मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहे गर्न हतार पनि छैन - रञ्जु लामिछाने 'स्वीटी'

फिल्मीखबर, , २०६७ आश्विन १७, शनिवार

१० बर्षअघि सुभाष गजुरेलको चलचित्र 'बसाई' बाट नायिका भएकी रञ्जु लामिछाने आफ्नो अभिनय यात्रालाई पाखा लगाउँदै चलचित्र निर्देशन गर्ने तयारीमा जुटेकी छिन् । हास्य टेलिचलचित्र तितो सत्यमा 'स्वीटी' को भूमिकामा देखिएपछी निकै चर्चा कमाएकी लामिछानेले आफ्नै पिता गोपाल लामिछानेको लगानीमा चलचित्र निर्देशन गर्दै छिन् । अहिले उनी सोही चलचित्रको लागी अध्ययनमा ब्यस्त छिन् । झण्डै १०  वटा टेलिचलचित्रमा  अभिनय गरेकी  लामिछानेले   ७ वटा चलचित्रमा नायिका भएर काम गरिसकेकी छिन् ।

 

अभिनय यात्रालाई चटक्कै माया मार्न लाग्नु भएको हो ?

अब म चलचित्र क्षेत्रमा कलाकार भएर हैन कि चलचित्रको क्याप्टेन भएर आउने छु ।  मेरो कलाकारितामा पूर्ण बिराम नै लाग्यो भन्दा हुन्छ ।

 

कलाकारितामा टिक्न नसकेर निर्देशक बन्न लाग्नु भएको हो ?
त्यस्तो हैन । मैले अभिनय गरेका प्राय चलचित्रहरू दर्शकहरूले मन पराईदिनु भएको छ । अझै पनि मलाई दर्शकहरूले 'स्विटी' भनेर चिन्नु हुन्छ । यो नै मेरो सफलता हो । रह्यो कुरा निर्देशकको । मेरो सानै देखिको इच्छा भनेको नै निर्देशक बन्नु थियो । म कलाकार भएर अभिनय गर्दा देखिनै निर्देशन पक्षलाई ध्यान दिन्थे । मेरो १० बर्षिय कलाकारिताको अनुभवलाई संगालेर आज म निर्देशक बन्ने तयारीमा छु । हेरौं कत्तिको सफल हुन्छु ।

तपाईले निर्देशन गर्न लाग्नु भएको चलचित्रको निर्माता आफ्नै पिता हुनुहुन्छ । पिताले आँट नगरेको भए ?
मेरो बुवाले मलाई ठूलो बिश्वास गरेर चलचित्र निर्माण गर्ने साहस दिनु भएको छ । उहाँमा छोरीले गर्न सक्छे भन्ने बिश्वास भएर नै आज मेरो लागि पैसा खर्चिंदै हुनुहुन्छ । यदि बुवाले म खर्च गर्छु नभन्नु भएको भए अरू कोही निर्माता आईहाल्नु हुन्थ्यो नि ।

 

तपाईले आफ्नो चलचित्रमा सहायक निर्देशक भएर काम गर्नु भएका सुरेन्द्र देयालीलाई मुख्य भुमिकामा प्रस्तुत गर्दै हुनुहुन्छ । कारण ?
उहाँमा राम्रो कलाकार हुने क्षमता देखेर नै मैले उहाँलाई प्रस्ताव गरेको हुँ । उहाँ राम्रो प्राबिधिक मात्र हैन कलाकार पनि बन्न सक्नु हुन्छ ।

 

उहाँ त तपाईंको प्रेमी पनि हुनुहुन्छ क्यारे ! कतै त्यहि कारणले त हैन ?
त्यस्तो हैन । मलाई बिश्वास उहाँ राम्रो कलाकार बन्न सक्नु हुन्छ ।

 

निर्देशक बन्न हतार गर्नु भएको जस्तो लाग्यो नि !
म आफूँमा गर्न सक्छु भन्ने बिश्वास छ भने हतार हुँदैन र मैले चलचित्र क्षेत्रमा १० बर्ष बिताई पनि सकेकी छु नि त ।

 

बिबाह कहिले गर्ने ?
सायद अबको १ बर्ष भित्रमा । हतारमा किन बिहे गर्नु ? आफूलाई चाहिने मान्छे खोजी सकेकी छु त्यसैले पहिला यो चलचित्रको काम सक्छु अनि बिहे गर्छु ।