मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

`फिल्म बनाउनु र चलाउनु युद्ध जिते जस्तै हो` : लभ फरेभर निर्देशक

उत्सव रसाईली, काठमाण्डौ, २०७० आषाढ ५, बुधवार

नाटक, टेलिफिल्म र फिचर फिल्मका कलाकार शंकर आचार्यले आफ्नै लगानी, कथा र निर्देशनमा लभ फरेभर नामक फिल्मको निर्माण गरेका छन् । पर्दामा विशेषतः नेगेटिभ रोलमा प्रस्तुत हुने शंकर विगत ६ वर्ष देखी भने पूर्ण रुपमा कलाकारितामा सक्रिय छन् । यही जेठ १४ गते फिल्म रिलिजको व्यवस्थापनमा दौडधुप गरिरहेको शंकरसँग फिल्मीखबरले फिल्मीको बारेमा केहि जिज्ञासा राखेको छ -

 
कलाकारिता गर्दै गरेको तपाई के देखेर फिल्म निर्माणमा लाग्नु भयो ?
राजनितिक अस्थिरताको कारण अहिले सबै क्षेत्र जोखिममा छ । लामो समयदेखी कलाकारिताको अनुभवलाई मैले फिल्ममा क्यास गरेको छु । राम्रो कथावस्तु, सबै वर्गका दर्शकले मन पराउने, पूर्ण रुपमा कर्मशियल अर्थात मनोरञ्जनले भरिपूर्ण फिल्म भएमा दर्शकको साथ पाइन्छ भन्ने विश्वासले गर्दा जाखिम हुँदाहुँदै पनि मैले लभ फरेभर निर्माण गर्ने निर्णय गरेको हुँ ।


तपाईले लभ फरेभरलाई पूर्ण रुपमा मनोरञ्जन भन्नुभयो तर फिल्मको प्रोमो हेर्दा त आँखा छोप्नु पर्ने छ नि ?
आँखा छोप्नु पर्ने कारणै छैन । आमा बुवालाई एउटै वेडमा देख्दा बर्बादै भयो भनेर हामी कराउँदै हिड्दैनौं नि ! मतलब हाम्रो विषयवस्तु अलिकती सेक्समा आधारित भएको कारणले त्यस्तो हुन गएको हो । फिल्ममा तृष्णाले आफ्नो व्वायफ्रेन्डलाई मनको कुरा व्यक्त गर्दा केही त्यस्तो देखिएको मात्रै हो । फिल्म पुरा हेर्दा पारिवारिक नै लाग्छ । फिल्म आँखा लुकाउनु पर्ने र शिर झुकाउनु पर्ने छैन ।


यौनलाई नै  किन फिल्मको विषय बनाउनु भएको ?
फिल्मको कन्टेन्ट सेक्स केन्द्रित छैन । दुई क्यारेक्टर्स मध्ये तृष्णाको यौन चाहना एकदमै उच्च भएको छ तर नायकको भने नर्मल छ । फिल्ममा दुई पात्रको स्वभाव नितान्त फरक छ । लभ फरेभरमा यी दुई पात्रको कथालाई उठाइएको हो । वास्तवमा फिल्म प्रेमकथामा आधारित छ ।


छोरो (राज आचार्य)लाई पनि फिल्ममा डेव्यु गराउनु भएको छ । अहिले फिल्मी दुनियाँमा कलाकारको भविष्य छैन भन्छन् । के देखेर छोरालाई फिल्मी दुनियाँमा भित्र्याउनु भयो ?
यही क्षेत्रमा मैंले साढे ३ दशक र राजले डेढ दशक बितायो । आत्मसम्मान र सन्तुष्टी पाउन पनि राज आचार्यलाई लभ फरेभरमा खेलाएको हुँ ।

 


