मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समय जत्तिकै महत्वपुर्ण छ फिल्म `समय` : मौसमी मल्ल

विष्णु शाही, नेपालगञ्ज, २०६९ कार्त्तिक ४, शनिवार

कान्छी फिल्मवाट रगंमन्चमा प्रवेश गरेकी मौसमी मल्ल नेपालकी चर्चित अभिनेत्री हुन् । भाग्यरेखा, तिलहरी, देउकी लगायत ६० वढी फिल्ममा अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेत्री मल्ल पछिल्लो समय फिल्म निर्माणमा समेत व्यस्त छिन् । पहिलो फिल्म 'गिरफ्तार' निर्माण गरी व्यावसायिक सफलता प्राप्त गर्नुका साथै दर्शकको मन जित्न सफल अभिनेत्री मल्ल पछिल्लो समय आफ्नो दोस्रो फिल्म 'समय' को प्रचार प्रसारमा निकै व्यस्त छिन् । आगामी मंसिर ८ गतेवाट एकैसाथ देशभरका प्रमुख शहरहरुमा प्रर्दशनको तयारीमा रहेको फिल्म समयको प्रचारप्रसारमा व्यस्त निर्मात्री तथा अभिनेत्री मल्लसंग फिल्मीखवर सम्वाददाताले गरेको कुराकानी -


आफ्नो फिल्मको प्रचारप्रसारको क्रममा पश्चिम आउन भएको छ कस्तो रेस्पोन्स पाउनुभयो ?
अहिलेसम्म त राम्रै रेस्पोन्स पाएको छु । पश्चिमको दर्शकले मेरो पहिलो फिल्मलाई जसरी माया गरिदिनुभएको थियो समयलाई त्यो भन्दा बढी माया पाउछु भनी आशा लिएको छु र सन्चारकर्मीबाट पनि राम्रो रेस्पोन्स आएको छ । मलाई लाग्छ समयलाई चिन्ने हरेक मान्छेले यो फिल्म एकपटक अबस्य हेर्नु हुनेछ भन्ने विश्वास छ ।


तपाईले आफ्नो फिल्म समय जत्तिकै वलवान छ भन्न खोज्नु भएको हो ?
हो, मेरो फिल्म समय जत्तिकै बलवान नभएता पनि मानिसको जिवनमा समय जती महत्वपुर्ण छ मेरो फिल्म पनि मेरा दर्शकका लागी त्यतिकै महत्वपुर्ण र सन्देशमुलक छ । यो फिल्म सामाजिक साथै दई पुस्ताको कथामा आधारित फिल्म पनि हो । यसले दुई पुस्ता विच हुने मायाप्रेमको कथालाई स्पष्ट देखाएको छ ।


पछिल्लो समय फिल्म खासै चलिरहेका छैनन् तर समयबाट त राम्रो आशा गर्नुभएको होला !
धेरै आशा गरेको छु किनकी मैले अभिनय गरेको फिल्म होस या निर्माण गरेको सवै फिल्म स्तरिय साथै राम्रा बनेका छन् । मेरो फिल्म कत्तिको स्तरिय र यथार्थ हुन्छ भन्ने कुरा आम दर्शकलाई मेरो विगतको फिल्मबाट स्पष्ट भैसकेको छ । तसर्थ्र म ढुक्क छु मेरो फिल्मले व्यासयिकता सफलता साथै दर्शकको माया पाउछु भनेर ।


सवैले आफ्नो फिल्म नयाँपन साथै राम्रो र स्तरिय वनेको छ भन्छन् नि !
अरुले कॆ भन्छन् त्योसंग मलाई सरोकार भएन, मलाई यतिमात्र थाहा छ मेरो फिल्म यथार्थ कथामा आधारित छ । राम्रो वनाएको छु दर्शकले अबस्य मन पराउनु हुनेछ यसमा म ढुक्क छु । यो फिल्म वनाउन निकै मिहिनेत गरेको छु साथै मानिसको जिवनमा समयको महत्व कति हुन्छ भन्ने कुरालाई पनि पर्दामाझ देखाएको छु ।


पछिल्लो समयका दर्शकले भल्ग्यारिटी मन पराउन थालेका छन् त्यसैले तपाईंको फिल्म चल्ला त ?
अबस्य चल्छ किनकी २/४ वटा भल्गर फिल्म चल्दैमा सधै एउटै ट्रेन हुँदैन । पछिल्लो समय प्रर्दशनमा आएका फिल्मको हालत देख्नुभएकै छ । दर्शकले भल्गर हैन नेपालीपन र नेपालीमनले भरिपुर्ण समाजमा घटेको सत्य घटनामा आधारित फिल्म हेरेर मनोरन्जन साथै सन्देश लिन चाहन्छन् । र, मेरो फिल्म वर्तमान दर्शकलाई लक्षित गरी निर्माण गरिएको छ ।


फिल्म हिट वनाउन भल्गर चाहिन्छ भन्छन् नि !
म यसलाई मान्दिन किनकी हरेक व्यक्तिसंग प्रतिभा हुन्छ तर प्रतिभा भयो भन्दैमा सवै विधामा हात हाल्नु राम्रो हैन । एउटा विधा अंगाल्नु पर्छ नत्र विग्रन्छ । फिल्म निर्माण गर्दा इच्छा मात्र भएर हुँदैन मन चाहिन्छ, मन लगाएर काम गर्नुपर्छ । एकदशक अघि फिल्मको कुरा गरौं त्यो समय फिल्ममा भल्गर नै हुँदैनथ्यो तर सुपरहिट हुन्थ्यो । कथाले माग्यो भन्दैमा सवै देखाउन आवश्यक छैन त्यसलाई पस्कन जान्नुपर्छ । तसर्थ फिल्म हिट वनाउन भल्गर हैन कथा चाहिन्छ ।

 

फिल्म क्षेत्रमा तपाईको मोह कहिलेसम्म रहला ?
मलाई दर्शकले जहिलेसम्म मनपराउनु हुन्छ, माया गर्नुहुन्छ तवसम्म यो क्षेत्रमा म रहिरहन्छु । र, दर्शकको लागी राम्रो फिल्म निर्माण गरिरहन्छु ।