मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'दर्शक घट्नुको कारण नै प्रबिधी हो ' - उत्तम दुवा

सुमन गैरे , , २०६७ ज्येष्ठ ५, मंगलवार

करिब ३ दशक देखि नेपाली चलचित्र क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिशेष योगदान दिँदै आएका उत्तम दुवा पोखराका बिन्ध्वाबासिनी, श्रीकृष्ण र बाराही हलका सञ्चालक हुन् । नेपाली चलचित्रको बजार बिस्तार गर्ने उद्देश्यका साथ बुटवलमा २०३८ सालमा कालिका चलचित्र मन्दिर सञ्चालनमा ल्याएका दुवाले २०४३ सालमा पोखरामा बिन्ध्वाबासिनी चलचित्र मन्दिरको स्थापना गरे । त्यसको केहि बर्षमा बिन्ध्वाबासिनी हलसँगै श्रीकृष्ण र बाराही हल पनि सञ्चालनमा ल्याए । अहिले यि तिनै हल एकै ठाउँमा एकैसाथ सञ्चालनमा छन् । यसैगरी उनले मोफसलमा पहिलो पटक सुबिधा सम्पन्न फिल्म सुटिङ स्टुडियोको समेत निर्माण गरेका छन् । केहि महिना अगाडी पोखराको बुढीबजारमा बाराही स्टुडियो खोलेपछी छायाँकनको लागी पोखरा पुग्ने चलचित्रकर्मीहरूलाई निकै राहत पुग्ने गरेको छ । नेपाली चलचित्रको बजारलाई नजिकबाट नियालेका दुवासँग फिल्मीखबरले गरेको यो कुराकानी -

 

 

सिनेमा हल निर्माण गर्दा बेलाका चलचित्रहरू र अहिले बनिरहेका चलचित्रहरू बिच के भिन्नता पाउनु हुन्छ ?
त्यो बेलामा चलचित्र कम र स्तरिय बन्थे र धेरै समय सम्म चल्थे तर अहिले गुणात्मक भन्दा पनि बढी संख्यात्मक चलचित्रमा जोड दिईएको पाईन्छ  ।

 

नेपाली चलचित्र हेर्ने दर्शक पहिलाको तुलनामा अहिले धेरै छन् कि थोरै ?

पहिला चलचित्र हेर्ने दर्शक मध्ये ६० % ले नेपाली चलचित्र हेर्थे भने बाँकीले हिन्दी चलचित्र हेर्थे तर अहिले ५ % ले पनि नेपाली चलचित्र हेर्दैनन् ।

यसको कारण ?
यसको मुख्य कारण त प्रबिधि नै हो । पहिला पहिला मनोरञ्जनका साधन निकै कम थिए जसले गर्दा नेपाली चलचित्र नै मनोरञ्जनको प्रमुख माध्यम थियो तर अहिले टिभी, कम्प्युटर, मोबाइल, आइपोड जस्ता प्रबिधिको बिकाशले गर्दा पनि नेपाली चलचित्र हेर्ने दर्शकहरू घट्दै गएका हुन् । अर्को मुख्य कारण भनेको अंग्रेजी र हिन्दि चलचित्रका कथाबस्तु देखि लिएर हरेक चिजको कपि गरिनु हो । नेपाली दर्शक निकै बाठा भईसकेका छन् । किनभने उनीहरूले अंग्रेजी र हिन्दि चलचित्र प्राय हेरिसकेका हुन्छन् । अंग्रेजी र हिन्दि चलचित्रबाट नेपाली चलचित्र बन्ने भएपछी किन नेपाली चलचित्र हेर्नु ?
 

अब नेपाली चलचित्रको भबिष्य कस्तो होला ?
शिक्षित बनेका नेपाली दर्शकहरूलाई नेपाली चलचित्रमा नयाँ पन ल्याइदिने हो भने त यसको भबिष्य निकै राम्रो छ तर अहिलेकै पारामा चलचित्र बन्दै जाने हो भने भबिष्य अन्धकार नै छ । चलचित्रमा लगानी गर्नु बालुवामा पानी खन्याए जस्तै हुन्छ ।

नेपाली चलचित्र नराम्रो बन्नुमा के के कारण छन् ?
१ कपि पेस्ट
२ नाम र रमाईलोको लागी आउने व्यक्तिहरूको जमात
३ गृहकार्य कम
४ कथाबस्तु नराम्रो

५ अशिक्षा आदि ।

 

तपाईं नेपाली चलचित्रको बितरक पनि हुनुहुन्छ । बितरकले कलाकारको टाउको खोज्ने भएकोले उनीहरूको कारणले गर्दा नेपाली चलचित्रको बजार बिग्रिएको भन्ने आरोप छ नि ?
आरोप लागे पनि म यो मान्ने पक्षमा छैन । चलचित्रको बजार त निर्माताहरू आँफैले बिगारेका हुन् । पैसा नहुनेहरू निर्माता बन्न तम्सिन्छन् । पैसा नभएपछि बितरकको भर पर्छन् अनि बितरकले जे भन्यो त्यो उनीहरूले मान्नु पर्ने बाध्यता छ । टाउकोको आधारमा निर्माताहरूलाई घाटा भए पनि बितरकहरू तिनै टाउकोले गर्दा सुरक्षित हुन्छन् । त्यसैले बितरकलाई चलेको कलाकारको टाउको नै चाहिन्छ ।

 

भनिन्छ, बिन्ध्वाबासिनी हलमा चलचित्रले राम्रो व्यापार गरे मोफसलमा चलचित्र हिट हुन्छ रे !

बिन्ध्वाबासिनी हलको कलेक्सन हेरेर नै अन्य ठाउँका हलहरूले चलचित्र प्रदर्शन गर्ने गर्दछन् । बिन्ध्वाबासिनीमा चलचित्र चल्यो भने अन्य हलहरूले आँखा चिम्लिएर चलचित्र चलाउछन् नत्र उनीहरूलाई डर हुन्छ कतै चलचित्र नचल्ने हो कि भनेर ।

अहिले सम्ममा सबैभन्दा बढि र सबैभन्दा कम कलेक्सन गरेको चलचित्र कुन् हो र त्यसको औसत व्यापार कति थियो ?

बिन्ध्वाबासिनी हलमा तँ त सार्‍है नै बिग्रिस नि बद्रीले सबैभन्दा बढि कलेक्सन गरेको छ । यस चलचित्रले लगभग २५ लाख बराबरको कलेक्सन गरेको थियो । त्यसैगरी बाराही हलमा सिलसिलाले पनि लगभग २५ लाख बराबरको कलेक्सन गरेको थियो । सबैभन्दा कम कलेक्सन भएको चलचित्र जय बाबा पशुपतिनाथ हो । त्यसले लगभग १९ हजारको मात्र कलेक्सन गरेको थियो ।

नेपाली चलचित्र कत्तिको हेर्नु हुन्छ ?
मैले हलमा बसेर पुरै चलचित्र नहेरेको त ७ बर्ष भयो । तर टेलिभिजनमा चलचित्रका प्रोमोहरू भने निकै हेर्ने गरेको छु ।

३/३ वटा हलको मालिक भएर पनि नेपाली चलचित्र नहेर्नुको कारण ?
व्यस्तता ।
 

बाराही स्टुडियो निर्माण गर्नु भएको छ । त्यसमा के के सुबिधा छन् ?
गीतको छायाँकन बाहेक लगभग एउटा चलचित्र नै निर्माण गर्न मिल्ने सुबिधा छ ।