लागेको छ । गायन क्षेत्रमा सफलता हासिल गरेका यशले के अभिनयमा पनि सफलता हाँसिल गर्लान् त ?

 

तपाई अब नायक कि गायक ?
म कलाकार हो ।

 

गायक हुन छोडेर किन नायक बन्नु भएको ?
बनिरहेका चलचित्रहरूमा भन्दा फरक धारमा काम गर्ने इच्छा भएकोले म चलचित्रमा प्रबेश गरेको हुँ र म चलचित्रको नायक हैन । म त कथाको एउटा पात्र मात्र हो । अर्को कुरा मैले गायन यात्रा छोडेको छैन । आज म यश कुमार भएको गायक भएर नै हो, त्यसैले म गायन यात्रालाई छोड्न सक्दिन ।
 

 

गायनमा भबिष्य नदेखेर चलचित्रको अभिनय तिर ढल्कनु भएको हो ?
हैन । केहि बर्ष अगाडी देखि म यहि चलचित्रको काममा व्यस्त भएकोले गायनलाई अगाडी लैजान नसकेको हो । तर गीत गाउन भने छोडेको छैन । गीत गाउन छोडेको भए सायद मैले 'बाटो मुनिको फूल' मा गीत गाउन सक्ने थिइन होला । यस चलचित्रमा मैले तीन वटा गीत गाएको छु र संगीत पनि मेरो आफ्नै छ ।

 

चलचित्रमा भबिष्य कत्तिको देख्नु भएको छ ?
जस्ले मेहनत गर्छ उसको भबिष्य सुनिश्चित छ ।  मैले गायन क्षेत्रमा जति मेहनत गरेको छु त्यो भन्दा बढि यो चलचित्रमा मेहनत गरेको छु । अब सफलताको प्रतिक्षामा छु ।

 

चलचित्र क्षेत्र र गायन क्षेत्रमा फरक ?
दुबै उस्तै हो किनकी दुबैमा कथा हुन्छ । मात्र फरक यति हो की, गीतमा ५ मिनेटको कथा हुन्छ भने चलचित्रमा करिब २ घण्टाको कथा हुन्छ ।

 

'बाटो मुनिको फूल' कस्तो चलचित्र हो ?
यो धर्तिमा सबै जनाको अधिकार उत्तिकै हुन्छ र सबै जना आ-आफ्नो तरिकाले बाँच्न पाउनु पर्छ र बाँच्न दिनु पर्छ भन्ने  सन्देश दिन खोजेको एक सामाजिक चलचित्र हो ।

 

दर्शकहरूले मन पराउछन् भन्ने बिश्वास छ ?
यो धर्तीमा फूल र त्यसको बासना मन नपराउने सायदै छैनन् होला । मलाई लाग्छ सयौं चलचित्रको भिडमा  'बाटो मुनिको फूल' फक्रने छ, फुल्ने छ र मगमग बास्ना छर्ने छ ।