मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`आफ्नो हक अधिकारको लागि अछुत भएर बस्न सक्दिन` : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, २०६९ माघ ९, मंगलवार

फिल्मकर्मीहरुको आन्दोलनले चर्को रुप लिईरहेका बेला महानायक राजेश हमालले पनि सो आन्दोलन प्रति आफ्नो समर्थन जनाएका  छन् । आन्दोलनमा सहभागिता र समर्थन जनाउन उनले सोमबार चलचित्र बिकास बोर्ड पुगी रिलेअनसनमा उत्रिएका फिल्मकर्मीलाई हौसला पनि दिए । र, त्यसै सन्दर्भमा बोर्डमा उपस्थित भएका मिडियाले आन्दोलन केन्द्रित गरेर उनीसंग गरेको अर्न्तसम्बादको संक्षिप्त प्रश्न उत्तरलाई अनुप भट्टराईले आन्दोलन बिशेष अर्न्तवार्ताको रुपमा प्रस्तुत गरेका छन् । 

 
बोर्डको अध्यक्ष यस्तो बनाईनुपर्छ उस्तो बनाईनु पर्छ भन्ने कुराहरु आईराख्या छन्, तपाईको नजरमा कस्ता ब्यक्ति बोर्ड अध्यक्षका लागि उपयूक्त हुन्
अध्यक्ष भन्ने कुरा हामी सवैको सहमतिमा गर्ने कुरा हो । कस्तो किसिमको सहमति हुन्छ, कस्तो किसिमको उम्मेदवारहरु हुन्छ त्यो आपसी निर्णयमा हुने कुरा हुन् । परिस्थिती अनुसार हरेक चलचित्रकर्मीहरु जो योग्य छन् सवैको सहमति भएछ भने त्यो योग्य ब्यक्ति अध्यक्ष हुन तयार हुनुपर्छ । 
 
 
तपाइलाई त सवै फिल्मकर्मीले योग्य भन्छन्, त्यसो भए तपाई बोर्ड अध्यक्ष हुन तयार हो त ? 
हो, मलाई विज्ञ भनिन्छ तर अलिकता यो कुराचाहि अलि प्रिम्योचर नै छ । पहिला सहमति हुनुपर्यो, हामी बसेर यसको बारेमा छलफल हुनुपर्यो अनि मात्र योग्य ब्यक्ति हुन्छ भने म पनि बोर्ड अध्यक्ष हुन सक्छु अरु पनि हुन सक्छ र जो पनि हुन सक्छ । तर, मुख्यतः के छ भने फिल्मकर्मी जो विज्ञ छ जो दुरदर्शी छ र फिल्म क्षेत्रमा समर्पित छ साथै फिल्म क्षेत्रको विकास प्रति चिन्तित छ त्यस्तो ब्यक्ति चाहि अहिलेको बोर्ड अध्यक्षका लागि आवश्यक हो ।  
 
 
नौँ बुदे मागहरुलाई तपाईले कसरी हेर्नुभएको ? समय अनुसार यी बुदाँहरु सान्दर्भीक छन् कि छैनन्  ? 
माग असाध्यै सान्दर्भीक छ र समय सापेक्ष पनि छ । र, अहिले फिल्मकर्मीहरुले उठाईएको जुन कदम छ अचानक उठाईएको कदम पनि हैन । यत्तिका बर्षसम्मका कृयाकलापहरु हेरेर उठाईएको कदम हो । अब सवै प्रक्रियागत हिसावले हामीहरुले हेर्दै आयौ तर आज आएर हामी आजित भईसकेका छौ । र, त्यसैपनि नेपाली फिल्म अझै पनि धाराशयी छ र यसलाई अभिभावकत्व भूमिका खेल्ने चलचित्र बिकास बोर्ड पनि राजनीतिकरण भयो । र, नेपालको राजनीति पनि अस्थिर छ त्यसकारण पनि राजनीति क्षेत्रको मान्छे बोर्डमा आईदिदा उहाँलाई फिल्म बुझ्नै समय लाग्छ । अलिकति बुझ्ने वित्तिकै उहाँको फेरबदल भईराख्छ, त्यसैले हाम्रो क्षेत्र कहिलै बिकास हुन पाएन । हाम्रो चाहना यदि राजनीतिले यसलाई सुचारु रुप दिन सक्दैन भने हाम्रै हातमा यो परेको खण्डमा कमसेकम फिल्म उद्योगलाई हामीले आफ्नो सक्षमताको आधारमा चलाउने भन्ने पनि हो । 
 
