मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो प्रतिस्पर्धा पुरूष संगीतकारसँग हैन - रेखा पौडेल

फिल्मीखबर, , २०६७ भाद्र ३०, मंगलवार

नेपाली चलचित्रमा महिला संगीतकारको नाम अपवादमा मात्र सुन्न पाईन्छ । वास्तवमा भन्दा नेपाली चलचित्र क्षेत्रमा महिला संगीतकारको खडेरी नै छ । २०३४ सालमा निर्माण भएको चलचित्र परालको आगो का गीतहरूमा शान्ती ठटालले संगीत भरेपछी महिला संगीतकारको जन्म भएको हो । त्यसपछी अर्को चलचित्र 'नुमाफुङ' मा पपगायिका सिने गुरूङले संगीत भर्ने काम गरिन् तर यि दुबै जनाले नेपाली चलचित्रमा संगीतकारको रूपमा निरन्तरता दिन सकेनन् । अहिले पुन: अर्की एक महिला संगीतकारको रूपमा स्थापित हुने क्रममा छिन् । निर्माणाधिन चलचित्र 'फूल' बाट रेखा संगीतकारको रूपमा डेब्यू गर्दै छिन् । यिनै महिला संगीतकार रेखासँग फिल्मीखबरको भलाकुसारी -

 

 

संगीतको क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
२०५९ सालमा चितवनमा भएको आधुनिक संगीत प्रतियोगितामा प्रथम भएपछि नै मेरो साँगीतिक यात्राको शुरूवात भएको हो ।

 


संगीतकार नै हुन मन् लाग्नुको कारण ?
हुन त म काठमाण्डौ गायिका बन्छु भनेर आएको हो तर पछि गायिका भन्दा पनि संगीतकार हुन पुगें ।

 


चलचित्र 'फूल' मा संगीत भर्ने मौका कसरी पाउनु भयो ?
मैले शिब रेग्मी दाईलाई आज भन्दा ठीक २ बर्ष अगाडी फोन गरेर म पनि चलचित्रमा संगीत भर्छु भनेर भनेकी थिएँ तर उहाँले त्यो बेला त्यती वास्ता गर्नु भएन । तर फोन गरेको दुई बर्ष पछि उहाँले मलाई बोलाएर प्रस्ताव राख्नु भयो र म आज 'फूल' चलचित्रमा संगीत भर्ने मौका पाएँ ।

 

दुई बर्ष सम्म उहाँलाई नै किन कुर्नु भएको ?
म शिब रेग्मी दाईको फ्यान हुँ । उहाँको हरेक चलचित्र मैले हेरेकी छु । उहाँले दु:खमा सिर्जना गरेका संगीतलाई न्याय गर्न सक्नुहुन्छ भन्ने लागेर नै मैले उहाँलाई दुई बर्ष कुरेको हुँ । तर म अझै पाँच बर्ष कुर्न पनि तयार थिएँ ।

 

नेपाली चलचित्रमा रहेका पुरूष संगीतकारहरूसँग प्रतिस्पर्धा गर्न सक्छु जस्तो लाग्छ ?

मेरो प्रतिस्पर्धा पुरूष संगीतकारसँग हैन । म आफ्नो सिर्जनामा बिश्वास गर्छु ।  मैले उहाँहरू सँग प्रतिस्पर्धा गर्न पनि सुहाउँदैन ।

 

यो भन्दा अगाडी केही सिर्जना गर्नु भएको छ कि ?
२०६५ सालमा बजारमा आएको कलेक्सन एल्बम 'आकृती ' मा संगीत भर्ने मौका पाएकी थिएँ तर अहिले मैले संगीत भरेको एकल एल्बम 'अलंकार' निस्कने तयारीमा छ ।

 

यो बाहेक अरू के गर्नुहुन्छ ?
मेरो कुपण्डोलमा आफ्नै संगीत इन्च्युट छ । त्यहाँ संगीतको प्रशिक्षण दिन्छु ।