मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`साँघुरोका कुनैपनि दृश्य र संवाद भल्गर छैनन्` : जोएस पाण्डे (निर्देशक)

सुमन गैरे, काठमाण्डौ, २०७० वैशाख ४, बुधवार

नेपाली समाजमा देखिंदै आएको पारिवारिक यौन कुण्ठाको बिषयलाई मुख्य केन्द्रबिन्दु बनाईएको फिल्म 'साँघुरो' यहि बैशाख १३ गतेबाट प्रदर्शनमा आउँदैछ । यहि फिल्मबाट निर्देशकको परिचय बनाउन लागेका जोएस पाण्डेसँग फिल्मीखबरले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ -

 

'साँघुरो' कस्को बिषयमा बनेको फिल्म हो ?
हरेक नेपालीले दैनिक रूपमा भोगेको तथा अनुभव गरेको सामाजिक विषयबस्तुमा बनेको फिल्म हो । यसले नेपाली समाजलाई यथार्थ रूपले चित्रण गरेको छ ।
 

दैनिक जीवनमा भोगेको कथालाई दर्शकले किन हेर्ने ?
फिल्म धेरै अर्थले हेर्न सकिन्छ । कसैले मनोरञ्जनको लागि हेर्छन् त कसैले शिक्षा लिनको लागि हेर्छन् भने कसैले दुई घण्टा समय बिताउन हेर्छन् । हुँदै नभएको कुरा पर्दामा हेर्दा र जीवन भोगाईका कुरालाई फिल्म गरेर पर्दामा हेर्दाको मज्जा छुट्टै हुन्छ र दर्शकले मनोरञ्जन प्रयाप्त पाउँछन् । साँघुरोले पनि जीवन भोगाईका कुरालाई प्रस्तुत गरेकाले दर्शक यसले उठाएको बिषयबस्तुमा मज्जाले डुब्न सक्छन् अनि आफ्ना जीवन भोगाईलाई अनुभव गरेर रोमाञ्चित हुनेछन् । यो फिल्म हेरेर दर्शकले दुई घण्टा समय विताउन गार्‍हो मान्ने छैनन् पनि ।

 

सामाजिक यौनको कथालाई किन रोज्नु भयो ?
सबै बिषयबस्तुको आ-आफ्नै महत्व हुन्छ । पछिल्लो समय बनिरहेका फिल्मका कथाबस्तुमा त्यति नयाँ पन पाईएको थिएन । सेक्सको बिषयलाई पनि निकै सस्तो रूपमा प्रस्तुत गरियो । अश्लिलता तर्फ केहि फिल्मकर्मी दौडिरहेको अवस्थामा यहि सेक्सको बिषयलाई पनि सभ्य तथा सालिन तरिकाले प्रस्तुत गरेर दर्शकको मन जित्न सकिन्छ भनेर पनि यो बिषयबस्तु रोजें । दर्शकले आफ्नो पनको कथा पाएका थिएनन् र मैले दर्शकलाई दर्शकलाई आफ्नो पनको महसुस गराउन, समाजमा घटिरहेको र भोगिरहेको कथालाई आकर्षक ढंगले प्रस्तुत गरेर दर्शकको मन जित्न यो फिल्म बनाएँ ।

 

सेक्सको बिषयलाई सस्तो रूपले बेच्न खोजेको हैन भनेर दर्शकलाई कसरी विश्वस्त पार्नुहुन्छ ?
अहिले त हामीले प्रोमो तथा गीतसंगीतबाट नै प्रस्ट्याउन खोज्ने हो तर फिल्म रिलिज भईसकेपछि भने दर्शकले यो कुरालाई आफैं बुझ्नुहुनेछ । सेक्सको बिषयलाई यसरी पनि प्रस्तुत गर्न सकिने रहेछ भनेर दर्शकहरूले फिल्म हेरेपछि पक्कै भन्नुहुनेछ । वास्तवमा भन्दा दर्शक र फिल्मकर्मीका लागि यो एउटा नमुना फिल्म पनि हो ।

 

कुन वर्गलाई लक्षित गरेर फिल्म बनाउनु भएको छ ?
फिल्म सुटिङ एउटा निम्न वर्गिय परिवारको सेटअपमा गरे पनि कथाबस्तु हरेक वर्गका दर्शक लक्षित छ । यो हाम्रो समाजका हरेक वर्गका मानिसहरूले भोगेको कथा भएकाले दर्शक पनि हरेक वर्ग लक्षित छन् । सेटअप र फिल्म भित्र अभिनय गरेका पात्रहरू त प्रतिनिधि मात्र हुन् ।

 

आफ्नै परिवार तथा समाजमा घटेको घटनालाई परिवारका सदस्यहरू एकसाथ बसेर हेर्न सक्ने अवस्था हुन्छ कि नाई ?
यो परिवारका सदस्यहरूको सोचमा भर पर्छ । फिल्मका कुनैपनि दृश्य भल्गर छैनन् न संवाद भल्गर छन् । एउटा परिधीमा बसेर हामीले फिल्म बनाएका छौं त्यसैले पनि म मेरो परिवारका साथ निर्धक्क भएर फिल्म हेर्न सक्छु । सेक्समा संकुचित परिवार छ भने एकसाथ बसेर नहेर्दा नै बेश हुन्छ ।

 

साँघुरो निर्माण शुरू देखि अहिले प्रदर्शनको संघारमा आईपुग्दा सम्मको भोगाई कस्तो रह्यो ?
सार्‍है दु:ख पाईयो । शुरू देखि आजसम्म कलाकार र अन्य प्राबिधिकको तुलनामा मैले ५० टाईम्स बढि स्ट्रगल गरें । करियर बनाउन र एउटा राम्रो फिल्म बनाउन मैले निकै दु:ख पाएँ र धेरै संघर्ष पनि गरें । यहि दु:ख गरेकाले आज रिजल्ट पनि राम्रो आउँछ भन्ने आश गरेको छु । म यति भन्न सक्छु कि मेरो मेहनतले दर्शकलाई निराश बनाउँदैन ।

 

तपाईं त नयाँ निर्देशक, निर्माता र कलाकारलाई कसरी कन्भिन्स गर्नुभयो ?
सबैभन्दा पहिला त कन्टेन्टले नै मैले कन्भिन्स गरें । त्यसपछिका मैले गरेको तयारीले कन्भिन्स गरें । त्यसबाहेक मैले यसअघि गरेका टिभिसी र म्युजिक भिडियो काम देखेर मेरो कलाकार र निर्माता कन्भिन्स हुनुभएको हो । अहिले निर्माता आफैले मलाई लगानी उठ्ने नउठ्ने बिषयमा चिन्ता नलिन भन्नु भएको छ । उहाँ फिल्मबाट पूर्ण सन्तुष्ट हुनुहुन्छ ।

 

तपाईं आफै नयाँ मेकर अनि नयाँ कलाकार (शुशांक मैनाली)लाई मुख्य भुमिका दिनुको कारण ?
कलाकार दुई किसिमका राम्रा हुन्छन्, एउटा नाम चलेको अर्को नाम नचलेको । हरेक मेकरलाई राम्रो कलाकारको लोभ हुन्छ । नाम चलेको राम्रो कलाकारलाई मेरो नयाँ कथाबस्तुमा ल्याउनु भन्दा नाम नचलेको नयाँ अनुहारलाई ल्याउन उपयुक्त ठाने र त्यो रिक्स लिएँ । मेरो कथाबस्तुलाई नयाँ अनुहारले नै न्याय गर्ने देखेर पनि पुरानो कलाकारसँग काम नगरेको हुँ ।