मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अबको चलचित्र घटना मुखी हुनुपर्छ - लेखक तथा निर्देशक सुरज सुब्बा 'नाल्बो'

फिल्मीखबर, , २०६७ भाद्र २१, आईतवार

करिब १६ बर्ष अगाडी रू २५० लिएर धरानबाट काठमाण्डौ आएर नेपाली चलचित्र क्षेत्रमा संघर्ष गरेका चलचित्र लेखक सुरज सुब्बा पछिल्लो समयका निकै व्यस्त लेखक हुन् । त्यो बेलामा आफूसँग आत्मबिश्वास बाहेक अरू केहि नभएको बताउने सुब्बाले अहिले चलचित्र लेखनलाई आफ्नो व्यबसाय बनाएका छन् । बिषालु, बुहारी, अजम्बरी माया, क्रोध, कुरूक्षेत्र, गोरेटो, जीवनरेखा, भाग्य, कर्मयोद्वा, आफ्नो पन, रामलक्ष्मण, पापीमान्छे, को आफ्नो को बिरानो, बाटो मुनिको फूल, सायद, काठमाण्डौं, दु:ख लगायतका करिब ५ दर्जन चलचित्रको कथा लेखिसकेका सुब्बाले अहिले सम्ममा ३ वटा चलचित्रको निर्देशन गरेका छन् । उनले निर्देशन गरेका दुई चलचित्र बिषालु र अंशबण्डा व्यबसायिक हिसाबले असफल मानिए पनि उनले लेखेका अधिकांश चलचित्रहरू भने सफल मानिएका छन् । अहिले उनैले लेखेको तथा निर्देशन गरेको निकै आश लाग्दो चलचित्र 'बाटो मुनिको फूल' प्रदर्शनको क्रममा रहेको छ भने उनी अहिले दुर्गिस फिल्म्सको व्यानरमा 'सायद' नामक चलचित्रको निर्देशनमा लागी परेका छन् । प्रस्तुत छ, यिनै लेखक तथा निर्देशक सुरज सुब्बा 'नाल्बो' सँग फिल्मीखबर डटकमका लागी गरिएको कुराकानी -      

 

चलचित्रको कथा लेख्न सजिलो की निर्देशन गर्न ? 

कथा लेखेर त केहि दिनमा नै सकिन्छ तर निर्देशक भए पछि चलचित्रको स्क्रिप्ट लेखन कार्य देखि चलचित्र प्रदर्शन हुने बेला सम्म खटिन पर्छ । त्यसैले कथा लेख्न भन्दा निर्देशन गर्न गार्‍हो हुन्छ ।    

तपाईले लेखेका अधिकांश चलचित्रका कथा बिदेशि चलचित्रसँग मिल्छन् नि !

निर्माता तथा निर्देशकहरूले जस्तो लेख भन्नु हुन्छ मैले त्यस्तै लेख्ने हो । शुरूका दिनहरूमा कथा लेख्दा मैले आफ्नो दिमागको प्रयोग गर्ने मौका नै पाईन तर पछिल्ला केहि चलचित्रहरूमा मैले आफ्नै दिमागको प्रयोग गरेको छु । यानकी पछिल्लो पटक मैले लेखेका सबै चलचित्रहरूमा नेपाली पन छ । ति कथाहरू कुनै बिदेशी चलचित्रसँग मेल खाँदैनन् । तिनमा आफ्नै मौलिकता छ ।    

 

चलचित्र क्षेत्रमा प्रवेश गर्ने बित्तिकै तपाईले निर्देशन गर्नुभएका 'हाउडे' र 'अंशबण्डा' दुबै चलचित्र निकै असफल भए नि !    

चलचित्र क्षेत्रमा म रहरले आएँ त्यो नै मेरो ठूलो भूल थियो । चलचित्र क्षेत्रमा प्रवेश गर्ने बित्तिकै निर्देशक हुनु मेरो गल्ती थियो । तर त्यो गल्ती पछिल्ल दिनहरूमा दोहोर्‍याईन । मलाई लाग्यो कि म अझै निर्देशनमा दक्ष छैन भनेर । निर्देशनमा दक्ष नहुँदा नहुँदै किन निर्देशन गर्नु भनेर मैले चलचित्रको कथालाई मात्र स्थान दिएँ । पछि बिस्तारै चलचित्रलाई बुझ्दै गएं र १५ बर्षको अन्तरालमा आएर अहिले बाटो मुनिको फूल नामक चलचित्र निर्देशन गरेको छु । १५ बर्षको अनुभवबाट मैले राम्रो चलचित्र दर्शक सामु पस्कने जमर्को गरेको छु । आशा छ दर्शकहरूले यो चलचित्रलाई साथ दिनुहुने छ ।    

१५ बर्ष सम्म चलचित्र क्षेत्रमा आफ्नो समय व्यतित गर्नुभयो । चलचित्रलाई कसरी बुझ्नु भएको छ ?

नेपालका अधिकांश चलचित्रहरू डाईलग ओरेन्टेड हुन्छन् । मैले बुझेसम्म चलचित्र डाईलग ओरेन्टेड हुनु हुँदैन । किनभने चलचित्रको भाषा हुँदैन । चलचित्र बनाउँदा भावले बनाउनु पर्छ र चलचित्र कथा प्रधान भन्दा पनि घटना प्रधान हुनुपर्छ ।    

 

त्यसो भए तपाईको अहिलेको चलचित्र बाटो मुनिको फूल घटना प्रधान छ त ?

त्यसमा त कुनै शंका नै छैन । यो चलचित्र नेपाली समाजमा भईरहेको र हामीले भोगी रहेको घटनामा आधारित नै छ । यसमा कुनै बनावटी कथा छैन ।    

 

कति पढ्नु भएको छ ?

१० कक्षा मात्र पास गरेको छु ।    

१० कक्षा मात्र पढेको मान्छेले चलचित्रको कथा कसरी लेख्न सक्ने हुनुभयो ? 

मैले नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका सयौं चलचित्रहरू हेरेको छु । त्यसैले ति चलचित्रहरू नै मेरो कक्षा भए । तिनै चलचित्रहरू हेरेर मैले ज्ञान आर्जन गरेको हुँ ।    

अहिले आफ्नै कथामा 'सायद' नामक चलचित्रको निर्देशन गर्दै हुनुहुन्छ । कस्तो चलचित्र हो यो ?

नेपाली समाजमा अधिकांश परिवारले भोग्नु परेको निकै डरलाग्दो समस्यालाई मैले चलचित्रको पर्दा मार्फत प्रस्तुत गर्ने जमर्को गरेको छु ।  यस चलचित्रको कथा नेपाली समाजमा देखिएको यथार्थ परक घटना नै हो ।