मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`युवापुस्तामा गुज्रिरहेको परिस्थिती नै नेपथ्यको कथा` : निर्देशक दाहाल

फिल्मीखबर, पोखरा, २०७० ज्येष्ठ २१, मंगलवार

यहि शुक्रबारदेखि देशव्यापी रुपमा नेपाली फिल्म नेपथ्य लाग्दैछ । सपना देख्नेहरुको कथा भनिएको यो फिल्म अहिले निकै चर्चामा समेत छ । यो फिल्मलाई रामराजा दाहालले निर्माणसंगै निर्देशन गरेका हुन् । यो फिल्मलाई निर्देशकले आफ्नो ड्रिम प्रोजेक्ट भन्न रुचाउँछन् । जेठ २४ गते शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने क्रममा रहेको फिल्म नेपथ्यको विषयमा आधारित रहेर साथी संजोग बस्यालले निर्देशक रामराजा दाहालसंग गरेको कुराकानी :-

कस्तो छ नेपथ्यको चर्चा ?
पक्कै पनि सोँचेको भन्दा धेरै राम्रो चर्चा भएको छ । धेरैले यो फिल्मबाट आशा गरेको मैले पाएको छु । र, मैले पनि यो फिल्मबाट धेरै नै आशा गरेको छु । आशा छ सबैले गरेको आशा पुरा हुनेछ भन्ने । युवापुस्तामा अहिले गुज्रिरहेको विभिन्न परिस्थिती नै हाम्रो फिल्मको कथा हो । त्यसैले आफ्नै कथालाई दर्शकले मन पराउनुहुनेछ भन्नेमा विश्वस्त छु । यद्यपी त्यो कुराको प्रतिफल भने प्रदर्शन पश्चातको दिनहरुले नै देखाउनेछ ।

वास्तवमा फिल्मको नाम नेपथ्य कसरी रह्यो ?

अँ, कुरा के भने यो फिल्मको कथासंग एकदमै मिल्दो शब्द भएर शिर्षकको रुपमा हामीले यसलाई प्रयोग गर्‍यौं । नेपथ्यको वास्तविक अर्थ ‘पर्दा पछाडी’ भन्ने हुन्छ । नेपथ्य एउटा यस्तो ठाउँ हो जसलाई मानिसले सुन्न सक्छ, महशुस गर्न सक्छ तर देख्न सक्दैन । जीवनका कतिपय यस्ता पाटाहरु पनि छन् जुन कुरा मान्छेले सुन्छ, महशुस गर्छ तर आफ्नै आँखाले देख्न सक्दैन । तर नेपथ्य वास्तविकता हो । हामीले फिल्ममा पनि जीवनका त्यस्ता कतिपय नदेखिने विषयलाई उठाएका छौँ । त्यसैले हामीले यो नामलाई नै उपयुक्त मानेर राख्यौँ । यद्यपी हामीले सुटिङमा जाने बेलामा वर्किङ टाईटलको रुपमा फिल्मको नाम ‘भाईरस’ राखेका थियौँ । तर यसले अलिक नेगेटिभ भाईभ दिने जस्तो लागेर ‘नेपथ्य’लाई नै फाईनल गर्‍यौं ।

अनि फिल्म कस्तो बनेको छ ? यसको स्टोरी चाँहि कस्तो छ ?

(हाँस्दै) अब अहिले नै फिल्मको स्टोरी बताईदिने हो भने भोली दर्शकहरु हलसम्म जानु नै किन पर्‍यो र ? यद्यपी यो सपना देख्नेहरुको कथा हो र सबै सपना देख्ने मान्छेहरुले यो फिल्म एकचोटी हेर्नैपर्ने हुन्छ । अब फिल्म कस्तो बनेको छ भन्दा खेरी, एउटा निर्माता निर्देशकले आफ्नो फिल्मलाई कहिल्यै पनि नराम्रो भन्दैन । यो फिल्मको हकमा कुरा गर्दा मैले राम्रो गर्ने प्रयत्न गरेको छु । मेरो तर्फबाट फिल्मलाई राम्रो बनाउनका लागी कुनै कसर छोडेको छैन । तर फिल्म वास्तवमै कस्तो बनेको छ भन्ने कुराको निर्णय गर्ने भनेको दर्शकनै हुन् । फिल्म कस्तो बनेको छ भन्ने कुरा थाहा पाउनका लागी जेठ २४ कुर्नैपर्ने हुन्छ ।

फिल्ममा त्यति चलेका कलाकार छैनन् । सबैजस्तो नयाँ अनुहारलाई लिनुको कारण के हो ?

