मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

म फ्लप निर्देशक हैन - निर्देशक कृष्ण चापागाईं

गिरीराज भट्टराई, , २०६७ आषाढ २, मंगलवार

सुनिल मानन्धरको निर्माणमा कृष्ण चापागाईंले निर्देशन गरेको चलचित्र राजधानीको सफल प्रदर्शन पश्चात मोफसलमा पुगेको छ । चलचित्रको प्रचार प्रसारको क्रममा दमक पुगेका निर्देशक कृष्ण चापागाईंसँग फिल्मीखबरका प्रतिनिधी गिरीराज भट्टराईले गरेको कुराकानी -
 

 

चलचित्र दिदीभाई कस्तो चलिरहेको छ ?
यो चलचित्र काठमाण्डौ उपत्यकाबाट हिट भएर उपत्यका बाहिर आएको छ । र अहिले जति पनि हलहरुमा लागिरहेको छ राम्रै हुदै गइरहेको छ ।


दिदीभाईमा त्यसरि दर्शक तान्नेकुरा के छ त ?
कुनैपनि चलचित्र राम्ररी चल्नको लागि एउटा मात्र कुरा राम्रो भएर हुदैन । यस चलचित्रको सबै पक्ष राम्रो छ ।


तपाईं कति समय देखि चलचित्र क्षेत्रमा लागिरहनु भएको छ ?

म बिगत १७/१८ बर्षदेखि निरन्तर नेपाली चलचित्र क्षेत्रमा लागिरहेको छु । र म आफैं निर्देशक बनेको चाहिं लगभग ७ बर्ष भयो ।


तपाइ आफैंले पनि चारवटा चलचित्र निर्माण गरिसक्नुभएको छ । कत्तिको पैसा कमाई गरियो ?
वास्तवमा कमाईको कुरा गर्नुपर्दा मैले तिनवटा चलचित्रबाट घाटा बेहोरेको थिएं । तर त्यो तिनवटालाई निखीलदाई भन्ने चलचित्रले कभर गर् यो । दर्शकले अत्यधिक मनपराईदीनु भएको मेरो चलचित्र पनि त्यहि नै हो । त्यस पछि म बाहिरको चलचित्रमा काम गर्न थाले । बाहिरको चलचित्रको परिश्रमिकले त त्यहि हो नि सामान्य गुजारा चलिरहेको छ ।


कृष्ण चापागाईंलाई नेपाली चलचित्रको फ्लप निर्देशक भन्छन् नि !

ईन्डियामा यो भन्दा ठुलो मार्केट भएको चलचित्र उद्योगमा राकेश रोशन, सुवाष घयी, महेष भट्ट, करण जौहरको सबै चलचित्र हिट भएका छैनन् भने म त एउटा सानो इन्डष्ट्रिजको सानो निर्देशक हु  । मैले बनाएको सबै चलचित्र हिट हुन्छ भन्ने छैन । किनकि कुनैबेला कुन किसिमको बिषय हुन्छ, कुनै बेला कुन स्वादको चलचित्र पस्केको हुन्छु त्यो सबै दर्शकलाइ मन नपर्न सक्छ । यो अहिले दिदि भाई मनपराइ दिनुभएको छ । यस अघि पनि निखिलदाई पनि मनपराई दिनु भएको थियो ।  अब एउटा दुईटा चलचित्र नचल्दैमा फ्लप निर्देशक भन्ने हैन ।

 


महान एकदमै फ्लप हुनुको कारण ?

निर्माता दिनेश शर्माको पहिलो चलचित्र भएको कारणले उहाँ एकदमै आत्तिनु भयो । धेरै कुरामा कम्प्रोमाइज गर्नुपर् यो र चलचित्रको रिलीज पनि दर्शकलाई थाहै नभईकन भयो । चलचित्रले राम्रो प्रचार प्रसार नपाएर नचलेको हो ।
 


भनेपछि कथा बस्तु र प्रस्तुति जस्तो भए पनि पब्लिसिटी भयो भने चलचित्र चल्छ हैन त ?
त्यस्तो भन्न खोजेको हैन । चलचित्र चल्नलाई त कथाबस्तु राम्रो हुनु पर्छ । कथाबस्तु त प्रस्तुतीसँगै प्रचारप्रसारमा पनि ध्यान पुर्‍याउनु पर्छ ।

 


तपाईं बिगत अठार बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लागिरहनु भएको छ ।  बिगत र बर्तमानको नेपाली चलचित्रमा के अन्तर पाउनु भएको छ?


एकदमै फरक छ । त्यति बेला हलहरु पनि एकदमै थोरै थिए । बर्षको करिब चार पांच वटामात्र चलचित्र बन्थे ।जस्तो सुकै चलचित्र पनि नेपाली चलचित्र भनेर दर्शकले हेरिदीनु हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । अहिले दर्शकले चलचित्र छानि छानि हेर्न पाउनु हुन्छ । कलाकार देखि निर्माता निर्देशक सम्मको नाममा चलचित्र छानि छानि हेर्नुहुन्छ । त्यसैले राम्रो चलचित्र बनाउने ब्यक्ति टिक्छ र नराम्रो चलचित्र बनाउनेको अब नेपाली चलचित्र उद्योगमा स्थान छैन ।