मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नविनता बोकेको चलचित्र हो 'पलपलमा' - निर्माता/निर्देशक उकेश दाहाल

गिरीराज भट्टराई, , २०६६ चैत्र २५, बुधवार

प्रदर्शनको तयारीमा रहेको चलचित्र 'पलपलमा' का निर्माता तथा निर्देशक उकेश दाहाल अहिले आफ्नो चलचित्रको प्रचार प्रसारमा निकै व्यस्त देखिएका छन् । चलचित्रको प्रचारप्रसारको लागि उनी कहिले पूर्व त कहिले पश्चिम दौडिरहेका छन् । यहि क्रममा उनि गत साता पूर्वको भ्रमणमा थिए । सोही क्रममा फिल्मीखबरका प्रतिनिधी गिरीराज भट्टराईले उनी सँग गरेको कुराकानी -

 



पल पलमा कस्तो प्रकारको चलचित्र हो ?

धेरैकुरामा नविनता बोकेको चलचित्र हो 'पलपलमा' । मैले हरेक कुरामा केहि नयां पन दिउं भनेर चलचित्रको चलिआएको ट्रेण्डलाई परीवर्तन गर्ने कोसिस गरेको छु । गित संगित सुन्नुभयो भने नयांपन पाउन सक्नु हुनेछ । चलचित्रको प्रोमो टेलिभीजनमा आईरहेको छ त्यसमा पनि नयांपन दिने कोसिस गरेको छु ।

 


जुनसुकै चलचित्रको निर्माता निर्देशकले पनि मेरो चलचित्र अरुको भन्दा फरक छ, नयां छ भन्नु हुन्छ । तपाईको यस चलचित्रमा चाहिं के छ अरुको भन्दा फरक ?

यस कुरामा म के भन्छु भने मेरो कुरा सुनेर भन्दा पनि अहिले मेरो चलचित्रको प्रोमो हरेक टेलिभीजन च्यानलमा, नेटमा आईरहेको छ  । चलचित्रका गितहरु रेडियोबाट बजिरहेको छन् । र यसलाई हेरेर र सुनेर तपाईहरुले मेरो कामको मुल्यांकन गर्नुहोला । म आफ्नो चलचित्रलाई ठोकुवा गरेर भन्न सक्छु की मेरो चलचित्र पल पलमा हेर्न आउनुभयो भने साढे दुई घण्टा फुस्रदै पाउनुहुन्न । त्यो समाय सम्म तपाईलाई चलचित्रले बांधेर राख्ने छ ।


तपाईंले चलचित्र पल पलमालाई हङकङमा प्रदर्शन गरिसक्नुभएको छ । त्यहांका दर्शक हरुको प्रतिकृया कस्तो पाउनु भयो ?

मैले सिनेमालाई कन्सेप्टको आधारमा प्रस्तुत गरेको छु । त्यहि भएर उहाँहरूले एउटा नयां सोच देखिएको छ प्रश्तुति असाध्यै सरल रहेछ र चलचित्रलाई बुझ्न एकदमै सजिलो रहेछ भनेर प्रतिकृया दिनुभएको छ ।

 


चलचित्र प्रदर्शनमा आउनु भन्दा पनि पहिला नै चलचित्रले प्रशंसा बटुल्दा कस्तो अनुभुती भएको छ ?

मलाई सिनेमा सुरु गर्नुभन्दा पहिला कमन अथवा सामान्य चलचित्र बनाउं भन्ने मेरो चाहना थिएन किनकि मैले आफैपनि दर्शक बनेर नेपाली सिनेमा हेर्दा कहिल्यै पनि नविनता भेट्दिन थिएं । मैले त्यहि पेशामा बिदेशी चलचित्र हेर्दा केहि सिकेजस्तो, केहि बुझेजस्तो, केहि ज्ञान पाएजस्तो हुन्थ्यो र मैले त्यहि बुझेर 'पलपलमा' मा नयाँ दिने कोशिस गरेको छु र त्यसलाई सबैले मनपराई दिनु भएकोले म एकदम खुसी छु । चलचित्र हेरिसके पछि त्यहांका कुरा हरेक दर्शकले आफ्नो दैनिक ब्यबहारमा उतार्न सक्नुहुनेछ । त्यो भएर पनि बिदेशमा यतिधेरै सफलता पाएको र नेपाली दर्शकले धेरै प्रतिक्षा गर्नुभएको हुनसक्छ ।