अब पुरानो र चलेको अनुहारको कुरा गर्ने हो भने राजेश हमाललाई जस्तो अरु कलाकारलाई सबैखाले दर्शकले चिन्दैनन् भन्दा पनि हुन्छ । अब मैले यो फिल्ममा राजेश हमाललाई पनि काम गराउन सक्थेँ । र, उहाँसंग यसअघिको फिल्ममा मैले काम गरिसकेको पनि छु । तर सबैले चिन्ने अनुहार भन्दैमा राजेश हमाललाई क्यारेक्टर नै नमिल्ने रोलमा काम गराएर त भएन । मैले यो फिल्ममा विल्शनलाई पनि चलेको आधारमा राखेको होईन । मेरो स्क्रिप्ट अनुसार एउटा मंगोलियन अनुहार चाहिएको थियो त्यसैले विल्शन ठिक लाग्यो र मैले राखेँ । र, यो फिल्मका अन्य कलाकारहरु आदित्य बुढाथोकी, रेम बिक, मानव सुवेदी र सोना तिमिल्सिनालाई पनि त्यसै बाटोबाट उठाएर ल्याईएको होईन । उनीहरु सबैलाई वर्कशपमा राखेर सोहि अनुसारको क्यारेक्टरको जिम्मा दिईएको हो । त्यसैले नयाँ अनुहार भयो भन्दैमा मलाई कुनै डर छैन । सबै कलाकारले राम्रो गरेका छन् । मलाई लाग्छ यो फिल्ममा देखिएका मुख्य कलाकारहरु सबैले नेपाली फिल्म उद्योगमा राम्रो प्रभाव पार्न सक्ने क्षमता राख्छन् ।

अहिले त प्रोमोमा विल्शनको डाईलग र शुष्मा कार्कीको मस्त जवानीले बजार खुब तताएको छ त ?

पक्कै पनि मिडियामा प्रोमो र गीतहरु बज्न थालेपछि नेपथ्यको चर्चा चुलिएकै छ । नेपथ्यमा केहि रै’छ है भन्ने भान दर्शकलाई परिसकेको उहाँहरुको प्रतिक्रियाबाटै बुझ्न सकिन्छ । शुष्मा कार्कीको मस्त जवानीलाई पनि दर्शकले मन पराएका छन् । विल्शनको डाईलग पनि अहिले जताततै हिट भैसकेको प्रतिक्रियाहरु आएका छन् । तर फिल्ममा यो भन्दा अझै धेरै त्यस्ता किस्साहरु छन् जुन प्रोमो र गीतभन्दा अझै रमाईला छन् । हामीलाई प्रोमो र गीतकै आधारमा दर्शकले दिएको प्रतिक्रियाबाट मैले यो कुरा दाबी गर्न सक्छु कि फिल्मलाई पनि दर्शकले मन पराईदिनेछन् । कारण, प्रोमोभन्दा फिल्म कैँयौँ गुणाले रमाईलो छ । यसले दर्शकलाई पुरै मनोरञ्जन प्रदान गर्न सक्छ ।

तपाईको फिल्ममा सन्देश छ कि मनोरञ्जन ? दर्शकले के अपेक्षा गरेर हलसम्म पुग्ने ?

मुख्यत: नेपथ्य पुरै मनोरञ्जनात्मक कथा हो । भलै अहिलेको युवापुस्ताको दु:ख अनि दर्दलाई देखाएको भएपनि त्यसलाई हामीले रमाईलो तरिकाले प्रस्तुत गरेका छौँ । दर्शकहरुले फिल्म हेरुञ्जेल खुब रमाईलो अनुभव गर्नुहुनेछ । मनोरञ्जन संगसंगै दर्शकले फिल्मबाट केहि राम्रो कुरा पनि पक्कै प्राप्त गर्न सक्नेछन् ।