मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमकथालाई छोड्न सक्दिन - निर्देशक पौड्याल

सुमन गैरे, , २०६७ श्रावण १८, सोमवार

विगत १५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागि परिरहेका निर्देशक हुन् नरेश पौड्याल । उनले निर्देशन गरेको पछिल्लो चलचित्र 'दिपशिखा' प्रदर्शनको तयारीमा रहेको छ । यो चलचित्र भाद्र २५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदै छ । 

 

 

 तपाईंको चलचित्र 'दिप-शिखा' लाई दर्शकहरूले किन हेर्ने ?

आज सम्म कुनै पनि निर्माता निर्देशकले नेपाली चलचित्र हेर्ने दर्शकहरूको चाहनालाई बुझ्न सकेका छैनन् । दर्शकहरू के चाहन्छन् भन्ने कुरा थाहा पाउन सकेको भए सायद सबै चलचित्र सफल हुन्थे होला । मैले पनि सम्पूर्ण दर्शकहरूको चाहना पूरा गर्ने चलचित्र बनाएको छु भनेर त भन्दिन तर पनि हरेक दर्शकलाई ध्यानमा राखेर 'दिप-शिखा' निर्माण गरेको छु । सायद यो चलचित्रमा दर्शकहरूले खोजेका कुराहरू पाउन सक्नुहुन्छ होला ।

 

के बिषयमा केन्द्रित छ त यो चलचित्र ?

यो साँगितिक प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रको शुरूवातमा कमेडीलाई अलि बढि प्राथमिकता दिएको छु भने त्यसपछि चलचित्रले युवाबर्गमा हुने प्रेमसम्बन्धलाई मिठो ढंगले प्रस्तुत गरेको छु ।

 


पात्र चयनमा निकै उतारचढाव आएको थियो नि ?
यो चलचित्र करिब ४ बर्ष अगाडी निर्माण गर्ने तयारी गरेको थिए जसले गर्दा त्यो बेलाका चलेका कलाकारहरूलाई लिने योजना बनाएको थिएँ तर पछि ति पात्रहरूले आफ्नो छबि परिवर्तन गरे ।  र समयको परिवर्तन अनुसार पात्रहरूमा पनि परिवर्तन गर्नु पर्‍यो । अहिले जुन पात्रहरू छन् उनीहरूनै दिपशिखाको लागी योग्य छन् । मैले चयन गरेका पात्रहरूले मेरो चलचित्रलाई न्याय गरेका छन् ।



नरेश पौड्यालले प्रेमकथामा नै आधारित रहेर चलचित्र निर्माण गर्नुको कारण ?

मैले बनाएका सबै चलचित्रहरू प्रेमकथामा नै आधारित छन् र दर्शकहरूले सोचे भन्दा बढी मन पराईदिनु भएको छ । त्यसैले मैले प्रेमकथाका चलचित्रहरूलाई छोड्न सकेको छैन ।

 


अरू कथामा चलचित्र राम्रो बन्न सक्दैनन् र ?
प्रेमकथामा मात्र बनेका चलचित्र सफल बन्छन् भन्ने हैन । मात्र नरेश पौड्यालले प्रेमकथामा आधारित चलचित्रलाई न्याय गर्न सक्ने भएकोले नै मैले आफ्नो चलचित्रमा प्रेमकथालाई प्राथमिकता दिएको हुँ ।

 

नायिका अरूणिमालाई चलचित्र लेखनको जिम्मा दिनुको कारण ?
अरूणिमामा भएको खुबिलाई मैले उतार्ने प्रयास गरेको मात्र हुँ । साच्चिकै नै उनले राम्रो कथा लेखेकी छिन् र उनको कथालाई मैले न्याय गरेको छु ।
 

 

चलचित्रमा द्वन्दलाई कत्तिको प्राथमिकता दिनु भएको छ ?
यो चलचित्र द्वन्दप्रधान चलचित्र भने हैन तर पनि यस चलचित्रमा २ वटा द्वन्दलाई प्रस्तुत गरिएको छ । मैले चलचित्र बनाउँदा हरेक बर्गलाई ध्यानमा राखेर चलचित्र बनाउने गर्छु । त्यसैले मेरो चलचित्रमा हरेक पक्षलाई समाबेश गरिएको हुन्छ ।

 

'दिपशिखा' चल्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
२०० % नै बिश्वस्त छु । किनभने, हामीले यो चलचित्र निर्माणमा निकै मेहनत गरेका छौं र राम्रो काम पनि गरेका छौं । मेहनत र राम्रो कामको फल पक्कै पनि राम्रै हुन्छ ।

 

कुमारी हलमा पनि चलचित्र चलाउदै हुनुहुन्छ रे !

हो । कुमारी हलमा मात्र चलचित्र हेर्ने दर्शकहरूले मेरो चलचित्र 'दिपशिखा' हेर्न पाउनु हुनेछ । कुमारी, जयनेपाल जस्ता हलमा मात्र चलचित्र हेर्न चाहने दर्शकहरूलाई मध्यनजर गर्दै मैले कुमारीमा पनि यो चलचित्र चलाउन लागेको हुँ ।
 

  

अन्तमा के भन्न चाहनुहुन्छ त ?

सबै भन्दा पहिला त नेपाली चलचित्रलाई माया गरेर नेपाली चलचित्र क्षेत्रलाई बचाई रहनु भएका दर्शकहरू प्रति म आभार प्रकट गर्दछु । 'दिपशिखा' चलचित्रलाई पर्खेर बस्नुभएका दर्शकहरूलाई धैर्य गर्न अनुरोध गर्दछु । किनभने साउन २८ गते बिबिध कारणले गर्दा यो चलचित्र प्रदर्शन हुन सकेन । अब भाद्र २५ गते तपाईंहरूको शहरमा 'दिपशिखा' लाई लिएर आउँदै छु । साथमा नेपाली चलचित्र हेर्न नचाहने दर्शकहरूलाई एक पटक यो चलचित्र हेर्न बिनम्र आग्रह पनि गर्दछु । किनभने यो चलचित्र तपाईहरूले सोचे भन्दा राम्रो बनाएको छु ।