मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 1.83/5.00)
Text size:-
+
-

`ग्ल्यामर सिनमा सुमिनाको साथ पाएँ` : गजित

उत्सव रसाईली, काठमाण्डौ, २०७० आषाढ १०, सोमवार

गजित विष्ट फिल्म मायाज बारबाट नेपाली रजतपटमा डेव्यु गरेका कलाकार हुन् । मार्सलाटका विभिन्न बिधामा पोख्त गजित सुपारी, गल्ली र तोरी लाहुरे हुँदै लभ फरेभरका निर्माता तथा निर्देशकको आँखामा पर्न सफल भएका छन् । विराटनगर स्थायी घर भएपनि काठमाण्डौलाई कर्मथलो बनाउँदै आएका गजितको असार १४ गते रिलिज हुने लभ फरेभर बाहेक अहिले मन र मष्तिस्कमा केही छैन । शंकर आचार्यको निर्माण तथा निर्देशनमा नायिका सुमिना घिमिरेसँग मस्ती गरेका गजितसँग फिल्मीखरबले ५ प्रश्न माथि जिज्ञासा रोखेको छ ।


१.सेक्सी फिल्ममा अभिनय गर्दाको अनुभव कस्तो रह्यो ?
वास्तविक जीवनमा अली लजालु स्वभावको भएकाले जसरी फिल्ममा डान्स र एक्सन सिन गर्दा जति गाह्रो हुन्थ्यो त्यो भन्दा धेरै गाह्रो अनुभव ग्ल्यामर सिनमा दिंदा गरें । किनभने ग्ल्यामर सिनमा सेक्सी देखिन आवश्यक हुन्छ । त्यसमा अश्लीलता र भद्दा नदेखियोस् भन्ने कुरालाई ध्यानमा राखेर प्रस्तुत हुनुपर्ने भएकाले स्वभाविक रुपमा गाह्रो त हुने नै भयो । त्यसमा पनि सहपाठी कत्तिको सहयोगी छ भन्ने कुराले गाह्रो र सजिलोलाई निर्भर पार्छ । लभ फरेभरमा ग्ल्यामर सिन दिन नायिका (सुमिना घिमिरे)को पूर्ण रुपमा सहयोग थियो ।  


२.सुटिङ स्पटमा ग्ल्यामर सिन दिन मेन्टालीटि कस्तो बनाउनु पर्छ ?
अरु सिनमा काम गर्दा जसरी सहज महसुश गर्छौ, ग्ल्यामर सिन दिंदा त्यो भन्दा फरक महसुश चाहिं पक्कै हुन्छ । किनभने एउटा केटा र केटीको रोमान्स एकान्तमै हुने हो । त्यही गोप्य कुरालाई क्यामेराको अगाडी दिदा वास्तवमै सुरुमा गाह्रो भएको थियो । तर, आफ्नो दायित्व र निर्देशक (शंकर आचार्य)को सहयोगले गर्दा वरीपरी हुनुभएका सबै टिमलाई बिर्सिएर रोमान्सका दृश्य दिएको थिएँ ।


३.फिल्ममा के देखाउन खोजिएको हो ?
दर्शकको चाहना अनुरुप हामीले नयाँ टेस्ट दिने कोशिस गरेका छौं । फिल्ममा युवतीको यौन चाहना एकदमै बढी र युवकको चाहि ठिक विपरीत छ । यस बिचमा आउने विविध किसिमका उतार चढावका वावजुद पनि उनीहरुको प्रेम सफल हुन्छ कि हुदैन ? यदी सफल हुन्छ भने कसरी हुन्छ ? र, हुँदैन भने कसरी हुँदैन ? भन्ने विषयमा केही सस्पेन्स, थ्रिल, ड्रामा, एक्सनलाई समावेश गरेका छौ । यो युवासँगै हरेक वर्गका दर्शकलाई लक्षित गरिएको पूर्ण रुपमा मनोरञ्जनात्मक फिल्म हो ।


४.तपाईंले फिल्ममा जुन यौन चाहना कम भएको युवकको भुमिका निर्वाह गर्नु भएको छ, यो क्यारेक्टर आम युवावर्गसँग कसरी जोडिएको छ ?
अहिले पनि युवावर्गमा यौन सम्बन्धी खुलेर कुरा गर्न नसक्ने र प्रेमी जोडी बिच यौन विवादका जस्ता घटना धेरै भेटिएका छन् । यस्ता घटनाका कारणले प्रेम जोडीको सम्बन्ध दिगो हुन नसकेको, व्रेकअप र डिभोर्स हुने गरेको जस्ता घटना हामी पढ्न, सुन्न र हेर्न पाउँछौ । यस्ता समस्याबाट ग्रसित युवावर्गको लागी पनि लभ फरेभर एउटा गतिलो माध्यम बन्न सक्छ ।


५.प्रोमो हेर्दा लभ फरेभरमा यौनका प्रसंग मात्रै छन् जस्तो छ, दर्शकबाट कस्तो प्रतिक्रियाको अपेक्षा राख्नु भएको छ ?
लभ फरेभर पूर्ण रुपमा यौन केन्द्रित फिल्म हो भनी जसरी मिडियामा आइरहेको छ यो सरासर गलत हो । लभ फरेभर यौन विषयलाई वेस बनाइएको फिल्म हो तर यो पूर्ण मनोरञ्जनात्मक छ । फिल्ममा यौनका दृश्यलाई पनि कलात्मक रुपमा प्रस्तुत गरिएको छ । साथमा मैले फिल्ममा बिना सुरक्षा द्धन्द्धका दृश्य दिएको छु । फाईट मास्टर राजेन्द्र खड्गीकी सुपुत्री सुमी खड्गीले मलाई द्धन्द्धका दृश्यमा धेरै सहयोग गर्नु भएको छ । मलाई आशा छ नेपाली फिल्मलाई माया गर्ने हरेक दर्शकले लभ फरेभरलाई हेरेर प्रतिक्रिया तथा सल्लाह दिनुहुनेछ ।