मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

बितरकले नै चलचित्रको बजार बिगारेका हुन् - निर्देशक सुचित्रा श्रेष्ठ

सुमन गैरे , , २०६७ वैशाख ९, बुधवार

करिब दुई दशक आगाडी आँफैले लेखेको कथाबाट 'अकल्पित' र 'स्मृती' नामक दुई टेलिसिरियलमा मुख्य सहायक निर्देशक भएर काम शुरू गरेकी सुचित्रा श्रेष्ठले १० बर्ष पछी चलचित्र 'प्रेमयुद्व' निर्देशन गर्ने मौका पाईन् र नेपाली रजतपटमा पहिलो महिला निर्देशकको रूपमा आफ्नो नाम दर्ता गरिन् । यस बिचमा उनले योङ एशिया टेलिभिजनको लागी थुप्रै डकुमेन्ट्रीको निर्माण पनि गरिन् । त्यस्तै उनले 'सहारा', 'समर्पण', 'संकल्प','सम्बन्ध' जस्ता टेलिसिरियलको लेखन र निर्देशन पनि गरेकी छिन् ।

 


उनको पहिचान चलचित्र निर्देशक मात्र नभएर सञ्चारकर्मीको रूपमा समेत परिचित छ । २०४३ सालमा झापाबाट प्रकाशित भएको पत्रिका 'आलोक' मा ईलामको प्रतिनिधी भएर उनले आफ्नो पत्रकारिताको थालनी गरेकी हुन् । त्यसपछीको समयमा उनले 'स्वतन्त्रता', 'जनभावना', 'नयाँ विकल्प', 'नवरस', 'रूपरेखा' जस्ता पत्रिकाहरूमा बिभिन्न पदमा रहि कलम चलाईन् । चलचित्रकर्मी र पत्रकार दुबै भएपनि अब उनी चलचित्रकर्मी भएर चिनिन चाहन्छिन् । प्रस्तुत छ उनै पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठसँग फिल्मीखबर डटकमले गरेको कुराकानि -

 

अहिले के मा व्यस्त हुनुहुन्छ ?
म अहिले 'आसपास' नामक चलचित्रको गीत रेकर्डिङ कार्यमा व्यस्त छु ।


करिब १ बर्ष अगाडी तपाईंले निर्देशन गर्ने दुई चलचित्रको मुहुर्त गरिएको थियो तर काम अगाडी बढ्न सकेन नि ! कारण ?

मेरो कारणले काम ढिला भएको हैन । निर्माताहरूले समय दिन नसकेकोले काम अगाडी बढ्न नसकेको हो तर अब यो 'आसपास' को निर्माण सकिए लगत्तै ती दुई चलचित्रको पनि काम शुरू हुन्छ ।


पहिलो महिला निर्देशकले बनाएको चलचित्रले राम्रो बजार पाउन सकेन नि !
चलचित्र नराम्रो बनेको थिएन तर एउटा महिलाले बनाएको चलचित्र भनेर हेलां गरियो । महिलाले बनाएको चलचित्रलाई कुनै डिस्ट्रिब्युटर्सले लिन मानेनन् । त्यस्तै माओवादीको चलचित्र 'रक्तिमक्रान्ति' ले पनि दुस्मनीको काम गर्‍यो । यस्ता बिबिध कारणहरूले गर्दा मेरो चलचित्रले राम्रो बजार पाउन नसकेको हो ।


पहिलो चलचित्रले आफ्नो क्यारियरलाई कत्तिको असर गरेजस्तो लागेको छ ?

चलचित्र नचले पनि त्यसले मेरो क्यारियरमा कुनै असर गरेन । असर गरेको भए सायद मैले कुनै काम पाउँदिन थिएँ होला

नेपाली चलचित्रको बजार के कारणले राम्रो हुन नसकेको होला ?
चलचित्रको बजार राम्रो हुन नसक्नुमा मुख्य हात बितरकको हुन्छ । बितरकले टाउकोको आधारमा चलचित्र निर्माण गराउन बाध्य बनाउँछन् जसले गर्दा सोचे अनुरूपको चलचित्र तयार हुन सक्दैन र चलचित्र नराम्रो बन्न जान्छ । अर्को कारण भनेको द्वन्दलाई बढि प्रथमिकता दिनु हो । द्वन्दका दृश्य राखेर चलचित्र निर्माण गर्दा चलचित्रमा कुनै गुणस्तर देखिंदैन । त्यसैगरी यो क्षेत्रमा ज्ञान नभएकाहरूको हाबी छ । चलचित्र सम्बन्धी कुनै ज्ञान नभएकाहरूले चलचित्र निर्माण गर्दा पनि चलचित्र राम्रो बन्न सक्दैन । अर्को मुख्य कारण दर्शकहरू पनि हुन् । दर्शकहरूले चलचित्र नै नहेरी नराम्रो भन्ने प्रवृतिले गर्दा चलचित्रले राम्रो स्थान पाउन सकेको छैन । यस्ता बिबिध कारणहरू छन् जस्ले गर्दा नेपाली चलचित्रको बजार माथी उठ्न सकिराखेको छैन ।

अहिलेका युवापुस्ता चलचित्रकर्मीहरू बाट कत्तिको आशाबादी हुनुहुन्छ ?
अहिलेका युवापुस्ताले केहि नयाँ पन दिने कोशिस त गरेका छन् तर पनि उनीहरू कपिपेस्टबाट बढि प्रभावित छन् । उनिहरूले आफ्नो सिर्जनात्मक कला सोचे अनुरूपले दिन सकेका छैनन् ।

तपाई त सेन्सर बोर्डको एक सदस्य पनि हुनुहुन्छ । चलचित्रमा सेन्सर के कारणले लाग्ने गर्छ ?
सेन्सर मठमन्दिर, चैत्य, धर्म, संस्कृती, जातजाती, पेशा तथा व्यक्तिमाथी प्रत्यक्ष असर पार्ने कुराहरू चलचित्रमा देखिएका सेन्सर लाग्छ । र ति दृश्य तथा शब्दहरूलाई परिमार्जित गरेमा चलचित्रले प्रदर्शनको सर्टिफिकेट पाउँछ ।

चलचित्रको सेन्सर गर्दा निर्माता निर्देशकहरूले मेरो चलचित्रमा सेन्सर नलगाईदिनु भनेर कत्तिको बिन्तीपत्र चढाउँछन् त !
चलचित्रमा सेन्सर नलगाईदिनु भनेर बिन्तीगर्ने हैन बरू सेन्सर लगाईदिनु पर्यो भन्छन् । किनकी सेन्सर लाग्यो भने प्रचारप्रसार गर्न पाइन्छ भन्ने उनीहरूको धारणा छ ।