मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टारका लागि फिल्म बनाउँदिन : ऋषि लामिछाने (निर्देशक)

सुमन गैरे, काठमाण्डौ, २०६९ भाद्र ५, मंगलवार

दुई दर्जन फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेपछि बिसं २०६१ सालमा कहिं मिलन कहिं बिछोड फिल्मबाट निर्देशक बनेका ऋषि लामिछानेका फिल्म संख्यात्मक रूपमा कम छन् तर सफलता भने उनीसँगै छ । पहिलो फिल्म निर्देशन गरे तर व्यवसायिक रूपमा सफल हुन सकेन । त्यसपछि उनी ०६१ सालमा नै 'परिचय' नामक टेलिफिल्म लिएर दर्शक माझ उपस्थित भए जुन सिरियलले नेपालमा मात्र हैन बिश्वमा समेत चर्चा पायो । त्यसपश्चात टेलिफिल्म, डकुमेन्ट्री, सर्ट फिल्म गरि ४०० भन्दा बढि प्रोजेक्टमा उनले आफ्नो कला प्रस्तुत गरे । दोस्रो फिल्म आफ्नो मान्छे आफ्नै हुन्छ व्यवसायिक रूपमा मात्र सफल भएन कि उनलाई अवार्ड पनि यहि फिल्मले दिलायो । त्यसपछि श्रीमान श्रीमती, हाम्रो माया जुनी जुनीलाई निर्देशन गरे । र, अहिले उनी नयाँ फिल्म 'सरी ल' को सुटिङ तयारीमा छन् । यिनै निर्देशकसँग फिल्मीखबरले गरेको छोटो कुराकानीको सम्पादित अंश –

 

'सरी ल' कस्तो खालको फिल्म हो ?

समयको बन्धनमा बाँधिएका सकारात्मक तथा नकारात्मक घटनाक्रमहरू अनि कति जानेर कति नजानेर गरिने ति घटनाहरू र त्यहि घटना र दुर्घटना बिचबाट निक्सिएको कथा हो 'सरी ल' ।

लगातार रूपमा स्टार कलाकारसँग काम गरिरहेको मान्छे एक्कासी सुवास थापा, राजन खतिवडा जस्ता थिएटरका कलाकारसँग नजिक हुनुको कारण ?

स्टारको आफ्नै स्थान छ । तर समय परिवर्तन भएको छ र त्यो समयले मलाई पनि परिवर्तन गराएको छ । हो पहिला मैले स्टारको लागि फिल्म बनाएँ तर अब म कलाकारको लागि फिल्म बनाउँदैछु । मलाई स्टार हैन कलाकार चाहिएको थियो र 'सरी ल' मा कलालाई बुझ्ने र कलामा खारिएका कलाकारसँग काम गर्न लागेको हुँ ।' पहिला मलाई स्टारको परिधीले बाँधेको थियो तर अहिले त्यसबाट छुटकारा लिंदै नयाँ परिधी भित्र घुलमिल हुन लागेको हो ।

 

के त्यसो भए पुराना कलाकार अर्थात स्टारहरूको समय सकिएको हो त ?

त्यस्तो पनि हैन । स्टारको आफ्नै स्थान र महत्व छ । स्टार बिनाको फिल्म क्षेत्र खल्लो हुन्छ । दर्शकले जस्को टेस्ट खोज्छन् हामी तिनैको पछि लाग्ने हो । कुनै बेला टाउको बिक्थ्यो तर अहिले कला बिक्न थालेको छ । त्यसैले म अहिले सरस्वतीका वरपुत्रसँग काम गर्न लागेको हो । अब स्टार पनि कलाकार हुन जरूरी छ  र  आफ्नो स्टारडम देखाउन पनि छाड्नु पर्छ नत्र समयले कहाँ पुर्‍याउँछ भन्न सकिन्न ।

 

के त्यसो भए अब स्टारसँग काम गर्नु हुन्न ?