लभ फरेभरका मुख्य कलाकार गजित विष्ट र सुमिना घिमिरे हुन् । राजको उमेर पनि धेरै भैसकेको छैन । राजको डेव्यु छोटो रोलबाट भएन र ?
लभ फरेभर न मेरो लागी बनाएको हुँ न राजको लागी । यो दर्शकको लागी बनाइएको फिल्म हो । दर्शकको चाहनालाई सम्मान गर्दै उहाँहरुलाई पूर्ण सन्तुष्टी दिनको लागी पनि मैले क्यामेरा र स्टोरी बाउ र छोरा पट्टि मात्र घुमाएको छैन । सबै पात्रलाई पूर्ण न्याय दिनको लागी उत्कृष्ट फिल्म बनाएकाले राजलाई छोटो मिठो रोल मात्र गराएको हुँ ।


फिल्मकी मुख्य नायिका सुमिना घिमिरेलाई प्रोमोशनमा साथ नदिएको भन्दै बहिस्कार गर्नुभयो । यो फिल्मलाई चर्चामा ल्याउने फन्डा हो या अरु नै केही छ ?
यदी मैले सस्तो पब्लिसीटिको लागी मनगढन्ते स्क्यान्डल मच्याउने थिएँ भने उनलाई (सुमिना) सम्पूर्ण प्रेसले बहिस्कार गरेको बेलामा मैंले पनि बहिस्कार गरी प्रेसलाई साथ लिएर अगाडी बढ्न सक्थे । तर, मैले त्यो नगरी प्रेसका साथीहरुसँग सल्लाह गरेर मेरो अनुरोधमा प्रेस र उहाँको सम्बन्ध सुधारियो । सोचेको थिएँ ज्यादै राम्रो गरें तर म गलत रहेछु । 'गुणले गुणलाई खान्छ तँलाई म खान्छु' भनेर उहाँले अन्त्यमा मलाई नै धोका दिनुभयो ।


कलाकार प्रोमोशन हिंडेर पनि फिल्म खासै चलेको देखिदैन । सुमिना घिमिरे फिल्मको प्रोमोशनमा नहिड्दा तपाईको यत्रो आक्रोश चाहि किन ?
जब धेरै मिहेनत गरेर एउटा राम्रो र उत्कृष्ट फिल्म बनाइन्छ । त्यसलाई दर्शक समक्ष लैजान हामीले सक्दो मेहनत र प्रचार गर्नुपर्छ । तर, उहाँले आफ्नो दिदिको दुर्घटना भएको झुठो कारण देखाउँदै हामीसँग झुठको खेती गर्नुभयो । म सत्य, तथ्य र यथार्थ बोल्ने मान्छे झुठ बोलेको मन पर्दैन । त्यसैले जानीजानी झुठको खेती गरेपछि सुमिनाजी प्रती मेरो आक्रोश बढेको हो ।


यहाँ फिल्म निर्माण र रिलिज सजिलो छैन भन्छन् नि !
फिल्म निर्माण भनेको युद्ध गरे जस्तै हो भने चलाउनु युद्ध जिते जस्तै हो ।


अन्त्यमा फिल्म चल्छ भन्नेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामीले स्क्रिप्ट पुरा गर्नकै लागी दुई वर्ष लगाएका थियौं । जस्मा सबै लेभल र वर्गका दर्शकको चाहनालाई भरपुर समेट्ने कोशिस गरेका छौं । लामो समयको अभ्यास पछि एउटा उत्कृष्ट स्क्रिप्ट बनेको छ जुन कुनैसँग मेल खांदैन । एउटा राम्रो, सुन्दर र आकर्षक वस्तु बजारमा आउँदा त्यस्को डिमान्ड अवश्य वढ्छ । अर्थात् फिल्म लभ फरेभर सस्पेन्स, थ्रिल, एक्सन, रोमान्स, ग्ल्यामर, फेमीली ड्रामा र कौतुहलताले भरिपूर्ण मनोरञ्जनात्मक फिल्म बनेको छ । सबै दर्शकको अत्याधिक माया पाइन्छ भन्ने पूर्ण विश्वास भएकाले फिल्मले सफलता पाउनेमा कुनै शंका छैन ।