मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

`अभिनय नसिक्ने दुई दिनका पाहुना` : श्रीकृष्ण श्रेष्ठ

उत्सव रसाईली, काठमाण्डौ, २०७० आषाढ १६, आईतवार

फिल्म कोहिनुर निर्माणको तयारीमा जुटेका अभिनेता श्रीकृष्ण श्रेष्ठ असार १४ गते शुक्रबार अनामनगरस्थित मण्डला नाटक घरमा भेटिए । मण्डलामा मञ्चन भैरहेको नाटक 'कथादेश' हेर्न कोहिनुरका निर्देशक आकाश अधिकारीसँग अभिनेता तथा निर्माता त्यहाँ आइपुगेका हुन् । रंगमञ्चकै उत्पादक श्री पन्ध्र वर्ष देखी रंगमञ्चबाट टाढा छन् । साढे एक घण्टाको नाटक हेरेपछि प्रफुल्ल देखिएका अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठसँग फिल्मीखबरले छोटो कुराकानी गरेको छ :


कथादेश कस्तो लाग्यो ?
नाटक हेरेर म एकदमै खुसी भएँ । कथादेशले मलाई नौलो अनुभव दियो । नाटक हेर्ने दर्शक र नाटकको स्वाद पनि फरक पाएँ ।


नाटक हेर्दै गर्दा के सम्झनु भयो ?
म बीस वर्ष पछाडी पुगें । नाटक रिहर्लसल्स गर्दाको क्षणलाई सम्झें । त्यतिबेला नाटक गर्दा प्रपटी देखाउन मुस्किल पथ्र्यो । अहिले सजिलो रहेछ । कलाकार नै साधनको रुपमा प्रस्तुत हुने पक्ष मलाई उत्कृष्ट लाग्यो ।


बिचमा सुनसान थिएटरमा केही चहलपहल छाएको छ, यसलाई तपाई कसरी लिनुहुन्छ ?
नाटक हेर्ने माहोल बन्यो, त्यो नै ठुलो कुरा हो । समय चलायमान हुन्छ । मानिसलाई फेरी नाटककै स्वाद मन पर्न थालेको छ ।


रंगमञ्चका कलाकारको फिचर फिल्ममा व्यस्तता बढेको छ, यसलाई तपाई कसरी लिनुहुन्छ ?
म यसलाई सकारात्मक रुपमा लिन्छु । म पनि रंगकर्मी नै हुँ । रंगमञ्चले परिपक्व कलाकार जन्माउँछ । अभिनयको अनुभव नलिइ फिल्म लाइनमा आउने दुई दिनका पाहुना हुन् ।

 


रंगमञ्चका कलाकारले फिल्म लाइन बिगारे भन्ने आरोप छ नि ?
भकारीमा बिग्रीएको एउटा आलुसँग अन्य राम्रा आलुलाई दाँजेर हेरिनु हुदैन् । रंगकर्मी सबै राम्रा छन् । अनुप बराल, सौगात मल्ल, दयाह्याङ राईलाई अभिनय के हो ? कणकण थाहा छ ।


रंगमञ्चमा सुधार हुनु पर्ने पक्ष के देख्नुहुन्छ ?
अहिले मण्डला थिएटर लगायतमा नाटक मञ्चन हुनु नै उत्कृष्ट पक्ष हो । सरकार र सम्बन्धीत पक्षले रंगमञ्चमा सहयोग गर्नुपर्छ । नाटक मञ्चन भैरहेछ भन्ने कुराको प्रचार हुन जरुरी छ ।

 

तपाईंले नाटक गर्दाको समय कस्तो थियो ?
त्यो बेला सञ्चारमाध्यमको खासै पहुँच थिएन । भएको मिडियामा नाम आउँदा निकै रामाईलो लाग्थ्यो । अझ नाटक सकिएपछि त म दर्शकहरू भन्दा पहिला नै हलबाट बाहिर निस्कन्थें ताकि दर्शकले मलाई राम्रोसँग चिनुन् भनेर । दर्शकहरूलाई पनि नाटक प्रति निकै माया थियो । बिचका समयमा नाटकले भन्दा फिल्मले बढि स्थान पाए । अहिले फेरि फिल्ममा भन्दा दर्शक नाटकमा रमाउन थालेको पाएको छु ।