अब स्टार भनेर पछि लाग्दिन । यदि स्टारहरू पनि कलाकार भएर आउनु भयो भने पक्कै पनि काम गर्छु । अर्को कुरा फिल्मको कथाको डिमाण्ड पनि हुन्छ । कथाले मागे अनुसारको कलाकारसँग काम गर्छु तर स्टार नै भनेर पछि लाग्दिन ।

 

अहिले 'सरि ल' को निर्माण क्रममा हुनुहुन्छ । कस्तो सहयोग पाईरहनु भएको छ र अनुभव कस्तो हुँदैछ ?

कलालाई राम्रोसँग बुझेका मानिसहरूसँग काम गर्नुको मज्जा नै बेग्लै हुन्छ । कथाको मर्मलाई बुझ्ने, पात्रको चरित्र भित्र हराउने कलाकारसँग काम गर्न निकै मज्जा लाग्ने रहेछ । साँच्चिकै भन्ने हो भने मैले पनि उहाँहरूबाट केहि सिक्ने मौका पाएको छु, मैले उहाँहरूलाई बुझ्ने मौका पाएको छु भने उहाँहरूले पनि मलाई नजिकबाट बुझिरहनु भएको छ । हाम्रो टिमको आश भरोसा ठूलै छ बाँकी त भगवान भरोसा ।

 

विगतलाई फर्केर हेर्दा पहिलो फिल्मले सफलता पाएन तर सिरियलमा निकै जम्नु भो । कारण ?

कहिं मिलन कहिं बिछोड पहिलो काम थियो तर नराम्रो थिएन । व्यवसायिक पाटो आफ्नो ठाउँमा छ मैले आफ्नो तर्फबाट राम्रो फिल्म बनाएको छु जस्तो लागेको छ । पहिलो फिल्म गरे पश्चात सिरियललाई समय छुट्याएँ र सफल पनि भएँ । परिचय सिरियलले मेरो परिचय खोलिदियो । जापानको एनएचके टिभीले परिचयलाई शुरूमा दक्षिण एशियाको टप ड्रामामा राख्यो र त्यसपछि वर्ल्डको टप सिरियलको लिस्टमा राख्यो त्यो नै मेरो ठूलो सफलता थियो । त्यसपछि थुप्रै सिलियल, डकुड्रामाहरू गरें तर फिल्मको मोहले पुन: तान्यो र आफ्नो मान्छे आफ्नै हुन्छ निर्देशन गरें । यो फिल्म व्यवसायिक रूपमा सफल मात्र भएन कि दुई छुट्टै अवार्डबाट सम्मानित पनि भएँ । आशा छ अबका दिनमा अझ राम्रो काम सहित सफलाता पाउने छु ।

 

त्यसपछिको फिल्मले त अलि ओझेलमा पारेन र ?

आफ्नो मान्छे आफ्नै हुन्छ पछि श्रीमान श्रीमती गरें त्यसले व्यवसायिक लाभ लिन सकेन तर मैले काम नराम्रो गरें भन्दिन । हो दर्शकको टेस्ट फरक भईसकेको थियो र म असफल देखिएँ । हुनसक्छ म समयसँग घुलमिल हुन जानिन । तर अब समयले निकै कोल्टे फेरेको छ र त्यो कोल्टे फेराईसँगै म पनि कोल्टे फेर्दैछु । समय र त्यसको महत्वलाई नजिकबाट बुझ्ने कोशिस गर्दैछु ।

 

आगामी प्रोजेक्ट के कस्ता छन् ?

सरी ल सकिए लगत्तै साथ भन्ने फिल्म गर्दैछु र त्यसपश्चात आचार्य बनाएको सिल्क रूटको व्यानरसँग काम गर्नेछु । छबिराज ओझाको फिल्म लाई पनि पाईपलाईनमा राखेको छु । तर यि सबै फिल्म दर्शक र समयको टेस्टसंगै बन्नेछन् ।