 
प्रसंग जोडौ, गत शुक्रबारको त्यो दिन १ सय २१ फिल्मकर्मी प्रहरीको हिरासतमा हुनुहुन्थ्यो । र, त्यो हिरासत पश्चात करिश्मा मानन्धरले एक ईन्टरभ्यूमा भन्नु भएको थियो घर बसेर कोही सेलिब्रेटी हुदैन । तसर्थ यो आन्दोलनमा तपाईको उपस्थिती सुरुवातका दिनमा भएन के भन्नुहुन्छ यो बिषयमा ?
म आफ्नो कोठामा बसिरहने फुर्सद पाएको भए चाहि म आउथे तर असफोस के हो भने कोठामा बसिरहने फुर्सद चाहि पाईरहेको छैन मैले । म त्यतिबेला विदेशमा थिएँ । विदेशबाट आउने वित्तिकै देश दौडाहा गर्न सर्लाही गएँ र दश बाह्र दिन पछि म आज बल्ल काठमाण्डूमा छु । 
 
 
भनेपछि आन्दोलनको बिषयमा अपडेट हुन पाउनु भएन ? 
थाईल्याण्डमा हुँदा मैले ईन्टरनेटबाट अपडेट थिएँ । त्यहिबेला आन्दोलनको क्रममा भएको गिरफतारीको बिषयमा मैले ईन्टरनेटबाटै थाहा पाएको हुँ ।   
 
 
यो आन्दोलनलाई लिएर अबको भूमिका चाहि के हुन सक्छ तपाईको  ? 
म फिल्मकर्मीहरु मध्ये नै एक हो । हामी सवैको यसमा ऐक्यबद्धता हुनैपर्छ । म लगायत सवैको लागि यो फाईदाको कुरा हो र प्रत्यक्ष यो मेरो क्षेत्रसंग सरोकार राख्ने बिषयबस्तु हो । त्यसकारण यो क्षेत्रको उन्नती र विकास हुने कुरामा म लगायत कुनै पनि फिल्मकर्मी पछाडी हट्नु हुँदैन । यो आन्दोलन हामीले जारी गरेका छौ साथीभाईहरुले जारी गर्नुभएको छ । अब यसलाई कुन निस्कर्षमा पुर्याउने र कुन टुङ्गोमा पुर्याउने भन्ने बिषयमा हामीले सल्लाह गर्नेछौ । यति कदम चालिसकेपछि अगाडीको बाटो पनि कसरी तय गर्ने भन्ने कुरामा पनि अर्को सल्लाह हुनसक्छ । त्यसकारण, यहि क्षेत्रको आन्दोलन अघि बढिरहेको खण्डमा कोही ब्यक्ति पनि हात बाँधेर बस्ने कुरा चाहि आउदैन । तसर्थ यसमा मुख्यत सवैको ऐक्यबद्धता हुनुपर्यो  र यसलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने कुरामा पनि हुन्छ । आन्दोलन सुरु भईसकेकाले यसलाई आधा बाटोमा पनि छाड्नु भएन । अब वार कि पारको स्थिती गराउने हो भने त्यहि हिसावले योजना बद्ध तरिकाले जानु पर्ने हुन्छ । 
 
 
 
 
योजना बद्ध तरिकाले जानु पर्ने त भन्नु भयो तर यो आन्दोलनमा तपाईको पूर्ण संलग्नता हुन्छ कि मैले प्रतिबद्धता  मात्र जनाए भन्ने गरी कोटा जस्तो गरी फाईलमा सिमित  भएर रहन्छ ? 
यो तपाईको चासोको बिषय भन्दा पनि यो मेरो चासको बिषय हो । र, मेरो आफ्नो क्षेत्र भएकाले यसमा कसरी योगदान पुर्याउने के गरी पुर्याउने भन्ने कुरा चाहि मेरो आफ्नो ब्यक्तिगत चासोको कुरा आउछ । नेपाली फिल्म बिकास र उन्नतीको लागि मेरो प्रत्यक्ष असंग्लनता कहिलै पनि हुन सक्दैन । तर कसरी जाने ? के गरी जाने ? भन्नेमा दुई/चार वटा बिचार मेरो पनि होलान् र त्यो दुई/चार वटा बिचारमा हामी साथीभाईहरु बसेर छलफल पनि गरौंला अनि त्यो अनुसार पनि अघि बढौला । तर, फिल्मको बिकास र उन्नती तथा आफ्नो हक अधिकारको लागि म अछुत भएर पनि बस्न सक्दिन । 
 
