मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

वर्तमान समाजको चित्रण `छड्के` : निगम श्रेष्ठ (निर्देशक)

सुमन गैरे, काठमाण्डौ, २०६९ फाल्गुन ३, बिहिवार

पहिलो पटक निर्देशन गरेको फिल्म 'छड्के' को रिलिज मिती नजिकिंदै छ । कस्तो अनुभुती भईरहेको छ ?
फिल्मको अन्तिम कामसँगै पब्लिसिटीमा दौडधुप गरिरहेको छु तर पनि रमाईरहेको छु । एक किसिमको कौतुहलता छ जुन म शब्दमा व्यक्त गर्न सक्दिन मात्र अनुभव गरिरहेको छु ।

 

अन्य फिल्मको तुलनामा यो फिल्मले यति धेरै चर्चा पाउनुको कारण के हो ?
हुनत आफ्नो फिल्मलाई नै सर्वसम्पन्न भन्न म रूचाउँदिन तर पनि अहिले सबैले चासोको रूपमा हेर्नु भएको छ त्यसमा म खुसी छु । मलाई लाग्छ हामी जति पनि यो फिल्मसँग जोडिएका छौं सबैको मेहनत र परिश्रमको फल हो । हामीले दर्शकलाई केहि नयाँ स्वाद दिने कोसिस गरेका छौं र त्यसमा दर्शकले अलि बढि चासो देखाउनु भएको हो ।

 


यो चर्चाले फिल्म सफल हुनेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
मेरो काम त राम्रो फिल्म बनाएर पस्कने हो । स्वाद मिठो मान्ने नमान्ने दर्शकको हातमा छ । अर्को कुरा यो फिल्म चल्ने नचल्ने भन्ने कुराको मूल्याङ्कन निर्माता तथा वितरकले गर्ने हो । तर पनि एउटा आश के छ भने दर्शकको नजिक पुग्नेछ 'छड्के' ।

 

फिल्म भित्र के त्यस्तो नयाँ कुरा छ जस्ले दर्शकको मन छुन सकोस् ?
फिल्म ग्याङ्स्टारको कथामा केन्द्रित छ तर पनि यसले वर्तमान नेपालको अवस्थालाई चित्रण गर्नेछ । हामीले सामाजिक तथा वातावरणिय बिषयबस्तुलाई उठाएका छौं । मलाई लाग्छ हामीले उठाएको बिषय नै दर्शकका लागि नौलो हुनेछ ।

 

किन ग्याङस्टारकै कथा रोजियो ?
मैले आफ्नै स्थानिय ठाउँ चितवनको कथालाई उठाएको हुँ । त्यहाँ रहेका ग्याङस्टारहरूले नराम्रो काममा दिमाग प्रयोग गरिरएको देखेपछि मेरो दिमागमा त्यो बिषयले भाईब्रेट गर्‍यो । अनि सोचें त्यो दिमाग राम्रो काममा प्रयोग हुन्थ्यो भने आज देशको स्थिती यस्तो हुन्थेन । क्रियाटिभ म्यानपावरको मिसयूज भएको देख्न सकिन र छड्के बनाएँ । लाग्यो मैले बनाएको फिल्मले केहि सकारात्मक सन्देश दिनेछ भन्ने । कथा चितवनको भए पनि समस्या देशभरी कै हो ।

 

तपाईं नयाँ मान्छे निर्मातालाई कन्भिन्स गर्न गार्‍हो भएन ?
लुट फिल्ममा असिस्टेन्ट गर्दाको समयमा नै निर्माता माधव वाग्ले दाईले मलाई वाच गरिरहनु भएको रहेछ । बेलाबेला उहाँले भाई तिमीसँग एउटा काम गर्छु राम्रो कथा खोज्दै गर भन्नु हुन्थ्यो । मलाई पनि फिल्म गर्ने मन थियो । त्यसपछि मैले फरक दुई बिषयका कथा माधव दाईलाई देखाएँ । उहाँले छड्केको बिषयलाई मन पराउनु भयो र हामी निर्माण गर्ने निर्णयमा पुग्यौं ।

 

कत्तिको गार्‍हो रैछ फिल्म बनाउन ?
भनिन्छ, 'Life is difficult at beautiful' त्यसैले काम गर्दा जति गार्‍हो हुन्छ त्यसपछि आउने रिजल्ट सकारात्मक पाउँदा त्यति नै मजा हुन्छ । मलाई अहिले निकै मजा लागिरहेको छ ।

 

