मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हामी पास भई सक्यौं - अपिल बिष्ट

सुमन गैरे, , २०६७ भाद्र ३, बुधवार

१५ वर्षअघि तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा भएको रहस्यमय हत्याको घटनामा आधारित चलचित्र ‘दासढुंगा’ छिट्टै प्रदर्शन हुने भएको छ । अपिल बिष्टको निर्माणमा मनोज पण्डितले निर्देशन गरेको यो चलचित्र सम्भवत भदौ महिनाको तेस्रो साता भित्रमा प्रदर्शन हुनेछ । चलचित्रमा अनुप बराल, सञ्चिता लुईटेल, सौगात मल्ल, दयाहाङ र्राई, मोहन भण्डारी, रामकृष्ण पौडेल, बीएस राणा लगायतका कलाकारहरूको अभिनय रहेको छ । यहि चलचित्रमा आधारित भएर निर्माता अपिल बिष्टसँग गरिएको कुराकानी -

 

दासढुंगा बनाउनुको कारण ?

दासढुंगाको सत्य-तथ्य घटनाको बारेमा जानकारी दिन र स्वर्गिय जननेता मदन भण्डारी र जीवराज आश्रीत प्रति श्रद्वान्जली अर्पण गर्न यो चलचित्र निर्माण गरिएको हो । 

 

चलचित्र कत्तिको यथार्थ परक छ र दर्शकहरूले घटनाको बारेमा कति हद सम्म जान्ने मौका पाउँछन् त ?

चलचित्रको कथाबस्तु एकदमै यथार्थपरक छ भने प्रस्तुती नाटकिय छ । दासढुंगामा जुन दुर्घटना भयो त्यो दुर्घटना हुनुको कारणलाई पर्दा मार्फत सक्दो प्रस्तुत गर्ने प्रयास गरेका छौं । सम्भवत: हामी त्यसमा पास पनि भएका छौं । दासढुंगामा जुन जिप दुर्घटना भयो त्यो दुर्घटना गराउने हत्यारा भन्दा पनि त्यो घटना घटाउन लागि परेका व्यक्ति, संघसंस्थाहरूको पर्दाफास गरेका छौं । दर्शकहरूले घटनाको बारेमा जति बुझेका छन् त्यो भन्दा बढि पक्कै बुझ्ने छन् ।


हत्यारा नै पत्ता नलगाएको भए किन दासढुंगा बनाउनु भएको त ?

राज्यले गर्न नसकेको काम हामी साधारण जनताले गर्न सक्ने अवस्था छैन् । तर पनि जुन दुर्घटना भयो त्यसको पछाडी संलग्न रहेका थुप्रै ठूलाठूला संघसंस्था र तिनै संघसंस्थासँग सम्बन्धित रहेका व्यक्तिहरूको भण्डाफोर हामीले गरेका छौं ।

 

यसको रिसर्चका लागी कति बर्ष खर्चनु भयो ?
करिब दुई बर्षको रिसर्च पश्चात हामीले दासढुंगा बनाएका हौं । र करिब १ बर्ष लगाएर चलचित्र तयार पार्‍यौं । हामिले चलचित्रलाई सक्दो यथार्थ परक बनाउने कोसिस गरेका छौं ।

 

चलचित्र निर्माणमा कत्तिको दु:ख झेल्नु पर्‍यो त ?
घटनाको बारेमा तथ्य पत्ता लगाउँदा केहि दु:ख अफ्ठ्याराहरू नआएका हैनन् तर पनि हामीले आफ्नो प्रयासलाई जारी राख्यौं । हाम्रो बाटोमा भएका काँडाहरूलाई पन्छाउँदै हामी आफ्नो गन्तव्यमा पुगेरै छाड्यौं ।

 

कत्तिको सफल भए जस्तो लाग्छ ?
सरकारले दासढुंगालाई बिशेष चलचित्रको रूपमा घोषणा गरेको छ जसले गर्दा हामी पास त भई नै सक्यौं अब डिस्टिङ्सन ल्याउन बाँकी छ ।    दर्शकहरूले चलचित्र भवनमा दुई घण्टा बिताए पछि हामीलाई गाली पक्कै गर्नुहुन्न । हाम्रो कामको प्रशंसा पक्कै हुन्छ र त्यो नै हाम्रो जीत हो ।