 
त्यसो भए अनसन बस्न तपाई तयार पनि हुनुहुन्छ, यसरी बुझौ हामीले ?
विभिन्न बाटोबाट हामी जान सक्छौ । अनसन पनि एउटा बाटो हुन सक्छ र अन्य अरु पनि अर्को बाटो हुन सक्छ । यो त अगाडी बढिरहेको छ । र, साथीहरुले पनि भनिराख्नु भएको छ यो अगाडी बढिरहेको छ र यसलाई टुङ्गोमा पुर्याउनै पर्ने हुन्छ । त्यो टुङ्गोमा पुर्याउनलाई कुन-कुन माध्यम हामीले अपनाउनु पर्ने हुन्छ भन्ने चाहि हो । अब आज रिले अनसन भईराख्छ भने सडक आन्दोलनको पनि कुराहरु आईराख्या छन् । त्यसैले, कस्तो र कुन-कुन माध्यमबाट जाँदा बढी प्रभावकारी होला भन्ने हुन्छ र प्रभावकारीताको लागि त्यहि माध्यम छनौट गर्छौं । किनकी, भोली अनसन बस्नुपर्ने स्थिती आयो भने असनस बसिन्छ, पर्सी आन्दोलनमा जानुपर्ने भयो भने गईन्छ र बार्ताको लागि बोलाईयो भने त्यहाँ पनि गईन्छ । त्यसैले समयले जस्तो जस्तो माग गर्दै जान्छ त्यस्तो त्यस्तो गर्दै गईन्छ । 
 
 
प्रसंग जोडौ फेरी सुरुकै प्रश्नमा, यो अन्योलताको बिचमा चलचित्र बिकास बोर्डको अध्यक्षको रुपमा सवै संघसंस्थाको अनुरोध तपाई प्रति भयो भने उहाँहरुको चित्त दुखाउने काम तपाईबाट हुन्छ कि हुन्न ? 
सवैको सहमति भएको खण्डमा परिस्थिती हेरेर अवश्य पनि  हुन सकिन्छ । हामीले मुख्यत: अहिलेको परिस्थितीलाई निकास दिने हो । फिल्म क्षेत्रको उत्थान गर्ने हो । त्यसको लागि मेरो योगदानबाट हुन सक्छ भने भने म पछाडी हट्ने कुरा त आएन किनकी म फिल्म क्षेत्रको एउटा अभिन्न अंग हो । र, अन्य साथीभाईहरुलाई जस्तै फिल्म क्षेत्रको बिकास र उन्नतीमामा मेरो पनि चासो छ ।
 
 
 
 
आन्दोलनलाई सफल बनाउनु भनेको चाहि अध्यक्ष चुन्नु नै अहिले तत्कालको पहिलो सफलता हो, तसर्थ तपाई अध्यक्ष बनेको खण्डमा यी नौँ वटा बुंदालाई लागु गर्न सक्छु जस्तो लाग्छ कि लाग्दैन ? 
यी नौँ वटा बुँदाहरु जायज छन् । हाम्रो नेपाली फिल्म क्षेत्रको जुन परिस्थिति छ र राष्ट्रको परिस्थिती छ  त्यो अनुकुल चाहि जायज नै छन् । यी नौँ वटा बुँदा लागु भएको खण्डमा नै मलाई लाग्छ कमजोर अवस्थामा रहेको नेपाली फिल्म क्षेत्र केही फष्टाउन पनि सक्छ र त्यही मनशायले नै यो नौँ बुँदा ल्याईएको पनि हो । तर, नौ बुँदाहरुमा लचकताको माग आएको खण्डमा त्यो पनि सोच्न सकिन्छ । तर, केही बुँदाहरु यस्ता छन् त्यसमा हामी लचकता देखाउने ठाँउ नै छ । 
 
यहि अवस्थामा यदि तपाई अध्यक्ष हुनु भयो भने यो सक्रिय अभिनयलाई असर गर्ला वा नगर्ला ? अथवा केही समय अभिनय यात्रालाइ थाती राख्न सकिएला वा नसकिएला ? 
मलाई प्रिम्याचवर प्रश्नहरु नगर्नुस न । 
 
 
अप्ठायारो भईरा'छ हो ? 
हैन, अप्ठयारोको कुराहरु केही पनि हैन । त्यो देखा जाएजा । भोली त्यो हुनुपरेछ भने कलाकारिता पनि जारी राखौला यो पनि गरौंला, के हुन्छ र ? या, अब बसेर को योग्य ब्यक्ति छ त्यो पनि छनौट गरौंला । मै हुनुपर्छ भन्ने पनि छैन । मैले अन्य अरु ठाँउमा बढ्ता योगदान दिनसक्छु । आजको परिस्थितीमा भने अन्य योग्य ब्यक्ति छानौट गरेर यता पट्टि योगदान दिनुहोला । 
 
 
सर्वसम्मत ब्यक्तिको अभाव देखिएकाले नै  यो कुरा आएको हो, तसर्थ के भन्नु हुन्छ ? 
यो कुरा पनि हाम्रो असाध्यै चिन्ता र चासोको बिषय पनि भा'को छ । हामी भित्रको सर्वसम्मत ब्यक्ति खडा गर्नु पनि चिन्ताको बिषय पनि हो तर हामी निस्कर्षमा चाहि अवश्य पुग्छौ ।