 


कुनैपनि चलचित्रले एउटा मनोरञ्जन मात्र प्रदान गर्छ कि समाजलाई केहि सन्देश पनि दिनसक्छ ?
तपाईंले भनेको कुरा एकदम सहि हो । मुलत चलचित्रको पहिलो कुरा भनेको मनोरञ्जन प्रदान गर्नु नै हो । मनोरञ्जनको साथ साथमा सन्देश पनि दिनु पर्छ र मनोरञ्जन यसरी दिनु पर्छ जुनमा चाहि आफ्नोपन लागोस् र त्यो मनमा गढोस् । तपाईले चलचित्र 'पलपलमा' हेर्नुभयो भने यो कुरा पाउनु हुन्छ । चलचित्र हेर्दा यसमा सन्देश के होला ? मनोरञ्जन मात्र छ भन्ने लाग्छ तर चलचित्र हेरिसकेपछि तपाईंलाई महसुस हुन्छ कि ओहो! सन्देश त यो पो रहेछ । मैले हरेक कुरालाई यस चलचित्रमा मनोबैज्ञानिक तवरले प्रस्तुत गरेको छु ।



नेपाली चलचित्र क्षेत्रमा अध्ययन गरेर आउने पुस्ता कत्तिको पाउनु भएको छ ?

हैन अहिले पछिल्लो पुस्तामा अध्ययन गरेर आउने धेरै नै पाईएको छ । यो देख्दा एकदम खुशि लाग्छ कि अबभने केही नयांपन पाउन सकीन्छ । केहि ब्यक्ति पढेलेखेका छैनन् भनेर पुरै चलचित्र क्षेत्र नै अध्यन गर्नेको कमि छ भन्न मिल्दैन ।


तपाईंको चलचित्रलाई सोह्र बर्ष मुनिकाले नहेर्नु भनि सेन्सर बोर्डले प्रतिबन्ध लगाएको छ । किन हो ?

सोह्र बर्षमुनिकाले नहेर्नु भन्दा पनि सोह्र बर्ष माथिकाले हेर्नुस् भन्ने आग्रह हो सेन्सर बोर्डको । हामिले सेन्सर बोर्डमा गएर सिनेमा हेर् यौ । सिनेमा हेर्दा बोर्डका पदाधिकारि सबै एक्साईटेड हुनुभएको थियो । त्यो देख्दा मलाई एकदमै खुशि लागीरहेको थियो कि मैले एकदमै राम्रो सिनेमा बनाएंछु भनेर । जब सिनेमा सकियो म अनि सिनेमा सकियो भनेर उठीहालें तर वहांहरु उठ्नु भएन अनि मलाई डर लाग्यो । मैले के भयो भनेर सोद्धा तपाईं जानुहोस् हामि आउंछौ भन्नुभयो । त्यो बेला मलाई असाध्यै गाह्रो भयो । मेरो सिनेमा सेन्सरमा पास नहुने भयो त भनेर मैले अरुलाई सोधें । पछि उहाँहरूले तपाईको चलचित्र रेक्टेङ्गल रहेछ भन्नु भयो र  तपाईको चलचित्रलाई १६ बर्ष भन्दा मुनिका बालबालिकाहरूलाई हेर्नबाट प्रतिबन्ध लगाईएको छ भन्नु भयो । त्यो कुरा सुनेपछि म दंग परें । यो रेक्टेङ्गल भनेको के हो भनेर मैले अहिले सम्म बुझ्न सकेको छैन ।

अब अर्को चलचित्रको कुनै योजना बनाउनु भएको छ कि ? यहि चलचित्रमा ब्यस्त हुनुहुन्छ ?

हुनत मेरो पहिलो चलचित्र आउंदै छ । यसलाई दर्शकले दिनुहुने प्रतिकृयाले पनि मेरो अर्को चलचित्र कस्तो हुने हो भन्ने देखाउंछ । तै पनि मैले यसपछि किन किन ?भन्ने चलचित्र निर्माण गर्ने तयारी गर्दै छु जसको लागि केहि गीत पनि रेकर्डिङ गरिसकेको छु । अब निर्माण गर्ने चलचित्र यो भन्दा अझ ससक्त हुने छ ।