कति समय खर्चिनु भो यो फिल्म बनाउन ?
स्क्रिप्टको पहिलो ड्राप्ट तयार भएदेखि हामीले औपचारिक काम शुरू गरेका थियौं । रिसर्च गरेर स्क्रिप्ट तयार पारेर आज रिलिजको दिनसम्म आईपुग्दा करिब डेढ बर्ष लाग्यो ।

 

निर्माताहरू अहिले खुसी हुनुहुन्छ ?
अहिले त निकै खुसी हुनुहुन्छ ।

 

अहिले त भन्नाले ?
बिचमा माधब दाईसँगको समबन्धमा केहि फाटो आएको थियो । हामी करिब तीन महिना नजिक हुन सकेनौं । अहिले हामी सबै खुसी छौं ।

 

के कारणले सम्बन्धमा फाटो आयो ?
खासमा माधव दाईले फिल्मको नाम र कास्टमा चित्त बुझाउनु भएको थिएन । त्यो बेला लुट रिलिज भईसकेको थिएन । त्यसैले समय अर्कै थियो । उहाँले छड्के नाम परिवर्तन गर्नुपर्ने र एकजना चलेको स्टार राख्ने भन्नु भएको थियो । जुन कुरामा म कन्भिन्स हुन सक्थिन । मैले उहाँको आग्रहलाई इन्कार गरेपछि हामी तीन महिना जति नजिक हुन सकेनौं । तर पछि जित मेरै कन्सेप्टको भयो । त्यसमा उहाँ खुसी पनि हुनुहुन्छ ।

 

फिल्मको कुन पक्षलाई बढि ध्यान दिनुभयो ?
फिल्म निर्माण गर्दा तीन 'सि' मा बढि ध्यान दिनुपर्छ । पहिलो कन्सेप्ट, दोस्रो क्यारेक्टर र तेस्रो कोर अर्थात ब्याकग्राउण्ड म्युजिक । यि तीन पक्ष सबल भयो भने हामी दर्शकको मन नजिक पुग्न सक्छौं । हामीले पनि यिनै तीन पक्षमा बढि ध्यान दिएका छौं ।

 

फिल्म कलेजमा पढ्दै गरेको भर्खरको कलिलो ठिटोले फिल्मका यति धेरै स्टारकास्टहरूलाई कसरी कन्भिन्स गर्‍यो ? र, कसरी म्यानेज गर्‍यो ?
सौगात, नम्रता, दयासँग यसअघि नै काम गरिसकेको थिएँ जसले गर्दा कन्भिन्स गर्न गार्हो भएन । बाँकी अन्य कलाकारहरूलाई मैले कन्सेप्ट सुनाएँ अनि उहाँहरू कन्भिन्स हुनुभयो । त्यसैमाथी कास्टिङ डिरेक्टरको रूपमा मिन भाम र सौगात जीलाई मैले लिएको थिएँ । जसले गर्दा पनि सहज भयो । जहाँ सम्म कास्टको म्यानेजको कुरा छ त्यो मैले मात्र हेर्ने हैन । मेरा दुई सहयोगी साथीहरू पनि हुनुहुन्थ्यो । अनि हामी फ्लोरमा जानु पूर्व नै वर्कशपमा पूर्ण तयार भएका थियौं । त्यसैले काम गर्दा निकै सहज भयो र रमाईलो पनि उत्तिकै भयो ।

 

दर्शकले आफूलाई यो फिल्म भित्र पाउन सक्छन् भन्ने लाग्छ ?
फिल्म बनाउनुको उद्देश्य मध्येको पहिलो प्राथमिकता नै दर्शकको मन जित्नु हो । उहाँहरूले फिल्म भित्र आफूलाई पाउन सक्नु भयो र त्यसमा रमाउनु भयो भने हामीले गरेको काम सफल भएको ठान्छौं । यो कोसिस हामीले गरेका छौं । अझ बिशेषगरी भन्नु पर्दा हरेक बर्गका दर्शकलाई यो फिल्मले छुनेछ । बिशेषत: थारू समुदायका दर्शकलाई एउटा सर्प्राईज पनि हुनेछ यो फिल्म ।

 

बिदेशबाट त निकै डिमाण्ड आईरहेको छ भन्ने सुनिएको छ । के हो सत्यता ?
केहि देशमा हामीले प्रदर्शनको अधिकार राम्रो मूल्य लिएर दिईसकेका छौं जुन तपाईंहरूले पनि थाहा पाईसक्नु भएको छ । केहि देशका साथीहरूले फिल्म हेरेर लिने भन्नुभएको पनि छ । सायद उहाँहरूको बिश्वास हामीले जित्न नसकेका हौं कि ! तर पनि जे जति डिमाण्ड आएका छन् त्यसमा हामी निराश छैनौं ।